3 years ago
September 23, 2022
एजेन्सी – युवा ब्याटर ह्यारी ब्रुकको विष्फोटक ब्याटिङमा इंग्ल्यान्डले तेस्रो टि२० आई खेलमा पाकिस्तानमाथि ६३ रनको सानदार जित हात पारेको छ । योसँगै सात टि२० आई खेलको सिरिजमा इंग्ल्यान्डले २–१ को अग्रता लिएको छ ।

जितको लागि २ सय २२ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५८ रन बनायो । पाकिस्तानका शान मसुद ४० बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६६ रनमा अविजित रहे । उनको यो टि२० आई करिअरको पहिलो अर्धशतक हो । मसुद बाहेक अन्यको प्रदर्शन भने सम्झन लायक रहेन ।
पाकिस्तानको सुरुवात खराब रह्यो । चोटका कारण लामो समयपछि टोलीमा फर्किएका मार्कवुडको गति पाकिस्तानका ब्याटरले चाल पाउन सकेनन् । वुडको तेस्रो ओभरको चौथो बलमा ओपनर तथा कप्तान बाबर आजम थर्डम्यानमा ८ रनमा रिस टोप्लीबाट क्याच भएका थिए ।
हैदर अलीलाई वुडले ३ रनमा क्याच गराए । इफितखर अहमद साम करनको पाँचौं ओभरको तेस्रो बलमा ६ रनमा टोप्लीबाट क्याच आउट भए । रिस टोप्लीले मोहम्मद रिजवानलाई ८ रनमा बोल्ड गरेका थिए । २८-४ को दयनीय अवस्थामा पुगेको पाकिस्तानलाई पाँचौं विकेटका लागि खुशदील शाह र मसुदले ३८ बलमा ६२ रनको साझेदारी गरेका थिए ।

खुशदील शाहले २१ बलमा १ चौका र २ छक्कासहित २९ रन बनाए । इंग्ल्यान्डका मार्कवुडले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । आदिल राशिदले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । साम करन र रिस टोप्लीले एक एक विकेट लिए ।
त्यसअघि नेशनल स्टेडियम कराँचीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २१ रन बनाएको थियो ।
इंग्ल्यान्डका २३ वर्षीय युवा ब्याटर ह्यारी ब्रुकले ३५ बलमा ८ चौका र ५ छक्कासहित सर्वाधिक ८१ रनमा अविजित रहे । ह्यारी ब्रुकले २४ बलमा अर्धशतक प्रहार गरेका थिए । उनको पहिलो अन्तर्राष्ट्रिय अर्धशतक समेत हो ।

त्यस्तै बेन डकेटले ४२ बलमा ८ चौका र १ छक्कासहित ७० रनमा अविजित रहे । उनको पनि यो पहिलो अर्धशतक हो । चौथो विकेटका लागि ब्रुक र डकेटले ६९ बलमा १ सय ३९ सानदार शतकीय अविजित साझेदारी गर्दै विशाल योगफलमा पुर्याए ।
डेब्यू खेल खेलेका ओपनर विल ज्याक्सले २२ बलमा ८ चौकासहित ४० रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । ओपनर फिलिप साल्ट ८ र डेविड मलान १४ रनमा आउट भए ।
पाकिस्तानका स्पिनर उस्मान कादिरले ४ ओभरमा ४८ रन खर्चेर २ विकेट लिए । पहिलो खेलमा इंग्ल्यान्ड ६ विकेट र दोस्रो खेलमा पाकिस्तान १० विकेटले विजयी भएका थिए । चौथो खेल आइतबार कराँचीमा हुनेछ ।
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्स पहिलो पटक नेपाल प्रिमियर लिग (एनपिएल) च्याम्पियन बनेको छ। एनपिएल सिजन २ को फाइनलअघि एक मात्र खेल हारेर सुदूरपश्चिमलाई लुम्बिनीले यसपटकको फाइनलमा निरिह बनायो। सुदूरपश्चिमलाई ६ विकेटले माथ दिंदै लुम्बिनी दोस्रो संस्करणको च्याम्पियन बनेको हो। फाइनलमा आज लुम्बिनीको बलिङ नै जितको प्रमुख आधार बन्यो। कप्तान रोहित पौडेलले ह्याट्रिक सहित लिंदा […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ८६ रनको अत्यन्त सहज चुनौती दिएको छ। यो सिजन पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि काठमाडौं गोर्खाजले लुम्बिनीविरुद्ध १ सय ११ रन बनाएको थियो। सुदूरपश्चिम फाइनलमा ब्याटिङमा निरुह बन्यो। लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक विकेट लिंदा शेर […]
December 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिगको फाइनलमा ह्याट्रिक विकेट लिएका छन् । कीर्तिपुरस्थित टियु रंगशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा रोहितले सुदूरपश्चिम विरुद्ध ह्याट्रिक विकेट लिएका हुन् । ब्याटिङमा संघर्ष गरिरहेको सुदूरपश्चिमविरुद्ध रोहितले ११ औं ओभरमा ह्याट्रिक पूरा गरेका हुन्। ११ औं ओभरको चौथो बलमा रोहितको बलिङमा सुदूरपश्चिमका […]