default_image

2 years ago

September 15, 2022

एनआरएनएलाई हराउँदै पुलिस फाइनलमा

71 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिता दोस्रो सेमिफाइनल खेलमा एनआरएनए स्पोर्ट्स एकेडेमीलाई १३ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ ।

जितको लागि १ सय ११ रनको विशाल विजयी लक्ष्य पछ्याएको एनआरएनए स्पोर्ट्स एकेडेमीले निर्धारित ८ ओभरमा ३ विकेट गुमाउँदै ९७ रन बनायो । एनआरएनएका लागि कप्तान सुनाम गौतमले २५ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ४६ रन बनाए । सागर पुन २० बलमा ४ छक्कासहित ३७ रनमा आउट भए ।

दोस्रो विकेटका लागि सागर र सुनामले ८३ रनको साझेदारी गरेका थिए । जितको लागि अन्तिम १२ बलमा एनरआएनएलाई ४३ रन चाहिँएको थियो । सातौं ओभरको दोस्रो र तेस्रो बलमा आरिफ शेखलाई सागर पुनले लगातार दुई छक्का हाने । त्यसपछि भने बाउन्ड्री हान्न सकेनन् ।

अन्तिम ६ बलमा २६ रन चाहिँएको थियो । योगेन्द्रसिंह कार्कीले १२ रन खर्चेर दुई विकेट लिँदै फाइनलमा स्थान पक्का गराए । दीनेश खरेल ४ रनमा आउट हुँदा पृथु बाँस्कोटा १ रनमा अविजित रहे । पवन सरार्फले एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको पुलिसले निर्धारित ८ ओभरमा ६ विकेट गुमाउँदै १ सय १० रन बनाएको थियो । पुलिसका आरिफ शेखले १५ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ३६ रनको योगदान दिए ।

तीव्र गतिका बलर दीपक क्षेत्रीको पहिलो ओभरको पाँचौं बलमा ओपनर कुशल भुर्तेल कभरमा दिवास गिरीबाट १२ रनमा क्याच आउट भए । त्यसअघि कुशलले दुई छक्का हानेका थिए । दोस्रो ओभरको पहिलो बलमा ओपनर सुनिल धमलाले गिरीलाई उत्कृष्ट छक्का हाने । तर दोस्रो बलमा चोभारतर्फको लङअनमा ६ रनमा क्याच आउट भए ।

कप्तान सुनाम गौतमको बलमा दीपेन्द्र काउकर्नरमा २५ रनमा क्याच आउट भए । दीपेन्द्रले १२ बलमा २ चौका र १ छक्का हाने । करण केसी ७ बलमा २ छक्कासहित १८ रनमा आउट भए । गुलशन झा ७ रनमा अविजित रहे । गुलशन झा ७ रन र राशिद खानले ३ रन बनाए ।

एनआरएनएका दिवास गिरीले २ ओभरमा २८ रन खर्चेर २ विकेट लिए । दीनेश खरेलले १ ओभरमा १५ रन खर्चेर १ विकेट लिए । दीपक क्षेत्री र सुनाम गौतमले एक एक विकेट लिए ।

तेस्रो स्थानका लागि शुक्रबार सुदूरपश्चिम प्रदेश र एनआरएनबीच प्रतिस्पर्धा हुनेछ । उपाधिका लागि शुक्रबारनै त्रिभुवन आर्मी क्लब र पुलिसबीच प्रतिस्पर्धा हुनेछ ।

पहिलो सेमिफाइनल भने खेल्न योग्य मैदान नभएपछि आर्मी र सुदूरपश्चिमबीचको खेल रद्द भएको थियो । आर्मी समूह ए को विजेताको रुपमा फाइनलमा पुगेको थियो । समूह चरणमा भने आर्मीले पुलिसलाई १३ रनले हराएको थियो ।

May 14, 2024

पहिलो अभ्यास खेलमा नेपाल टस जितेर फिल्डिङ गर्दै

काठमाडौं (हाम्रो खेलकुद) – विश्वकप तयारीका लागि सेन्ट भिन्सेन्ट एण्ड द ग्रेनाडिन्स पुगेको नेपाली टोलीले विनवार्ड्स भोलक्यानोज विरुद्धको पहिलो अभ्यास खेलमा टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका छन् । नेपालको विश्वकप टोलीमा रहेका १५ मध्य कमल सिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल र अविनाश बोहोरा आज प्लेइङ […]

May 14, 2024

सन्दीपको मुद्दा हेर्दाहेर्दैमा

ललितपुर (हाम्रो खेलकुद)- क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको फैसला मंगलबार पनि भएन । बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका सन्दीपको मुद्दाको बहस हेर्दाहेर्दैमा राखिएको छ।  न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको मंगलबार इजलासमा सन्दीपले दायर गरेको पुनरावेदनमा जवाफी बहस मात्रै बाँकी भएको उच्च अदालत पाटनले जनाएको‌ छ । जवाफी बहस […]

May 13, 2024

वर्षाका कारण खेल रद्द, गुजरात बाहिरियो 

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गुजरात टाइटन्स र कोलकाता नाइट राइडर्सबीचको खेल एक बल पनि नभईकन रद्द भएको छ । लगातारको वर्षाका कारण टसका साथै खेल सुरु हुन नसकेपछि खेल रद्द भएको हो । गुजरात र कोलकत्ताले खेल रद्द भएका कारण १-१ अंक बाँडेका छन् । यस नतिजा पछि भने गुजरात प्रतियोगिताबाट बाहिरिएको […]

Success

Thank you for your time.