default_image

2 years ago

September 23, 2022

जित्नै पर्ने दबाबमा रहेको भारतलाई बलिङको चिन्ता

एजेन्सी – भारत र अष्ट्रेलियाबीच दोस्रो टि२० आई खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : १५ मा नागपुरमा हुनेछ । तीन टि२० आई खेलको सिरिजमा अष्ट्रेलियाले १-० को अग्रता लिएको छ । पहिलो खेलमा अष्ट्रेलियाले भारतलाई ४ विकेटले हराएको थियो । अष्ट्रेलिया एक खेल आगावै सिरिज जित्न चाहन्छ । भारतलाई भने […]

110 views

0 Bookmark

एजेन्सी – भारत र अष्ट्रेलियाबीच दोस्रो टि२० आई खेल आज हुँदैछ । खेल नेपाली समय अनुसार साँझ ७ : १५ मा नागपुरमा हुनेछ । तीन टि२० आई खेलको सिरिजमा अष्ट्रेलियाले १-० को अग्रता लिएको छ ।

पहिलो खेलमा अष्ट्रेलियाले भारतलाई ४ विकेटले हराएको थियो । अष्ट्रेलिया एक खेल आगावै सिरिज जित्न चाहन्छ । भारतलाई भने जित्नै पर्ने दबाब छ । तर पछिल्लो समयको बलिङ प्रदर्शनले भने भारतलाई चिन्ता थपेको छ । डेथ ओभरमा भारतले लगातार खराब बलिङ गर्दै आएको छ । भारत १६ देखि २० ओभरमा उत्कृष्ट बलिङ चाहन्छ ।

पहिलो खेलमा भारतले २ सय ८ रन बनाएपनि चार बल अगाडि नै ६ विकेट गुमाउँदै पूरा गरेको थियो । अष्ट्रेलियाका युवा अलराउन्डर क्यामरन ग्रीनले पहिलो पटक ओपनिङ गर्दै ६१ रनको विजयी इनिङ खेलेका थिए । म्याथ्यु वेड २१ बलमा ४६ रनमा अविजित रहँदै खेल सकाएका थिए ।

भारतका भुवनेश्वर कुमारले ४ ओभरमा ५२ रन खर्चेका थिए । हर्षल पटेलले ४ ओभरमा ४९ रन खर्चेका थिए । स्पिनर युजभेन्द्र चहलले ३ ओभरमा ४२ रन खर्चेका थिए । भारतका प्रमुख बलरलै खराब प्रदर्शन गरेका थिए । आजको खेलमा जस्प्रित बुमराह खेल्नेछन् । बुमराह भुवनेश्वर वा उमेश यादव मध्य एकको स्थानमा खेल्नेछन् । दीपक चाहर फिट हुँदा भुवनेश्वर र उमेश दुबै बेन्चमा रहनसक्छन् ।


भारतले गत जुनमा दिल्लीमा दक्षिण अफ्रिकाविरुद्ध २ सय ११ रन बनाएपनि बचाउन सकेको थिएन । उक्त लक्ष्य दक्षिण अफ्रिकाले पाँच बल अगाडिनै तीन विकेट गुमाउँदै पूरा गरेको थियो ।

दुई साताअघि एसिया कपमा पनि भारतको बलिङ सुपर फोरमा राम्रो हुनसकेन । पाकिस्तानविरुद्ध १ सय ८१ र श्रीलंकाविरुद्ध १ सय ७३ रन बनाएपनि भारत पराजित भएको थियो । त्यसैले टि२० विश्वकप अघि भारतलाई बलिङ समस्याले सताएको छ । बुमराह फर्किदा केहि सुधार हुने देखिन्छ । तर बुमराह पनि चोटबाट फर्किको हुँदा त्यो लयमा नहुन सक्छन् ।

पहिलो खेलमा ओपनर लोकेश राहुल ५५ र हार्दिक पान्ड्याले ७१ रनको इनिङ खेलेका थिए । रोहित शर्मा, विराट कोहली र सूर्यकुमार यादवबाट पनि उत्कृष्ट प्रदर्शन चाहन्छ । त्यस्तै विकेटकिपरमा दीनेश कार्तिकलाई निरन्तरता दिनसक्छ । पन्त बेन्चमै बस्न सक्छन् । पन्त कि कार्तिकमा भारत दुविधामा परेको छ ।

यता अष्ट्रेलिया भने टोलीमा परिवर्तन गर्ने सम्भावना कम देखिन्छ । ओपनरमा ग्रीन र कप्तान आरोन फिन्चले निरन्तरता पाउनेछन् । फिन्चबाट अष्ट्रेलिया ठूलो इनिङ चाहन्छ ।

मध्यक्रम र तल्लोक्रममा स्टिभ स्मिथ, जोश इंग्लिस, ग्लेन म्याक्सवेल, टिम डेविड, म्याथ्यु वेड र प्याट कमिन्स हुनेछन् । राम्रो सुरुवात पाउँदा भने विशाल लक्ष्य बनाउने देखिन्छ । ब्याटिङमा गहिराइ र हार्ड हिटर बढी छन् ।

म्याक्सवेल, टिम डेविड, म्याथ्यु वेड र प्याट कमिन्स विष्फोटक ब्याटर हुन् । तीव्र गतिका बलरमा कमिन्स, जोश हेजलवुड र नाथन एलिस हुनेछन् । स्पिनरमा एडम जाम्पा हुनेछन् । तेस्रो टि२० आई खेल आइतबार हुनेछ ।

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.