default_image

2 years ago

September 17, 2022

नरेश क्यानडा क्रिकेट टोलीको बन्द प्रशिक्षणमा

239 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका पूर्व ब्याटर नरेश बुढाएर क्यानडा क्रिकेट टोलीको बन्द प्रशिक्षणमा परेका छन् । नेप्लिज क्यानडा क्रिकेट क्लबले नरेश सिनियर टोलीको प्रशिक्षणमा परेको जानकारी दिएको छ ।

Naresh Army

‘हामीले मुख्य प्रशिक्षक पुबुद दासानायिकेसँग पुष्टि गरेर नै सार्वजनिक गरेका हौं । पुबुदु त हाम्रो क्लबको सल्लाकार समेत हुन्’, नेप्लिज क्यानडाका क्लबका सचिव विनय यादवले हाम्रो खेलकुदसँग भने । पुबुद दुई महिना अघि नेपाली क्रिकेट टोली छाडेर क्यानडाको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।

नरेश पुबुदका सबैभन्दा मनपर्ने खेलाडी हुन् । उनैले नै नरेशलाई क्यानडा लगेका हुन् । अर्कोतर्फ गत साउनमा नरेशले मिसिसाउगा क्रिकेट लिगमा नेपाली समुदायको नेप्लिज क्यानेडियन क्रिकेट क्लबबाट नाइट्स क्रिकेट क्लबविरुद्ध ६२ बलमै दोहोरो शतक हान्दै सिनियर टोली सम्मको यात्रा सहज बनाएका थिए ।

नरेशले ६५ बलमा २३ चौका र १६ छक्काका साथ २ सय १० रनको दोहोरो शतकीय इनिङ खेलेका थिए । अविजित रहेका उनले ६२ बलमै दोहोरो शतक हानेका थिए । शतक ३० बलमा पूरा गरेका थिए । यस लिग क्यानाडाको डिभिजन फोरको हो ।
तीन महिना अघि अमेरिका भ्रमण गर्नुअघि नेपालले क्यानाडा भ्रमण गरेको थियो ।

ओन्टारियोको कप्तानी नरेश बुढाऐरले गरेका थिए । नरेश एक समय नेपाली क्रिकेटमा ठूलो सम्भावना बोकेका युवा खेलाडी थिए । २०१४ को टि२० विश्वकप टोलीका सदस्य रहेका बुढाएरले नेपाली क्रिकेटमा अवसर नपाएपछि २०१८ मा क्यानाडातर्फ लागेका थिए । नरेशले क्यानाडाका मुख्य प्रशिक्षक समेत रहेका पुबुदु दसानायिकलेको एकेडेमीमा क्रिकेट सिकाउँदै आएका थिए ।

नरेशले नेपालबाट २०१४ को विश्वकपमा हङकङविरुद्ध टि२० आईमा डेब्यू गरेका थिए । नेपालबाट २००९ मा बहराइनविरुद्ध डेब्यू गरेका थिए । नरेशले नेपालबाट अन्तिम खेल भने कीर्तिपुर मैदानमा २०१६ मा नामिबियाविरुद्ध खेले । उनले नेपालबाट ४ टि२० आई र ६ लिष्ट ए खेल खेलेका छन् । घरेलु क्रिकेट त्रिभुवन आर्मीबाट खेल्ने नरेशको प्रदर्शन २०१७ र २०१८ को समयमा त्यति राम्रो भने हुन सकेको थिएन । नेपाल क्रिकेट संघ निलम्बन हुँदा २०१८ मा क्यानडाका लागेका थिए ।

आइसिसीको नियम अनुसार तीन वर्ष एक टोलीबाट खेलेकोले अर्को टोलीबाट खेल्नुपर्छ । नरेशले त्यो समय पूरा गरेका छन् । यदि नरेश अन्तिम टोलीमा परे क्यानडाको टोलीबाट खेल्ने पहिलो नेपाली खेलाडी बन्नेछन् । पुबुदुका मनपर्ने खेलाडी हुँदा पर्ने अनुमान गरिएको छ । नरेशले नेप्लिज क्यानेडियन क्रिकेट क्लबबाट थुप्रै घरेलु प्रतियोगिता गर्दै आफ्नो उत्कृष्ट प्रदर्शनमा उपाधि जिताउँदै आएका छन् ।

May 20, 2024

कोलकत्ता र राजस्थान बीचको खेलमा वर्ष बाधक

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) सिजनको राउण्ड रोबिन चरण अन्तर्गतको अन्तिम खेलमा वर्षा बाधक बनेको छ । कोलकत्ता नाईट राइडर्स र राजस्थान रोयल्स बीचको खेल वर्षाका कारण एक बल पनि नखसिकन रद्द भएपछि राजस्थानले तेस्रो स्थानमा चित्त बुझाउनु पर्नेछ छ । कोलकत्ताले यस खेल अघि शीर्ष स्थानमा रही प्लेअफमा स्थान बनाइसकेको थियो । तर […]

May 19, 2024

एनसीसीएस भ्याली कप क्रिकेट यसै महिना

काठमाडौं (हाम्रो खेलकुद) – भक्तपुर जिल्ला क्रिकेट संघले एनसीसी आमन्त्रित उपत्यकाव्यापी टि ट्वान्टी क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । महिला र पुरुषको छुट्टाछुट्टै प्रतिस्पर्धा हुनेछ । शैक्षिक संस्था एनसीसीएस समूहसँग मिलेर भक्तपुरले जेठ १२ देखि १९ गते सम्म आयोजना गर्ने प्रतियोगितामा पुरुषतर्फ ६ एकेडेमी र महिलातर्फ ३ जिल्लाले सहभागिता रहने आइतबार पत्रकार सम्मेलनमार्फत जानकारी […]

May 19, 2024

पञ्जाबलाई हराउँदै हैदराबाद दोस्रो स्थानमा

एजेन्सी – लिग चरणको आफ्नो अन्तिम खेलमा जित दर्ता गर्दै सनराईजर्स हैदराबाद इंडियन प्रिमियर लिग (आईपिएल) को तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पञ्जाब विरुद्ध ४ विकेटको जित दर्ता गर्दै हैदराबाद दोस्रो स्थानमा उक्लिएको हो । पञ्जाबले दिएको २१५ रनको विशाल लक्ष्य हैदराबादले ५ बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो । हैदराबादका लागि अभिषेक […]

Success

Thank you for your time.