3 years ago
September 16, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबले टस जितेर त्रिभुवन आर्मी क्लबविरुद्ध पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । टियु क्रिकेट मैदान भएको टसमा नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्रसिंह ऐरीले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन् ।

आर्मीले आजको खेलमा रमेश भट्ट, आकाश चन्द र राजेश पुलामी मगरलाई बेन्चमा राखेका छन् । कुशल मल्ल भने टोलीमा फर्किएका छन् । पुलिसले आजको खेलमा स्पिनर सागर ढकाल, मञ्जित श्रेष्ठ र शंकर राना बेन्चमा छन् ।
खेल ८-८ ओभरको मात्र हुनेछ । खेल निर्धारित समय अनुसार दिउँसो १ ः १५ मा हुनुपर्ने हो । तर बिहान परेको वर्षाले आउटफिल्ड भिजेपछि ढिलो भएको हो ।
यता तेस्रो स्थानको लागि भएको खेलमा सुदूरपश्चिम प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगितामा टस जितेर नै कास्य पदक जितेको छ । कास्य पदकका लागि शुक्रबार टियुमा बिहान ९ : १५ मा सुदूरपश्चिम र एनरआएनए स्पोर्ट्स एकेडेमबीच खेल हुनुपर्ने थियो । टस जितेर एनआरएनए स्पोर्ट्स एकेडेमीविरुद्ध सुदूरले पहिला ब्याटिङ गर्ने निर्णय लिएको थियो । तर टस लगत्तै वर्षा भएको थियो । खेल हुन नसकेपछि दोस्रो पटक कास्य पदकको लागि भएको टसमा सुदूरका कप्तान राजु रिजालले जित्दै पदक पक्का गरेका हुन् ।

पहिलो सेमिफाइनलमा वर्षाको कारण त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिमबीचको खेल हुन सकेको थिएन । आर्मी समूह ए को विजेता हुँदा फाइनलमा पुगेको थियो । दोस्रो सेमिफाइनल खेलमा पुलिसले एनआरएनएलाई १३ रनले हराएको थियो । वर्षाले प्रभावित खेलमा ८ ओभरमा पुलिसले पहिला ब्याटिङ गर्दै ८ ओभरमा ६ विकेट गुमाउँदै १ सय १० रन बनाएको थियो ।
एनरआएनएले उक्त लक्ष्य पछ्याउनेक्रममा ८ ओभरमा ३ विकेट गुमाउँदै ९७ रन बनाएको थियो । यदि पुन पानी परे खेल हुनेछैन । यो अवस्थामा टसबाटनै निर्णय स्वर्ण पदक कस्ले जित्ने थाहा हुनेछ ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]