default_image

2 years ago

September 16, 2022

भुर्तेल र धमलाको विष्फोटक ब्याटिङमा पुलिसलाई ऐतिहासिक स्वर्ण

166 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर कुशल भुर्तेल र सुनिल धमलाकोे विष्फोटक ब्याटिङमा नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत क्रिकेट प्रतियोगिता फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ८ विकेटले हराउँदै ऐतिहासिक स्वर्ण जितेको छ ।


जितको लागि १ सय ४ रनको विशाल विजयी लक्ष्य पछ्याएको पुलिसले ६.५ ओभरमा २ विकेट गुमाई पूरा गर्यो । पुलिसले राष्ट्रिय खेलकुदमा पहिलो पटक क्रिकेटतर्फ स्वर्ण जित्न सफल भएको हो । पुलिसका कुलश भुर्तेल १९ बलमा ३ चौका र ६ छक्कासहित सर्वाधिक ५१ रनको विष्फोटक इनिङ खेले । सुनिल धमला १७ बलमा २ चौका र ४ छक्कासहित ४२ रनमा अविजित रहे ।

कुशल भुर्तेलले १७ बलमा अर्धशतक प्रहार गरेका थिए । कुशलले सुशन भारीलाई लङअनमा छक्का हान्दै अर्धशतक पूरा गरेका थिए । पहिलो विकेटका लागि धमला र भुर्तेलले ५.३ ओभरमा ९२ रनको विष्फोटक साझेदारी गरेका थिए ।

आरिफ शेखले भारीलाई छक्का हान्दै विजयी रन बटुलेका थिए । कुशल जितेन्द्र मुखियाको छैटौं ओभरको तेस्रो बलमा एलबीडब्लू आउट भएका थिए । दीपेन्द्र सुशन भारीको बलमा ४ रनमा स्टम्पिङ आउट भए । आर्मीका सुशन भारी र जितेन्द्र मुखियाले एक एक विकेट लिए ।

त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको आर्मीले निर्धारित ८ ओभरमा ७ विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो । आर्मीका कप्तान विनोद भण्डारीले १४ बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ४० रनको योगदान दिए । युवा ब्याटर रोहित पौडेलले १० बलमा ४ छक्कासहित २८ रनमा क्याच आउट भए ।

पहिलो ओभरको पहिलो बलमै गुलशन झालाई अर्जुन साउद ठूलो सट खेल्न चाहेपनि एज लागेर विकेटकिपर दीलिप नाथबाट रोयल डक आउट भए । दोस्रो ओभरमा राशिद खानलाई रोहित पौडेलले दोस्रो, तेस्रो र चौथो बलमा लगातार तीन छक्का हान्दै कुल २० रन बटुलेका थिए । तेस्रो ओभरको दोस्रो बलमा रोहितले चोभार एण्डबाट डिप मिडविकेटमा गुलशनलाई सानदार छक्का हाने ।

तर चौथो बलमा रोहित एज लागेर विकेटकिपर दीलिपबाट क्याच भए । त्यसपछि चौका र अन्तिम बलमा भीम सार्कीले लङअनमा छक्का हाने । दीपेन्द्रसिंह ऐरीको बलमा भीम एज लागेर करण केसीबाट ११ रनमा आउट भए । भीमले ४ बलमा १ चौका र १ छक्का हाने । त्यसपछि मैदान आएका विनोदले दीपेन्द्रलाई पाँचौं बलमा चौका र अन्तिम बलमा छक्का हाने ।

योगेन्द्रसिंह कार्कीलाई विनोद भण्डारीले तेस्रो बलमा लङअफमा छक्का हाने । यसै ओभरको अन्तिम बलमा स्टेटमाथिको भवन कटाउँदै विनोदले सुन्दर छक्का हानेका थिए । कुशल मल्ल १३ बलमा २ चौकासहित १३ रनमा आउट भए ।

आठौं ओभरको पहिलो बलमा स्पिनर ललितनारायण राजवंशीले बोल्ड आउट गरे । लगत्तै अर्को बलमा सोनु तामाङ बोल्ड भए । हरि चौहान २ र सोमपाल कामी ३ रनमा अविजित रहे । अन्तिम ओभरमा ललितले १ ओभरमा मात्र ४ रन खर्चेर २ विकेट लिए ।

पुलिसका गुलशन झाले २ ओभरमा २४ रन खर्चेर २ विकेट लिए । स्पिनर ललित नारायण राजवंशीले १ ओभरमा ४ रन खर्चेर विकेट लिए । राशिद खान र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।

सेमिफाइनलमा आर्मी समूह विजेता बन्दै फाइनलमा पुगेको थियो । सुदूरपश्चिमसँगको खेल वर्षाको कारण हुन नसकेपछि फाइनलमा स्थान बनाएको थियो । पुलिसले एनआरएनए स्पोर्ट्स एकेडेमीलाई दोस्रो सेमिफाइनलमा १३ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.