default_image

3 years ago

September 19, 2022

प्रधानमन्त्री कप एकदिवसिय प्रतियोगिता अर्को महिना हुने

237 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको पाँचौं संस्करण अर्को महिना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने पाँचौं संस्करणको प्रधानमन्त्री कप एकदिवसिय राष्ट्रिय प्रतियोगिता कार्तिक १२ देखि २६ गते सम्म काठमाडौंमा हुने भएको छ ।

क्यानले आफू मातहतको जिल्ला र प्रदेशलाई छनोट गर्न पत्र पठाएको छ । पत्र अनुसार जिल्ला छनोटको असोाज २० मा नाम बुझाउन भनेको छ । त्यस्तै प्रदेश छनोट कार्तिक ६ सम्म पूरा गर्न भनिएको छ । प्रतियोगिता तीन विभागीय र सात प्रदेशसहित कुल १० टोली हुनेछन् । प्रतियोगताको समूह चरणमा दुई समूह हुनेछ ।

‘हामी खेलाडीलाई धेरै खेल दिन तेस्रो देखि दशौं स्थानसम्म निर्धारण गर्ने खेल गराउँछौं । त्यसले गर्दा टिमहरुले राम्रो खेल पाउँछन्’, क्यानका कार्यवाहक सचिव प्रशान्त व्रिकम मल्लले हाम्रो खेलकुदसँग भने ।

अर्थात अब तेस्रो, चौथोदेखि दशौं स्थान सम्म कुन टोली कुन स्थानमा रहने खेल खेल्नुपर्ने हुन्छ । यसअघि भने समूह चरणबाट शीर्ष दुई दुई टोली समेमिफाइनलमा स्थान बनाउँदै आएका थिए । अन्य बाहिरिंदै आएका थिए । फाइनलमा पुग्ने दुई टोलीपछि अन्य दुवै सेमिफाइनलबाट बाहिरिन्थे । मल्लका अनुसार अब तेस्रो देखि १० औं स्थान निर्धारण गर्ने खेल पनि गर्ने तयारी गरेको छ । यसले खेलाडीले बढी खेल पाउने बताए ।

राष्ट्रिय प्रतियोगिता लिगमा गर्न नसकेको भन्दै क्यानको चर्को आलोचना हुँदै आएको छ । पहिलो संस्करणको फाइनल वर्षाको कारण प्रभावित हुँदा उपाधि नेपाल आर्मी र नेपाल पुलिस क्लबले संयुक्त रुपमा बाँडेका थिए । दोस्रो संस्करण २०१८ को फाइनलमा एपिएफले आर्मीलाई ६ विकेटले हराउँदै उपाधि जितेको थियो । तेस्रो संस्करण २०१९ मा पुलिसले आर्मीलाई ४ विकेटले हराउँदै उपाधि जितेको थियो ।

चौथो संस्करणको फाइनलमा एपिएफलाई ३३ रनले हराउँदै आर्मीले उपाधि जितेको थियो । पहिलो संस्करण काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर तथा दोस्रो र तेस्रो नेपालय इन्टरनेशनल प्रा.लीको व्यवस्थापनमा सम्पन्न भएको थियो । चौथो भने सन् २०२० मा क्यान आफैंले आयोजना गरेको थियो ।

गतवर्ष नेपालले टि२० विश्वकप ग्लोबल छनोट ए खेल्ने भएपछि एकदिवसियको सट्टा क्यानले टि२० शैलीमा गरेको थियो । गतवर्ष टि२० राष्ट्रिय प्रतियोगिता उपाधि एपिएफले पुलिसलाई २१ रनले हराउँदै उपाधि जितेको थियो । त्यो प्रदर्शनलाई आधार मानेर क्यानले टि२० विश्वकप ग्लोबल छनोट खेल्ने टोली घोषणा गरेको थियो । उक्त छनोटमा नेपालले सेमिफाइनलमा युएईसँग ६८ रनको हार बेहोर्दै विश्वकप खेल्ने अवसर गुमाएको थियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.