default_image

2 years ago

September 24, 2022

ब्याटरको हेलमेटमा बल अड्किएपछि…

एजेन्सी – क्रिकेटमा कहिँले काहीँ अप्रत्याशित र रोमान्चक घटनाहरु घट्छन् । त्यसैले क्रिकेटको मज्जा अझ बढाउँछ । शुक्रबार राती इंग्ल्यान्ड र पाकिस्तानबीच पनि एक रोमान्चक घटना घट्यो । त्यो थियो ब्याटरको हेलमेटमा बल अड्किएको । यो घटना क्रिकेटमा पहिलो भने होईन । समयमा समयमा देखिने गर्दछ । हेलमेटमा बल बाउन्सर बलमा लाग्ने गर्दछ । हेलमेटमा […]

123 views

0 Bookmark

एजेन्सी – क्रिकेटमा कहिँले काहीँ अप्रत्याशित र रोमान्चक घटनाहरु घट्छन् । त्यसैले क्रिकेटको मज्जा अझ बढाउँछ । शुक्रबार राती इंग्ल्यान्ड र पाकिस्तानबीच पनि एक रोमान्चक घटना घट्यो । त्यो थियो ब्याटरको हेलमेटमा बल अड्किएको ।

यो घटना क्रिकेटमा पहिलो भने होईन । समयमा समयमा देखिने गर्दछ । हेलमेटमा बल बाउन्सर बलमा लाग्ने गर्दछ । हेलमेटमा लागेपछि कन्कसनको कारण फिजियोलाई देखाउनै पर्छ । तर बल अड्केको भने कमै देखिन्छ ।

तेस्रो टि२० आई खेलमा कराँचीमा इंग्ल्यान्डले टस जितेर पहिला ब्याटिङ गरेको थियो । युवा ब्याटर ह्यारी ब्रुक र बेन डकेटले सानदार ब्याटिङ गर्दै पुरै माहोल इंग्ल्यान्डकोमा मोडेका थिए ।

१७ औं ओभरमा सानदार ब्याटिङ गरि रहँदा ह्यारी ब्रुकको हेलमेटमा भने बल अड्किन पुग्यो । तीव्र गतिका बलर हरिस रौफले चौथो बलमा लेग साइडतर्फ बाउन्सर बल फ्याँकेका थिए । ब्याक फुटमा आएर डिप मिड विकेटमा शट खेलेका उनी मिस भए ।

त्यो बल ब्रुकको हेलमेटमा गएर अड्कियो । ब्रुकले एक स्टेप अघि बढेर बल विकेटकिपर तर्फ हेरे । तर बल देखेनन् । अनि उनलाई आफ्नो हेलमेटमा बल अड्किएको थाहा पाएँ ।

हेलमेटमा बल देखेपछि ब्रुक हाँस्न थाले । रौफ दौडिएर उनीसँग पुगे । उता विकेटकिपर मोहमम्द रिजवानको हाँसो पनि रोकिन सकेन । रौफले उनीलाई जिस्काउन थाले । कलिलो ब्रुकको अनुहारमा लजालु मुस्कानले अझ हेर्न लायक थियो । ब्रुकले ने बल निकालेर हेलमेट खोले । अनि बल भुईमा राखे । नियम अनुसार उक्त बल डेड हुने गर्दछ ।

इंग्ल्यान्डले पहिलो इनिङमा निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २१ रन बनायो । इंग्ल्यान्डका भविष्य मानिएका युवा स्टार ब्रुकले ३५ बलमा ८ चौका र ५ छक्कासहित सर्वाधिक ८१ रनमा अविजित रहे । उनको स्ट्राइकरेट २३१.४२ थियो । ब्रुकले खेलेको सातौं टि२० आई खेलमो पहिलो अर्धशतक हानेका थिए । आगमी दशकका इंग्ल्यान्डका सुपरस्टार ब्याटरको रुपमा हेनलाई हेर्ने गरिन्छ ।

