default_image

2 years ago

September 12, 2022

‘पूनरागमन गर्दै राम्रो गर्नेमा मलाई विश्वास थियो’– ललित

78 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका बायाँ हाते स्पिनर ललितनारायण राजवंशीले घुँडाको शल्यक्रियापछि उत्कृष्ट पूनरागन गरेका छन् । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबबाट ललितले कर्णालीविरुद्ध १० महिनापछि टियु मैदानमा पूनरागमन गरे ।

गतवर्ष पुषमा ललितले बायाँ खुट्टाको घुँडाको शल्यक्रिया भएको थियो । १० महिनापछि मैदान फर्किएका ललितले पहिलो खेलमै कर्णाली प्रदेशविरुद्ध ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिँदै प्लेयर अफ द म्याच चुनिदै सानदार पूनरागमन गरे ।

‘अव पहिला देखिनै गरेको हो । अभ्यासहरु गर्दा नर्भह हटाउन खोजेको थिएँ । पहिलो पटक खेल खेलेको हुँदा अली अली नर्भस लागि राखेको थियो । ग्राउन्डको कन्डिसन पनि त्यस्तै थियो । पहिलो ओभरपछि सहज लाग्यो’, ललितले भने ।

ललितले पहिलो ओभरको पहिलो बलमै कर्णालीका कप्तान रविन्द्रजंग शाहीलाई चौका खर्चिए । त्यसपछि पाँचौं विपिन रावललाई १७ रनमा दीलिप नाथबाट स्टम्पिङ गराउँदै पुलिसलाई पहिलो सफलता दिलाए । ललितले १६ औं ओभरमा लगातार दुई विकेट लिए ।

ओपनर रविन्द्रजंग शाही तेस्रो बलमा एज लागेर कट एण्ड बोल्ड आउट गरे । रविन्द्रजंग शाही ४१ बलमा २७ रनमा आउट भए । लगत्तै अर्को बलमा मनिष थापालाई एलवीडब्लू आउट गर्दै ललित ह्याट्रिक नजिक पुगेका थिए । निश्चिल रावलले ह्याट्रिक बल सामना गर्दै विकेटबाट बचाएका थिए ।

ललितले दोस्रो खेलमा लुम्बिनी प्रदेशविरुद्ध ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिँदै पुलिसलाई ७६ रनको सहज जित दिलाए । ललितले सौरभ खनाललाई २४ रन र कृष्ण कार्कीलाई ६ रनमा बोल्ड आउट गरे । सन्दीप रजालीलाई ४ रनमा आरिफ शेखबाट क्याच गराएका थिए । लुम्बिनीका प्रमुख तीन विकेट लिएका थिए ।

‘कठिन भन्दापनि पहिलो मलाई विश्वास थियो । चाँडैनै मैदान फर्किर पहिला जस्तो प्रदर्शन गर्छु भन्नेमा मलाई विश्वास थियो । शल्यक्रियापछि कठिन धेरै थियो । दुखाई धेरै थियो । पछि गएर खेल्दा के कस्तो हुन्छ होला भन्ने लाग्थ्यो’, आफ्नो पूनरागमन बारे भने ।

ललितलाई सिनियर टोलीको दाबेदार खेलाडी मानिन्छ । अझ बायाँ हाते खेलाडी लगातार परिवर्तन हुँदा उनको सम्भावना बढी देखिन्छ । ललितलाई नवौं, नेपाल टि२० लिग हुँदै नेपाली टोलीमा फर्किने अवसर छ ।

‘मलाई लाग्छ म तयार छु । त्यहिँ भएर पनि म नवौं राष्ट्रिय खेल्नु भनेको थिएँ । मलाई थाहा हुन्छ म कुन स्टेजमा छु । पूर्ण रुपमा रिकभर भएको छु कै छैन भनेर खेल्छु भनेको थिएँ । मलाई विश्वास छ म सक्छु भनेको थिएँ । म भित्रको विश्वासले धेरै महत्वपूर्ण भूमिका खेल्छ । आफूले विश्वास राखेपछि रिकभर हुन्छ’, उनले भने ।

