default_image

3 years ago

September 23, 2022

४९ वर्षीय सचिनको आक्रामक ब्याटिङ

311 views

0 Bookmark

एजेन्सी – विश्व क्रिकेटका सर्वाधिक सफल ब्याटर सचिन तेन्दुलकरले भारतमा जारी रोड सेफ्टी विश्व सिरिजमा आक्रामक ब्याटिङ गरेका छन् । भारतीय लेजेन्ड्सको कप्तानी गर्दै इंग्ल्यान्ड लेजेन्ड्सविरुद्ध ४९ वर्षीय सचिनले आक्रामक ब्याटिङ गरेका हुन् ।

इंग्ल्यान्ड लेजेन्ड्सलाई ४० रनले हराउँदै सचिन खेलको प्लेयर अफ द म्याच चुनिए । राजिभ गान्धी इन्टरनेशल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ गरेको भारतीय लेजेन्ड्सले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउँदै १ सय ७० रन बनाएको थियो ।

भारतका सचिन तेन्तुलकरले २० बलमा ३ चौका र ३ छक्कासहित ४० रनको आक्रामक इनिङ खेले । युभराज सिंह १५ बलमा १ चौका र ३ छक्कासहित ३१ रनमा अविजित रहे ।

ओपनर नमन ओझा २०, सुरेश रैना १२ र युसुफ पठान २७ रनमा आउट भए । पठानले ११ बलमा १ चौका र ३ छक्का हाने । इंग्ल्यान्डका स्टेफन पेरीले ३ ओभरमा १९ रन खर्चेर ३ विकेट लिए ।

१ सय ७१ रनको विजयी लक्ष्य पछ्याएको इंग्ल्यान्डले निर्धारित १५ ओभरमा ६ विकेट गुमाउँदै १ सय ३० रन बनायो । इंग्ल्यान्डका ओपनर फिल मुस्टर्डले १९ बलमा ४ चौका र १ छक्कासहित २९ रनमा आउट भए । अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन् । भारतका राजेश पवारले ३ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए ।

भारतीय लेजेन्ड्स ४ खेलमा २ मा जितका साथ १२ अंक जोड्दै शीर्ष स्थानमा छ । श्रीलंका लेजेन्ड्स तीन खेलमा अपराजित रहँदै १२ अंकका साथ नै शीर्ष स्थानमा छ । वेस्टइन्डिज ४ खेलमा २ मा जितसहित १२ अंकका साथ तेस्रो स्थानमा छ ।

न्युजिल्यान्ड ४ खेलमा १ मा जित र १ मा हारसहित ८ अंकका साथ चौथो स्थानमा छ । ८ देश सहभागी यस प्रतियोगितामा बंगलादेश भने तीन खेलमा जित विहीन हुँदै पुछारमा छ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.