बायाँ हाते बेन डकेटले पनि ४२ बलमा ८ चौका र १ छक्कासहित ७० रनमा अविजित रहे । चौथो विकेटका लागि डकेट र ब्रुकले ६९ बलमा १ सय ३९ रनको अविजित सानदार साझेदारी गरेका थिए । त्यसअघि डेब्यू खेल खेलेका विल ज्याकले २२ बलमा ८ चौकासहित ४० रन जोड्दै राम्रो सुरुवात दिलाए । पाकिस्तानका स्पिनर उस्मान कादिरले सर्वाधिक दुई विकेट लिए ।

जितको लागि २ सय २२ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५८ रन बनायो । पाकिस्तानका शान मसुद ४० बलमा ३ चौका र ४ छक्कासहित सर्वाधिक ६६ रनमा अविजित रहे ।

उनको यो टि२० आई करिअरको पहिलो अर्धशतक हो । मसुद बाहेक अन्यको प्रदर्शन भने सम्झन लायक रहेन । इंग्ल्यान्डका मार्क वुडले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । लामो समयपछि चोटका कारण फर्किएका मार्क वुडले यस खेलमा प्रतिघण्टा १ सय ५६ को किलोमिटर गतीमा बल फ्याँलेका थिए ।

आदिल राशिदले ४ ओभरमा ३२ रन खर्चेर २ विकेट लिए । सात टि२० आई खेलको सिरिजमा इंग्ल्यान्डले २–१ को अग्रता लिएको छ । पहिलो खेलमा इंग्ल्यान्ड ६ विकेट र दोस्रो खेलमा पाकिस्तान १० विकेटले विजयी भएका थिए । चौथो खेल आइतबार कराँचीमा हुनेछ । त्यसपछि बाँकी तीन खेल लाहोरमा हुनेछन् ।

यो पनिः क्रिकेटका पाँच अविश्वसनिय घटनाहरु

April 25, 2024

आइपिएलमा बैंगलुरुको दोस्रो जित

एजेन्सी – रोयल च्यालेन्जर्स बैंगलुरुले इन्डियन प्रिमियर लिग (आइपिएल) मा दोस्रो जित हासिल गरेको छ । बैंगलुरुले बिहीबार सनराइजर्स हैदरावादलाई ३५ रनले हराएको छ । २ सय ७ रनको लक्ष्य पछ्याएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ७१ रन मात्र बनाउन सक्यो ।टोलीका लागि सहवाज अमेदले सर्वाधिक नटआउट ४० रन बनाए । […]

April 25, 2024

कर्णालीको जितमा कोशीको छैटौं पराजय

काठमाडौं (हाम्रो खेलकुद) – पुछारमा रहेको कोशी प्रदेशलाई ५ विकेटले सहजै हराउँदै कर्णाली‌ प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपको फाइनलमा पुग्ने संभावनालाई कायमै राखेको छ। लगातारको छैटौं हारमा कोशी अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। ९४ रनको सहज विजय लक्ष्य कर्णाली प्रदेशले मात्र ६. ३ बलमा ५ विकेट गुमाउँदै पुरा गर्यो। ओपनर विपिन रावल […]

April 25, 2024

सुपर ओभरमा मधेशको जित , सुदूरपश्चिम बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – सुपर ओभरमा सुदूरपश्चिमलाई हराउँदै मधेश प्रदेशले वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसीपमा चौथो जित हात पारेको छ। सुपर ओभरमा सुदूरपश्चिमले मात्र ७ रन बनायो। मधेशले पाँचौ बलमा जित हात पारेको हो। यो हारमा सुदूरपश्चिम एक खेल अगाडि नै लिग चरणबाट बाहिरिएको छ। माथिल्लो मुलपानी मैदानमा पहिले ब्याटिङ गरेको मधेश प्रदेशले ७ […]

Success

Thank you for your time.