default_image

3 years ago

September 13, 2022

खेल्नै नपाइ बाहिरियो बागमती

309 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ३४ औं क्रिकेट प्रतियोगितामा उपाधि दावेदार मानिएको बागमती प्रदेश एक खेल नखेल्दै बाहिरिएको छ । वर्षाको कारण चार खेलमा नै अंक बाँड्नु परेपछि बागमती बाहिरिने पक्का बनेको हो ।

बागमती मात्र होईन उपाधिको प्रमुख दाबेदार नेपाल एपिएफ क्लब पनि एक खेल नखेली समूह चरणबाटै बाहिरिने सम्भावना उच्च छ । वर्षाको कारण निकै प्रभावित बनेको प्रतियोगिताको तालिका हेर्ने हो भने १९ खेल सकिएका छन् । तर १९ खेल मध्य चार खेल मात्र पूरै २०–२० ओभर भएका छन् । एक खेल ६ ओभरको भएको थियो । १४ खेल भने वर्षाको कारण रद्द हुन पुगे ।

टस पनि हुन नपाई सबै खेल रद्द भएपछि अंक बाँड्नु पर्यो । समूह ए मा मधेश प्रदेश, कर्णाली, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश छन् । समूह बी मा एनआरएनए नेपाल, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश १ र नेपाल एपिएफ क्लब छन् । हालसम्म मुलपानीमा हुने भनिएको सबै ९ खेल टस समेत नभई रद्द हुँदा अंक बाँडेर सक्नु पर्यो । यता टियुमा पाँच खेल वर्षाको कारण रद्द भएका थिए ।

सेमिफाइनलको दाबेदार मानिएको बागमती प्रदेशले समूह बी मा चार खेलमा एक खेल पनि नखेली समूह चरणबाटै बाहिरिनु पर्यो । बागमतीको पहिलो खेल भदौ २३ मा बागमती र प्रदेश १ बीच टियु मैदानमा थियो । बागमतीका कप्तान ज्ञानेन्द्र मल्ल टसका लागि मैदान छिरेपनि वर्षाको कारण फर्कनु परेको थियो । दोस्रो खेलमा बागमती र सुदूरपश्चिमबीचको खेल टियु मैदानमा वर्षाको कारण हुन सकेन ।

आइतबार मुलपानीमा बागमतीले एनआरएनए नेपालसँग अंक बाँड्यो । अन्तिम खेलमा सोमबार बागमतीले एपिएफसँग पनि अंक बाँडेपछि बाहिरिनु परेको हो ।

समूह बी मा एक खेल मात्र हुन बाँकी छ । सुदूरपश्चिम र एपिएफबीच आज दिउँसो मुलपानी मैदानमा खेल तय छ । समूह बी मा एनआरएन नेपाल ४ खेलमा १ मा जित र ३ खेलमा अंक बाँड्दै ५ अंक जोडेर शीर्ष स्थानमा छ । समूह बी बाट एनआरएन नेपाल सेमिफाइनलमा पुग्ने पहिलो टोली हो । एनआरएनएले सुदूरपश्चिम प्रदेशलाई १२ रनले हराउँदा अन्य सबै टोलीसँग अंक बाड्यो । दोस्रो खेलमा एनआरएनले एपिएफसँग १३.३ ओभरमा टियुमा २ विकेट गुमाउँदै १ सय २० रन बनाएको अवस्थामा खेल स्थगित भएको थियो ।

बागमती ४ खेलमा अंक बाड्दै ४ अंकका साथ दोस्रो स्थानमा छ । सुदूरपश्चिम ३ खेलमा १ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै तेस्रो स्थानमा छ । एपिएफ तीन खेलमा तीनमा नै अंक बाँडेर चौथो स्थानमा छ । एपिएफ र सुदूरपश्चिमबीचको नतिजाले सेमिफाइनल निर्धारण हुनेछ । सुदूरपश्चिम र एपिएफबीचको विजेताको ५ अंक हुनेछ । तर अंक बाँडेको खण्डमा सुदूरपश्चिम सेमिफाइनलमा पुग्नेछ । आज पनि खेल हुने सम्भावना कम रहेको बुझिएको छ ।

