2 years ago
September 23, 2022
एजेन्सी – युवा ब्याटर ह्यारी ब्रुकको विष्फोटक ब्याटिङमा इंग्ल्यान्डले तेस्रो टि२० आई खेलमा पाकिस्तानमाथि ६३ रनको सानदार जित हात पारेको छ । योसँगै सात टि२० आई खेलको सिरिजमा इंग्ल्यान्डले २–१ को अग्रता लिएको छ ।
जितको लागि २ सय २२ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५८ रन बनायो । पाकिस्तानका शान मसुद ४० बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६६ रनमा अविजित रहे । उनको यो टि२० आई करिअरको पहिलो अर्धशतक हो । मसुद बाहेक अन्यको प्रदर्शन भने सम्झन लायक रहेन ।
पाकिस्तानको सुरुवात खराब रह्यो । चोटका कारण लामो समयपछि टोलीमा फर्किएका मार्कवुडको गति पाकिस्तानका ब्याटरले चाल पाउन सकेनन् । वुडको तेस्रो ओभरको चौथो बलमा ओपनर तथा कप्तान बाबर आजम थर्डम्यानमा ८ रनमा रिस टोप्लीबाट क्याच भएका थिए ।
हैदर अलीलाई वुडले ३ रनमा क्याच गराए । इफितखर अहमद साम करनको पाँचौं ओभरको तेस्रो बलमा ६ रनमा टोप्लीबाट क्याच आउट भए । रिस टोप्लीले मोहम्मद रिजवानलाई ८ रनमा बोल्ड गरेका थिए । २८-४ को दयनीय अवस्थामा पुगेको पाकिस्तानलाई पाँचौं विकेटका लागि खुशदील शाह र मसुदले ३८ बलमा ६२ रनको साझेदारी गरेका थिए ।
खुशदील शाहले २१ बलमा १ चौका र २ छक्कासहित २९ रन बनाए । इंग्ल्यान्डका मार्कवुडले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । आदिल राशिदले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । साम करन र रिस टोप्लीले एक एक विकेट लिए ।
त्यसअघि नेशनल स्टेडियम कराँचीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २१ रन बनाएको थियो ।
इंग्ल्यान्डका २३ वर्षीय युवा ब्याटर ह्यारी ब्रुकले ३५ बलमा ८ चौका र ५ छक्कासहित सर्वाधिक ८१ रनमा अविजित रहे । ह्यारी ब्रुकले २४ बलमा अर्धशतक प्रहार गरेका थिए । उनको पहिलो अन्तर्राष्ट्रिय अर्धशतक समेत हो ।
त्यस्तै बेन डकेटले ४२ बलमा ८ चौका र १ छक्कासहित ७० रनमा अविजित रहे । उनको पनि यो पहिलो अर्धशतक हो । चौथो विकेटका लागि ब्रुक र डकेटले ६९ बलमा १ सय ३९ सानदार शतकीय अविजित साझेदारी गर्दै विशाल योगफलमा पुर्याए ।
डेब्यू खेल खेलेका ओपनर विल ज्याक्सले २२ बलमा ८ चौकासहित ४० रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । ओपनर फिलिप साल्ट ८ र डेविड मलान १४ रनमा आउट भए ।
पाकिस्तानका स्पिनर उस्मान कादिरले ४ ओभरमा ४८ रन खर्चेर २ विकेट लिए । पहिलो खेलमा इंग्ल्यान्ड ६ विकेट र दोस्रो खेलमा पाकिस्तान १० विकेटले विजयी भएका थिए । चौथो खेल आइतबार कराँचीमा हुनेछ ।
January 14, 2025
धनगढी (हाम्रो खेलकुद)- प्रधानमन्त्री कप टि ट्वान्टी महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको पहिलो दिन एपिएफ र सुदूरपश्चिम प्रदेश विजयी भएका छन्। दिनको दोस्रो खेलमा एपिएफले कर्णाली प्रदेशलाई १ सय ११ रनले हरायो। फाप्ला क्रिकेट मैदानमा १ सय ८३ रनको लक्ष्य पछ्याएको कर्णालीले २० ओभरमा ७ विकेट गुमाएर ७१ रनमात्र बनाउन सक्यो । कर्णालीबाट दिक्षा पुरीले सर्वाधिक […]
January 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- जय ट्रफी पुरुष एलिट कपको फाइनलको पहिलो दिन मंगलवार खराब मौसमको कारण १७ ओभरको खेल मात्र सम्भव भएको छ। वीरगंजमा मौसमले प्रभाव पारेको खेलमा नेपाल पुलिस क्लबले १७ ओभरमा २ विकेट गुमाएर ८५ रन बनायो। उसका लागि कुशल भुर्तेलले पहिलो दिन अविजित अर्धशतकीय पारी खेले। मौसमको लारण टस ढिला भयो। टस जितेको […]
January 14, 2025
काठमाडौं(हाम्रो खेलकुद) – पाकिस्तान सुपर लिग (पिएसएल) २०२५ को ड्राफ्टमा सन्दीप लामिछानेसहिय ७ खेलाडी विक्री भएनन् । लाहोरमा सोमवार भएको अक्सनमा कुनै पनि नेपाली खेलाडीलाई लिन टोलीहरुले चासो देखाएनन् । सन्दीपले डायमन्ड तथा आसिफ शेख, अर्जुन साउद, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुलशनकुमार झा र सोमपाल कामी सिल्भर क्याटागोरीमा समावेश थिए। गत संस्करणमा पनि नेपाली खेलाडीलाई पिएसएलका […]