default_image

2 years ago

September 28, 2022

युएईमाथि बंगलादेशको क्लिनस्विप

129 views

0 Bookmark

एजेन्सी – बंगलादेशले घरेलु टोली युएईमाथि दुई टि२० आई खेलको सिरिज क्लिनस्विप गरेको छ । दोस्रो टि२० आई खेलमा बंगलादेशले युएईलाई ३२ रनले हराउँदै क्लिनस्विप गरेको हो ।

जितको लागि १ सय ७० रनको विजयी लक्ष्य पछ्याएको युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ३७ रन बनायो । युएईका कप्तान सिपी रिजवानले ३६ बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ५१ रन बनाए ।

बासिल हमिदले ४० बलमा ४ चौकासहित ४२ रनमा आउट भए । ओपनर मोहम्मद वासिम १८, चिराग सुरी ५ र वृत्य अरविन्दले २ रन बनाए । बंगलादेशका मोसाद्देक हसनले सर्वाधिक दुई विकेट लिए ।

त्यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको बंगलादेशले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६९ रन बनायो । बंगलादेशका ओपनर मेहेदी हसन मिराजले ३७ बलमा ५ चौकासहित सर्वाधिक ४६ रन बनाए ।

लिटन दास २५, अफिफ हुसैन १८ र मोसाद्देकले २७ रन बनाए । युएईका अर्यान अफ्जल खानले सर्वाधिक दुई विकेट लिए । पहिलो खेलमा युएई बंगलादेशसँग ७ रनले पराजित भएको थियो । टि२० विश्वकप अघि बंगलादेशले युएईमा गएर अभ्यास गरेको हो । त्यसैक्रममा सिरिज पनि खेलेको हो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.