2 years ago
May 20, 2024
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल मलेसियाको क्वालालम्पुरमा जारी सेपाकताक्रो विश्व कपअन्तर्गत डबल इभेन्टको सेमिफाइनलमा पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।
बंगलादेशलाई सोमबार २-१ ले हराएपछि नेपाल समूह एको उपविजेताका रुपमा अन्तिम ४ मा पुगेको हो । नेपालले बंगलादेशलाई १५-१०,१३-१५,१५-७ ले हराएको थियो। समूह विजेता चाइनिज ताइपेइसँग हारेको नेपालले श्रीलंकामाथि भने जित निकालेको थियो।

नेपाली टोली आइतबार रेगु इभेन्टको सेमिफाइनलमा प्रवेश गरेको थियो । समूह एको आफ्नो अन्तिम खेलमा आइतबार इरानसँग २–० सेटमा पराजित भएपछि समूह उपविजेताका रुपमा नेपाल अन्तिम ४ मा पुगेको हो । नेपाल ६–१५ र १२–१५ ले पराजित भएको थियो ।
त्यसअघि लिग चरणमा नेपालले जर्मनीलाई २–० ले हराएको थियो । पहिलो दिन शनिबार रेगु इभेन्टमै फ्रान्सलाई २–१ हराएको नेपालले अर्को डबल इभेन्टमा खेल भने चाइनिज ताइपेसँग पराजित भएको थियो । रेगु इभेन्टमा ३ खेलाडी खेल्ने २ खेलाडी बाहिर रहन्छन् । डलबमा भने २ खेलाडी खेल्ने र अर्का खेलाडी बाहिर रहन्छन् ।
रोशन तामाङको कप्तानीमा रहेको टोलीमा दीपेश जङ्ग थापा, उमेश बहादुर महतो, अनिल जार्गा मगर, विजय महतो र पदम बहादुर थाडा मगर छन् ।
प्रशिक्षकमा श्याम बहादुर श्रेष्ठ, म्यानेजरमा नेत्र प्रसाद गुरुङ्ग र अन्तराष्ट्रिय टेक्निकल अफिसरमा नेसिर मास्के छन् । कुल २१ राष्ट्रको सहभागिता रहने बताइएको छ । नेपाल डिभिजन वानमा छ । त्यसमा कुल ९ राष्ट्र र प्रिमियरमा १२ राष्ट्र छन् ।
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]
December 3, 2025
हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]