default_image

2 years ago

September 20, 2022

पाकिस्तान र इंग्ल्यान्डबीचको पहिलो टि२० आई खेल आज

एजेन्सी – पाकिस्तान र इंग्ल्यान्डबीच हुने ७ टि२० आई खेलको सिरिज अन्तर्गत पहिलो खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार राती ८ : १५ मा नेशनल स्टेडियम कराँचीमा सुरुहुनेछ । दुबै टोली सिरिजमा विजयी सुरुवात गर्न चाहन्छन् । टि२० विश्वकप अघि आफ्नो कमजोरी सुधार गर्ने यी दुबै टोलीलाई अन्तिम अवसर हो । इंग्ल्यान्ड १७ […]

123 views

0 Bookmark

एजेन्सी – पाकिस्तान र इंग्ल्यान्डबीच हुने ७ टि२० आई खेलको सिरिज अन्तर्गत पहिलो खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार राती ८ : १५ मा नेशनल स्टेडियम कराँचीमा सुरुहुनेछ ।

दुबै टोली सिरिजमा विजयी सुरुवात गर्न चाहन्छन् । टि२० विश्वकप अघि आफ्नो कमजोरी सुधार गर्ने यी दुबै टोलीलाई अन्तिम अवसर हो । इंग्ल्यान्ड १७ वर्षपछि पाकिस्तान भ्रमणमा छ ।

पाकिस्तान घरेलु मैदान, समर्थक र कन्डिसनको फाइदा उठाउँदै सिरिजमा सानदार प्रदर्शनका साथ उच्च मनोबलका साथ अर्को महिना अष्ट्रेलिया विश्वकप खेल्न जान चाहन्छ । तर अघिल्लो साता एसिया कपमा कप्तान बाबर आजमको ब्याटिङ सम्झन लायक रहेन । पाकिस्तान बाबरबाट उत्कृष्ट प्रदर्शन चाहन्छ । अर्का ओपनर रिजवानले लगातार राम्रो प्रदर्शन गर्दै आएका छन् । तर टोलीको आवश्यकता अनुसार आक्रामक ब्याटिङ खेल्नुपर्ने हुन्छ ।

एसिया कप फाइनलमा पराजित भएको पाकिस्तानको मध्यक्रम ब्याटिङ ठूलो समस्या हो । मध्यक्रमका ब्याटरमा खुशदील शाह, इफ्तिखर अहमद, आसिफ अली, शन मकसुद र हैलर अली छन् । इफ्तिखरको स्थान शन मकसुदले लिने देखिन्छ । खुशदील शाहको स्थान हैदर अलीले लिनसक्छन् । मोहम्मद नवाज र शादब खान तल्लोक्रमका हतियार हुन् ।

तीव्र गतिका बलर हरिस रौफ, नसिम शाह र शाहन शाह अफ्रिदी हुनेछ्न । अफ्रिदी सानदार पूनरागमन गर्न चाहन्छन् । खुट्टाको चोटको कारण एसिया कप गुमाएका थिए । एसिया कपमा नसिम शाहले उत्कृष्ट प्रदर्शन गरेका थिए । अफ्रिदी र नसिश शाहको जोडी इंग्ल्यान्डलाई घातक बन्नसक्छ ।

यता इंग्ल्यान्ड युवा खेलाडीका साथ पाकिस्तान भ्रमणमा छ । ओपनरमा फिलिप साल्ट र एलेक्स हेल्स हुनेछन् । हेल्स २०१९ पछि पहिलो पटक इंग्ल्यान्डको टोलीमा फर्किका हुन् । उनी सानदार पूनरागन गर्ने तयारीमा छन् । पाकिस्तान सुपर लिग खेल्दै आएका उनलाई मैदान र कन्डिसनको तयारी राम्रोसँग थाहा छ ।

कप्तान जस बटलर भने चोटका कारण खेल गुमाउने उच्च सम्भावना छ । यो अवस्थामा मोईन अलीले इंग्ल्यान्डको कप्तानी गर्नेछन् । मध्यक्रममा डेविड मलान, मोईन अली, ह्यारी ब्रुक्स र विल ज्याक्स हुनेछन् । तल्लोक्रमका साम करणले राम्रो ब्याटिङ गर्न सक्छन् । स्पिनरमा मोईन अली र आदिल राशिद हुनेछन् । तीव्र गतिका बलरमा रिस टोप्ली, मार्क वुड, रिस टोप्ली र क्रिस वोक्स हुनेछन् ।

हेड टु हेड :

पाकिस्तान र इंग्ल्यान्डबीच हालसम्म २१ टि२० आई खेल भएका छन् । इंग्ल्यान्ड १४ र पाकिस्तान ६ खेलमा विजयी भएको छ । पछिल्ला पाँच खेलमा इंग्ल्यान्ड तीन र पाकिस्तान दुई खेलमा विजयी भएका छन् ।

सुरुवाती चार टि२० आई खेल कराँचीमा हुनेछ । कराँचीमा २० सेप्टेम्बर, २२ सेप्टेम्बर, २३ सेप्टेम्बर र २५ सेप्टेम्बरमा एक देखि चार टि२० आई खेल हुनेछन् । पाँचौं, छैटौं र सातौं टि२० आई खेल लाहोरमा क्रमशः २८, ३० र २ अक्टोबरमा हुनेछ ।

April 30, 2024

कोलकातासँग दिल्लीको हार

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार दिल्ली क्यापिटल्सलाई ७ विकेटले हराएको छ । १ सय ५४ रनको लक्ष्य पछ्याएको कोलकाताले १६.३ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५७ रन बनाएको थियो । ओपनर फिल साल्टले अर्धशतक पूरा गरे । ३३ बल खेलेका उनले ३३ बलमा ७ चौका र ५ छक्का […]

April 29, 2024

ओपनर कुशल ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेललाई केटिएम कन्सल्टिङ ग्रुपले ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ । ओपनर भुर्तेललाई एक वर्षका लागि एम्बेसडर नियुक्त गरिएको हो । ग्रुपले आफ्नो व्यापारको प्रवर्द्धनसँगै सामाजिक विकासका लागि यो कदम लिएको बताएको छ । दुवैले एकसाथ खेलकुद र शिक्षा क्षेत्रमा बेग्लै पथ तयार पार्ने ग्रुपको विश्वास […]

April 29, 2024

कर्णालीलाई पराजित गर्दै लुम्बिनीलाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले पहिलो वीर गणेशमान सिंह राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । मुलपानी माथिल्लो क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा कर्णाली प्रदेशलाई २१ रनले हराउँदै लुम्बिनी च्याम्पियन बनेको हो। लुम्बिनीले दिएको १ सय १७ रनको सामान्य लक्ष्य पछ्याएको कर्णाली १५.३ ओभरमा ८५ रनमै समेटियो । कर्णालीका लागि विपिन शाहीले […]

Success

Thank you for your time.