2 years ago
May 20, 2024
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल मलेसियाको क्वालालम्पुरमा जारी सेपाकताक्रो विश्व कपअन्तर्गत डबल इभेन्टको सेमिफाइनलमा पनि सेमिफाइनलमा प्रवेश गरेको छ ।
बंगलादेशलाई सोमबार २-१ ले हराएपछि नेपाल समूह एको उपविजेताका रुपमा अन्तिम ४ मा पुगेको हो । नेपालले बंगलादेशलाई १५-१०,१३-१५,१५-७ ले हराएको थियो। समूह विजेता चाइनिज ताइपेइसँग हारेको नेपालले श्रीलंकामाथि भने जित निकालेको थियो।

नेपाली टोली आइतबार रेगु इभेन्टको सेमिफाइनलमा प्रवेश गरेको थियो । समूह एको आफ्नो अन्तिम खेलमा आइतबार इरानसँग २–० सेटमा पराजित भएपछि समूह उपविजेताका रुपमा नेपाल अन्तिम ४ मा पुगेको हो । नेपाल ६–१५ र १२–१५ ले पराजित भएको थियो ।
त्यसअघि लिग चरणमा नेपालले जर्मनीलाई २–० ले हराएको थियो । पहिलो दिन शनिबार रेगु इभेन्टमै फ्रान्सलाई २–१ हराएको नेपालले अर्को डबल इभेन्टमा खेल भने चाइनिज ताइपेसँग पराजित भएको थियो । रेगु इभेन्टमा ३ खेलाडी खेल्ने २ खेलाडी बाहिर रहन्छन् । डलबमा भने २ खेलाडी खेल्ने र अर्का खेलाडी बाहिर रहन्छन् ।
रोशन तामाङको कप्तानीमा रहेको टोलीमा दीपेश जङ्ग थापा, उमेश बहादुर महतो, अनिल जार्गा मगर, विजय महतो र पदम बहादुर थाडा मगर छन् ।
प्रशिक्षकमा श्याम बहादुर श्रेष्ठ, म्यानेजरमा नेत्र प्रसाद गुरुङ्ग र अन्तराष्ट्रिय टेक्निकल अफिसरमा नेसिर मास्के छन् । कुल २१ राष्ट्रको सहभागिता रहने बताइएको छ । नेपाल डिभिजन वानमा छ । त्यसमा कुल ९ राष्ट्र र प्रिमियरमा १२ राष्ट्र छन् ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]