आजको खेलमा अंक बाँड्नु परेमा एपिएफ, बागमती र सुदूरपश्चिमको समान ४–४ अंक हुनेछ । एपिएफ र बागमती एक खेल पनि नखेलेको हुँदा नेटरनरेट भन्ने हुँदैन । नियम अनुसार सुदूरपश्चिमले एक खेल जितेको हुँदा सेमिफाइनल खेल्ने छ ।

‘सबैको अंक बराबर भएपछि सबैभन्दा पहिला जित संख्या हेरिन्छ । यदि खेल रद्द भएको खण्डमा सुदूरपश्चिम सेमिफाइनलमा जान्छ । बागमती आउट भइसक्यो’, म्याच रेफ्री सञ्जय गुरुङले हाम्रो खेलकुदसँग भने । प्रदेश एक ४ खेलमा १ मा हार र तीन खेलमा अंक बाँड्दै ३ अंक जोडेर पुछारमा रहँदै बाहिरिएको छ ।

समूह बी मा हालसम्म दुई खेल मात्र भएको छ । पहिलो खेलमा एनआरएनएले सुदूरपश्चिमलाई ६–६ ओभरको खेलमा १२ रनले हराएको थियो । दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले प्रदेश एकलाई १३ रनले हराएको थियो । अन्य कुनैपनि खेल हुन सकेको छैन ।

यता समूह ए मा नेपाल पुलिस क्लब ३ खेलमा २ मा जित र १ अंक बाँड्दै ५ अंकका साथ शीर्षस्थानमा छ । पुलिसले टियु मैदानमा कर्णालीलाई ९ विकेट र लुम्बिनी प्रदेशलाई ७६ रनले हराएको थियो । मुलपानीमा मधेश प्रदेशसँग अंक बाँडेको थियो । आर्मी ३ खेलमा १ मा जित र २ खेलमा अंक बाँड्दै ४ अंक जोडेर दोस्रो स्थानमा छ । आर्मीले कर्णाली र गण्डकीसँग अंक बाँडेको थियो । आर्मीले मधेश प्रदेशलाई ६ विकेटले हराएको थियो ।

गण्डकी ३ खेलमा अंक बाँड्दै तेस्रो स्थानमा छ । गण्डकीले मधेश प्रदेश, आर्मी र लुम्बिनीसँग अंक बाँडेको थियो । मधेश प्रदेश ४ खेलमा १ मा हार तीन खेलमा अंक बाँड्दै ३ अंक जोडर चौथो स्थानमा छ । लुम्बिनी ४ खेलमा १ मा हार र तीनमा अंक बाँड्दै ३ अंक जोडेर पाँचौं स्थानमा छ । अन्तिम खेलमा आज आर्मीलाई हराउन सके सेमिफाइनलको सम्भावना देखिन्छ । कर्णाली ३ खेलमा १ मा हार र २ मा अंक बाँड्दै पुछारमा छ ।

समूह चरणको खेल अन्तर्गत टियु मैदानमा आज पहिलो खेलमा कर्णाली र मधेश प्रदेश तथा दोस्रो खेलमा आर्मी र लुम्बिनीबीच प्रतिस्पर्धा हुँदैछ । उता मुलपानीमा गण्डकी र पुलिस तथा एपिएफ र सुदूरपश्चिमबीच हुनेछ । बुधबार टियु मैदानमा पहिलो खेलमा कर्णाली र गण्डकी तथा दोस्रो खेलमा नेपाल पुलिस र आर्मीबीच प्रतिस्पर्धा हुनेछ । सेमिफाइनल भदौ ३० र फाइनल भदौ ३१ मा हुनेछ ।

पो पनि : वर्षा बन्यो युवा खेलाडीलाई ज्ञानेन्द्रसँग सिक्ने अवसर

December 13, 2025

लुम्बिनी एनपिएलको नयाँ च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]

December 13, 2025

एनपिएल फाइनल – सुदूरपश्चिम ८५ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]

December 13, 2025

सुदूरपश्चिमविरुद्ध रोहित ह्याट्रिक

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]

Success

Thank you for your time.