default_image

2 years ago

September 23, 2022

भारतलाई अष्ट्रेलियाको बलियो लक्ष्य

268 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाले दोस्रो टि२० आई खेलमा भारतलाई ९१ रनको बलियो लक्ष्य दिएको छ । नागपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित ८ ओभरमा ५ विकेट गुमाउँदै ९० रन बनायो ।

अष्ट्रेलियाका विकेटकिपर म्याथु वेड २० बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४३ रनमा अविजित रहे । कप्तान आरोन फिन्चले १५ बलमा ४ चौका र १ छक्कासहित ३१ रनमा आउट भए ।

दोस्रो ओभरको तेस्रो बलमा ओपनर क्यामरन ग्रीन पाँच रनमा रन आउट भए । पहिलो खेलमा ग्रीनले ६१ रन बनाउँदै प्लेयर अफ द म्याच चुनिएका थिए । अक्षर पटेलले तीन बलपछि ग्लेन म्याक्सवेललाई शून्यमा बोल्ड गरे ।

चौथो ओभरको पहिलो बलमा टिम डेविडलाई अक्षर पटेलले बोल्ड गरे । पाँचौं ओभरको अन्तिम बलमा जस्प्रित बुमराहले फिन्चलाई बोल्ड गरेपछि अष्ट्रेलिया ४६–४ को अवस्थामा पुगेको थियो ।

स्टिभ स्मिथ ७ रनमा आउट भए । भारतका अक्षर पटेलले २ ओभरमा १३ रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराहले २ ओभरमा २२ रन खर्चेर १ विकेट लिए । अन्तिम ओभरमा हर्षल पटेलले १९ रन खर्चिएका थिए ।

तीन टि२० आई खेलको सिरिजमा अष्ट्रेलियाले १-० को अग्रता लिएको छ । पहिलो खेलमा अष्ट्रेलिया ४ विकेटले विजयी भएको थियो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.