default_image

2 years ago

September 13, 2022

मधेशमाथि कर्णालीको रोमान्चक जित

132 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कर्णाली प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत ३४ औं क्रिकेट प्रतियोगितामा मधेश प्रदेशमाथि तीन रनको रोमान्चक जित हात पारेको छ । सानदार बलिङका साथ कर्णालीले पहिलो जित निकाल्दै सेमिफाइनलको सम्भावना कायमै राख्दा मधेश प्रदेश भने बाहिरिएको छ ।

जितको लागि १ सय १५ रनको विजयी लक्ष्य पछ्याएको मधेश प्रदेश निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ११ रन बनायो । अन्तिम ओभरमा मधेश प्रदेशलाई १९ रन चाहिँएपनि कप्तान रविन्द्रजंग शाहीले १५ रन खर्चिदै जितको आधार तय गरे । पहिलो बलमै हरिशंकर शाह प्रकाश जैशीबाट आउट भएपछि मधेश प्रदेशको जितको सम्भावना टाढिएको थियो ।

कर्णालीले मधेश प्रदेशलाई राष्ट्रिय प्रतियोगितामा पहिलो पटक हराएको थियो । हरिशंकर शाहले ४२ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ४८ रन बनाए । अन्तिम बलमा राकेश कमातले दुई लगातार छक्का हानेपनि त्यो जितको लागि पर्याप्त थिएन । राकेश कमात ८ बलमा २ छक्कासहित १९ रनमा अविजित रहे ।

ओपनर सन्तोष कार्की पहिलो ओभरको चोथो बलमै आउट भए । तीव्र गतिका बलर अनुज चनारालाई पेभेलिएनतर्फको एण्डमा छक्का हान्न खोजेपनि एज लागेर मिडअनमा अनुज घर्तीले उत्कृष्ट क्याच लिँदै पेभेलिएन फर्काएका थिए ।

त्यसपछि तीव्र गतिका बलर दिनेश अधिकारीले मधेश प्रदेशका प्रमुख तीन विकेट लिँदै समस्यामा पारेका थिए । दिनेशको पाँचौं ओभरको दोस्रो बलमा कप्तान हसिम अन्सराीलाई विकेटकिपर विपिन रावलबाट ८ रनमा क्याच गराए । दीनेशकै बलमा विशाल शुश्लिङ एज लागेर रावलबाट २ क्याच हुन पुगे ।

दीनेशले नवौं ओभरको पहिलो बलमा युवा ब्याटर तृथ राज दासलाई एक रनमा रावलबाटनै क्याच गराउँदै पेभेलिएन फर्काएपछि ५०–४ को अवस्थामा पुगेको थियो । स्पिनर दिवान पुनले दशौं ओभरको दोस्रो बलमा मधेश प्रदेशका प्रमुख ब्याटर आदिल अन्सारीलाई दुई रनमा एलबीडब्लू आउट गरेपछि ५४–५ को कमजोर अवस्थामा पुगेको थियो ।

दिवान पुनै बमा ठूलो सट खेलेका युवा ब्याटर रोहन बिक विपिन शाहीबाट १० रनमा क्याच भएपछि मधेश प्रदेश १३.४ ओभरमा ७६/६ को अवस्थामा पुगेको थियो । त्यो समय मधेश प्रदेशलाई अन्तिम ३८ बलमा ३८ रन चाहिँएको थियो ।

रविन्द्रजंगको १७ औं ओभरको अन्तिम बलमा नविन यादव डिपमिडविकेटमा प्रकाश जैसीले विकेट लिएपछि अन्तिम १८ बलमा २८ रन चाहिँएको थियो । नविनले लगातार तीन डट बल डट खाएपछि दबाबमा ठूलो सट हान्दा क्याच भए ।

प्रकाश जैशीको १८ औं ओभरको तेस्रो बलमा लङअनमा विपिन विक्रम शाहीले ड्राइभ हान्दै रुपेश सिंहको उत्कृष्ट क्याच लिएपछि जित कर्णालीतर्फ मोडिएको थियो । त्यस ओभरमा प्रकाशले दुई रन मात्र दिएपछि अन्तिम १२ बलमा २६ रन चाहिँएको थियो । अनुज चनाराले १९ औं ओभरमा ७ रन मात्र खर्चिए । अन्तिम ६ बलमा १९ रन मेधश प्रदेशलाई चाहिँएको थियो ।

कर्णालीका दीनेश अधिकारीले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए । दिवान पुनले ४ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । कप्तान रविन्द्रजंग शाहीले ४ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । अनुज चनारा र प्रकाश जैशीले एक एक किकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कर्णालीले निर्धारित २० ओभरमा १ सय १४ रनमा अल आउट भएको थियो । कर्णालीका ओपनर विपिन रावलले २५ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २५ रनमा बनाए । प्रकाश जैशीले २१ बलमा २ चौकासहित १९ रन बनाए । दिनेश अधिकारीले १४ बलमा १ चौका र १ छक्का प्रहार गरे । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् ।

