default_image

2 years ago

September 27, 2022

कर्नवालको छक्काको वर्षातमा बार्बाडोस फाइनलमा

एजेन्सी – ओपनर रहकीम कर्नवालको छक्काको वर्षातमा बार्बाडोस रोयल्सले क्यारेवियन प्रिमियर लिग (सिपिएल) को पहिलोे क्वालिफायरमा गुयाना एमेजन वारियर्सलाई ८७ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ । गुयानामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बार्बाडोस रोयल्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९५ रन बनायो । ओपनर रहकीम कर्नवालले ५४ बलमा २ चौका […]

177 views

0 Bookmark

एजेन्सी – ओपनर रहकीम कर्नवालको छक्काको वर्षातमा बार्बाडोस रोयल्सले क्यारेवियन प्रिमियर लिग (सिपिएल) को पहिलोे क्वालिफायरमा गुयाना एमेजन वारियर्सलाई ८७ रनले हराउँदै फाइनलमा स्थान बनाएको छ ।

गुयानामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बार्बाडोस रोयल्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९५ रन बनायो । ओपनर रहकीम कर्नवालले ५४ बलमा २ चौका र ११ छक्कासहित ९१ रनको इनिङ खेले ।

आजम खानले ३५ बलमा ३ चौका र ४ छक्कासहित ५२ रनको आक्रामक इनिङ खेले । कप्तान काइल मयर्सले २० बलमा १ चौका र ३ छक्कासहित २६ रन जोडे । अन्यले भने राम्रो पदर्शन गर्न सकेनन् । वारियर्सका रोमारियो शेफर्डले ४ ओभरमा २९ रन खर्चेर २ विकेट लिए ।

जितका लागि १ सय ९६ रनको विजयी लक्ष्य पछ्याएको वारियर्स १७.४ ओभरमा १ सय ८ रनमा अल आउट भयो । कप्तान शिम्रन हेटमायरले २९ बलमा ३ चौका र १ छक्कासति सर्वाधिक ३७ रन बनाए ।

बार्बाडोसका लागि रामोन सिमन्ड्स ३ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए । कर्नवालले २ ओभरमा १० रन खर्चेर २ विकेट लिए । मुजिब उर रहमानले दुई विकेट लिए ।

एलिमिनेटर खेलमा बुधबार विहान सेन्ट लुसिया किंग्स र जमैका तलवाजबीच प्रतिस्पर्धा हुनेछ । विजेता टोलीले फाइनलमा स्थान बनाउन वारियर्ससँग प्रतिस्पर्धा गर्नेछन् । फाइनल शुक्रबार हुनेछ ।

May 2, 2024

सोमपाल दुई विश्वकप खेल्ने एक्लो नेपाली क्रिकेटर बन्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले अर्को महिना सुरु हुने आइसीसी टि२० विश्वकप २०२४ का लागि घोषणा गरेको अन्तिम टोलीमा परेसँगै सोमपाल कामी नेपालबाट दुई विश्वकप खेल्ने एक्लो खेलाडी बन्ने भएका छन् । सन् २०१४ मा बंगलादेशमा सम्पन्न टि२० विश्वकपमा सोमपालले नेपालको प्रतिनिधित्व गरेका थिए । त्यसबेला टोलीको सबैभन्दा कान्छो सदस्य रहेका उनी […]

May 2, 2024

बलियो टोली उतार्दै वेस्ट इन्डिज ‘ए’ विरुद्ध सिरिज बराबर गर्ने लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि२० सिरिजको चौथो खेल आज खेल्दैछ । खेल टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मध्यान्ह १२:१५ बजे सुरु हुनेछ । नेपालले पहिलो खेल ४ विकेटले जितेपछि पाहुना टोलीले दोस्रो खेल १० रनले जित्दै सिरिज बराबर गरेको थियो । बुधबार भएको तेस्रो खेलमा जोन्सन चार्ल्सको […]

May 1, 2024

पञ्जाबको चेन्नाईविरुद्ध सहज जित

एजेन्सी – पञ्जाब किंग्सले बुधवार भएको इंडियन प्रिमियर लिग (आईपिएल) अन्तर्गतको एकमात्र खेलमा सहज जित दर्ता गरेको छ । पञ्जाबले चेन्नाई सुपर किंग्स माथि ७ विकेटको जित निकालेको हो । चेन्नाईले दिएको १६३ रनको लक्ष्य पञ्जाबले १३ बल बाँकी छँदै ३ विकेट गुमाएर भेटायो । पञ्जाबका लागि जोन्नी बेयर्सटोले ३० बलमा सर्वाधिक ४६ रन बनाए […]

Success

Thank you for your time.