3 years ago
September 23, 2022
एजेन्सी – पाकिस्तानका कप्तान बाबर आजम र विकेटकिपर मोहम्मद रिजवानले दोस्रो टि२० आई खेलमा इंग्ल्यान्डलाई १० विकेटले हराउँदै नयाँ विश्व कीर्तिमान बनाएका छन् । बिहीबार राती पाकिस्तानले २ सय रनको विशाल लक्ष्य १९.३ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।

बाबरले डेविड विल्लीलाई विजयी चौका हानेका थिए । बाबर र रिजवानबीच पहिलो विकेटका लागि २ सय ३ रनको अविजित साझेदारी भएको थियो । टि२० क्रिकेट इतिहासमा लक्ष्य पछ्याउँदा २ सय रनको साझेदारी कुनैपनि विकेटका लागि भएको सर्वाधिक ठूलो हो ।
बाबर र मोहम्मद रिजवानले यसअघि आफ्नै कीर्तिमान तोडेका हुन् । गतवर्ष दक्षिण अफ्रिकालाई हराउन बाबर र रिजवानले पहिलो विकेटका लागि १ सय ९७ रनको साझेदारी गरेका थिए । जुन कुनैपनि टि२० खेलमा लक्ष्य पछ्याउँदा गरेको सर्वाधिक ठूलो साझेदारी थियो । दक्षिण अफ्रिकाले दिएको २ सय ४ रनको विशाल लक्ष्य पाकिस्तानले १८ ओभरमै पूरा गरेको थियो । बाबरले टि२० आई करिअरको पहिलो शतक हान्नेक्रममा १ सय २२ रन जोडेका थिए ।
टि२० आई क्रिकेटमा हालसम्म ६ पटक २ सयमाथिको साझेदारी भएको छ । सबै पहिलो विकेटका लागि छन् । सर्वाधिक ठूलो साझेदारी अफगानिस्तानका हज्रतुल्लाह जजाई र उस्मान घानीले २०१९ मा पहिलो विकेटका लागि आयरल्यान्डविरुद्ध २ सय ३६ रनको साझेदारी गरेका थिए । पाकिस्तानबाट टि२० आईमा सर्वाधिक ठूलो साझेदारी हो ।

त्यस्तै पाकिस्तानको विश्व कीर्तिमानी जित हो । यो टि२० आई क्रिकेट इतिहासमा कुनै पनि विकेट नगुमाई पूरा गरेको यो सर्वाधिक ठूलो लक्ष्य हो । यसअघि १० विकेटको रुपमा सर्वाधिक ठूलो लक्ष्य न्युजिल्यान्डले २०१६ मा पाकिस्तानविरुद्ध १ सय ६९ रन पूरा गरेको थियो । पाकिस्तानको यो टि२० आईमा दोसो १० विकेटको जित हो । पाकिस्तानले गतवर्ष टि२० विश्वकपमा भारतलाई १० विकेटले हराएको थियो ।
पाकिस्तानका कप्तान बाबर ६६ बलमा ११ चौका र ५ छक्कासहित १ सय १० रनमा अविजित रहे । बाबरको टि२० आई करिअरको दोस्रो शतक हो । मोहम्मद रिजवान ५१ बलमा ५ चौका र ४ छक्कासहित ८८ रनमा अविजित रहे ।

त्यसअघि नेशनल स्टेडियम कराँचीमा टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो । इंग्ल्यान्डका कार्यवाहक कप्तान मोईन अली २३ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५५ रनमा अविजित रहे ।
बायाँ हाते मध्यक्रमका ब्याटर बेन डकेटले २२ बलमा ७ चौकासहित ४३ रन जोडे । पाकिस्तानका शाहनवाज दाहनीले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । हरिस रौफले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए ।
७ टि२० आई खेलको सिरिज १–१ को बराबरीमा छ । पहिलो खेलमा इंग्ल्यान्ड ६ विकेटले विजयी भएको थियो । तेस्रो खेल शुक्रबार हुनेछ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]