आइतबार खेल सकि रहँदा उनलाई जनकपुर रोयल्सले नेपाल टि२० लिगमा ड्राफ्टबाट अनुबन्ध गरेको थियो । भर्खर नेपाल टि२० लिगमा जनकपुरमा अनुबन्ध हुँदा कस्तो लागेको छ भन्ने प्रश्नमा उनले भने, ‘यो हजुरले भर्खर भन्नु भयो । मलाई त थाहा छैन । हजुरले भनेपछि खुसी लाग्यो । आगमी नेपाल टि२० लिगमा पनि यसरी नै जिताउने प्रयास गर्नेछु’, ललितले खुसी हुँदै भने ।

१० महिनापछि पूनरागमन, पहिलो खेलमै प्लेयर अफ द म्याच र नेपाल टि२० लिगमा अनुबन्धको खबरपछि खुसी हुँदै ललितले भने, ‘भित्रबाट यो खुसी कसरी देखाउने हो मलाई थाहा भएन । तर म एकदमै खुसी छु ।’

ललितले यो समयमा मैदान र अभ्यास बढी मिस गरेको बताए । म ७ महिनापछि त अभ्यास गर्न थाले । तर मैदानमा आएर खेल खेल्न धेरै मिस गरेको थिए ।

‘अप्रेशन शरीरिमा मैले पहिलो पटक गरेको थिए । त्यसले गर्दा मलाई थाहा थिएन । यो त कसैलाई नहोस् । कसरी रिकभर गर्न सक्छु होला भन्ने । दुई तीन महिना सकेपछि अव राम्रो गर्न सक्छु भन्ने थियो । मसँग रियाब गर्न आउने खेलाडीलाई सम्झाउँथे’, उनले भने ।

पूनरागनपछि ललितको भिडियो हेर्नुहोस् :

May 16, 2024

राजस्थान पञ्जाबविरुद्ध पराजित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत बुधवार सम्पन्न एकमात्र खेलमा दोस्रो स्थानको राजस्थान रोयल्स पञ्जाब किंग्स विरुद्ध पराजित भएको छ । पञ्जाबले राजस्थानलाई ५ विकेटले पराजित गरेको हो । राजस्थानले दिएको १४५ रनको मध्यम लक्ष्य पञ्जाबले ५ विकेट गुमाएर ७ बल बाँकी छँदा भेटायो । पञ्जाबका कप्तान स्याम करनले ४१ बलमा ५ चौका र […]

May 15, 2024

निलम्बन फुकुवासँगै सन्दीपको विश्वकप खेल्ने बाटो खुल्यो!

काठमाडौं (हाम्रो खेलकुद)- स्पिनर सन्दीप लामिछाने टि ट्वान्टी विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जाने बाटो खुलेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरेसँगै सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने बाटो खुलेको हो। आईसीसी टी-२० विश्वकप २०२४ खेल्न सन्दीपलाई अमेरिका र वेष्टइण्डिज पठाउने तयारी सुरु गरेको क्यानका कोषाध्यक्ष पदम खड्काले जानकारी दिए।उच्च अदालत […]

May 15, 2024

क्रिकेटर सन्दीपले‌ सफाइ पाए

काठमाडौं (हाम्रो खेलकुद)- क्रिकेटर सन्दीप लामिछानेले बुधबार बलात्कार मुद्दामा सफाइ पाएका छन्‌। काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीपले ले उच्च अदालत, पाटनबाट सफाइ पाएका हुन्। उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले यो निर्णय गरेको हो।मंगलबार र बुधबार लगातार भएको सुनुवाइपछि उच्च अदालतको यो निर्णय आएको हो। जिल्ला अदालतको […]

Success

Thank you for your time.