default_image

3 years ago

September 13, 2022

अमेरिकाको हारसँगै नेपाललाई फाइदा

279 views

0 Bookmark

एजेन्सी – आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली पपुवा न्युगिनीले अमेरिकालाई २६ रनले पराजित गरेको छ । पहिलो खेलमा यी दुई देशबीचको खेल टाई भएको थियो । तर दोस्रो खेलमा अमेरिकाको हारसँगै अंक तालिकामा भने नेपाललाई फाइदा पुग्नेछ ।

जितको लागि २ सय १२ रनको मध्यम विजयी लक्ष्य पछ्याएको अमेरिका ४७.२ ओभरमा १ सय ८५ रनमा अल आउट भयो । अमेरिकाका ओपनर सैतेजा मुक्कामल्लाले ८१ बलमा ४ चौकासहित सर्वाधिक ४६ रन बनाए ।

स्टिभ टेलर २५, कप्तान मोनांक पटेल ३५, आरोन जोन्स २४ गजानन्द सिंह ३४ रनमा आउट भए । जस्करण महल्होत्रा र नसिर्ग पटेलले खाता खोल्न सकेनन् । अमेरिका एक समय ३३.४ ओभरमा १४९–४ को बलियो अवस्थामा रहेपनि त्यसपछि लगातार विकेट गुमाएको थियो ।

पपुवा न्युगिनीका कप्तान चाल्र्स अमिनीले १० ओभरमा १ मेडनसहित ३२ रन खर्चेर सर्वाधिक तीन विकेट लिए । असाद भालाले ६.२ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । नर्भन भानुआ, चाद सोपार, दामिनी राभू र सिमो किमाले एक एक विकेट लिए ।

त्यसअघि अमिनी पार्कमा टस हारेर पहिला ब्याटिङ थालेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ११ रन बनाएको थियो । असाद भालाले ८९ बलमा ५ चौका र १ छक्कासहित सर्वाधिक ६५ रन बनाए । ओपनर लेगा सियाकाले ३१ बलमा ३ चौका र १ छक्कासहित ३५ रनमा आउट भए ।

हिरी हिरी १८, चाल्र्स अमिनी १५, सेसे बाउ १६ र चाद सोपार २१ रनमा आउट भए । अमेरिका स्टिभ टेलरले सर्वाधिक तीन विकेट लिए । क्यामरन स्टिभनसनले दुई विकेट लिए ।

अमेरिका ३० खेलमा १३ मा जित र १४ मा हार सहित २९ अंक जोड्दै तेस्रो स्थानमा छ । पपुवा न्युगिनी २२ खेलमा २ मा जित र १९ मा हारका साथ ५ अंक जोड्दै बाहिरिएको छ । पपुवा न्युगिनी शीर्ष तीन दौडबाट बाहिरी सकेको छ । यो अवस्थामा उसले अन्य टोलीलाई हराउँदा त्यसको फाइदा भने नेपाललाई हुनेछ । नेपालले बाँकी सबै खेल जित्दा र शीर्ष टोलीले अन्यसँग हार्दा अंक तालिकामा धेरै फाइदा हुनेछ ।

पपुवा न्युगिनी, नेपाल र युएईबीच त्रिकोणात्मक सिरिज हुनेछ । एउटा सिरिज नेपाल र अर्को पपुवा न्युगिनीमा हुनेछ । नेपालले अव नोभेम्बरमा स्कटल्यान्ड र नामिबियासँग त्रिकोणात्मक सिरिज खेल्नेछ । जुन सिरिज नामिबियामा हुनेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.