कर्णालीको सुरुवात भने राम्रो थियो । इनिङको पहिलो बलमै विपिन रावलले जितेन्द्र यादवलाई छक्का हान्दै खेलको सुरुवात गराएका थिए । आदिलले दोस्रो ओभरको तेस्रो बलमा निश्चल रावलाई विशाल शुश्लिङबाट क्याच गराउँदै पहिलो सफलता दिलाए । एक समय कर्णाली ७ ओभरमा ४३–१ को अवस्थामा थियो । त्यसपछि भने लगतार विकेट गुमाएको थियो ।

संघर्ष गरेका कप्तान रविन्द्रजंग शाही बायाँ हाते पार्टटाइम स्पिनर रवि शाहको बलमा १० रनमा कट एण्ड बोल्ड आउट भए । शाहीले १९ बल खेलेका थिए । हरिशंकर शाहको बलमा ओपनर विपिन रावल कभरमा राकेश कामतबाट क्याच भएपछि कर्णाली ५१–४ को अवस्थामा पुगेको थियो ।

कर्णालीबाट पहिलो खेल खेलेका विपिन शाही चोभारतर्फ एण्डमा लङअनमा छक्का हान्ने धुनमा रुपेश सिंहलाई क्याच दिन पुगे । स्पिनर नविन यादवको बलमा आउट भएका शाहीले १५ बल खेल्दै ८ रन जोडे । त्यसपछि आदिल अन्सारीले १६ औं ओभरमा तीन विकेट लिँदै दुई रन खर्चिए ।

दोस्रो बलमा आदिलले सुबोध ऐरलाई पाँच रनमा तृथ दासबाट ५ रनमा क्याच आउट गराए । पाँचौं बलमा प्रकाश जैशी तृथबाटै क्याच आउट भए । अन्तिम बलान दिवान पुनलाई शून्यमा बोल्ड गरे । आदिलले १९ औं ओभरको चौथो बलमा दिनेश अधिकारीलाई सट मिडविकेटमा नविन यादवबाट क्याच गराउँदै आदिलले आफ्नो पाँच विकेट पूरा गरे ।

आदिलले राष्ट्रिय प्रतियोगितामा पहिलो पटक पाँच विकेट लिएका हुन् । मधेशका आदिल अन्सारीले ४ ओभरमा १४ रन खर्चेर ५ विकेट लिए । हरिशंकर शाहले ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिए । विशाल शुश्लिङ र नविन यादवले एक एक विकेट लिए ।

समूह ए मा मधेश प्रदेश, कर्णाली, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश छन् । समूह बी मा एनआरएनए नेपाल, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, प्रदेश १ र नेपाल एपिएफ क्लब छन् ।

कर्णाली ४ खेलमा १ मा जित, १ मा हार र २ अंक बाँड्दै ४ अंक जोडेको छ । अन्तिम खेलमा गण्डकीले कर्णालीसँग बुधबार खेल्नेछ । उक्त खेल जितेको अवस्थामा कर्णाली ६ अंकका साथ सेमिफाइनल खेल्ने सम्भावना छ । यता मधेश प्रदेश भने ५ खेलमा २ मा हार, ३ खेलमा अंक बाँड्दै बाहिरिएको छ ।

May 15, 2024

निलम्बन फुकुवासँगै सन्दीपको विश्वकप खेल्ने बाटो खुल्यो!

काठमाडौं (हाम्रो खेलकुद)- स्पिनर सन्दीप लामिछाने टि ट्वान्टी विश्वकप खेल्न अमेरिका र वेस्ट इन्डिज जाने बाटो खुलेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गरेसँगै सन्दीपलाई राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने बाटो खुलेको हो। आईसीसी टी-२० विश्वकप २०२४ खेल्न सन्दीपलाई अमेरिका र वेष्टइण्डिज पठाउने तयारी सुरु गरेको क्यानका कोषाध्यक्ष पदम खड्काले जानकारी दिए।उच्च अदालत […]

May 15, 2024

क्रिकेटर सन्दीपले‌ सफाइ पाए

काठमाडौं (हाम्रो खेलकुद)- क्रिकेटर सन्दीप लामिछानेले बुधबार बलात्कार मुद्दामा सफाइ पाएका छन्‌। काठमाडौं जिल्ला अदालतबाट बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीपले ले उच्च अदालत, पाटनबाट सफाइ पाएका हुन्। उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले यो निर्णय गरेको हो।मंगलबार र बुधबार लगातार भएको सुनुवाइपछि उच्च अदालतको यो निर्णय आएको हो। जिल्ला अदालतको […]

May 15, 2024

बागमतीको पहिलो जित 

काठमाडौँ (हाम्रो खेलकुद) – टियु क्रिकेट मैदानमा जारी ललितपुर मेयर्स कपमा बागमती प्रदेशले पहिलो जित दर्ता गरेको छ । पहिलो जित दर्ता गर्ने क्रममा बागमतीले वर्षाले प्रभावित खेलमा जितविहिन कोशी प्रदेशलाई ८ विकेटले हराएको हो । ढिलो सुरुवात भएका कारण १३ ओभरमा घटाइएको खेलमा बागमतीले कोशीले पस्किएको ६४ रनको लक्ष्य ११.२ ओभरमा २ विकेट गुमाएर […]

Success

Thank you for your time.