3 years ago
October 1, 2022
एजेन्सी – पूर्व भारतीय अलराउन्डर युसुफ पठानको आक्रामक ब्याटिङमा भिलवारा किंग्सले लेजेन्ड्स क्रिकेट लिगमा गुजरात जायन्ट्स ५ विकेटले पराजित गरेको छ ।

जितको लागि १ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको किंग्सले १९.४ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । युसुफ पठान १८ बलमा ४ छक्का र एक चौकासहित ३९ रनमा आउट भए । दुई विकेट लिँदै अलराउन्ड प्रदर्शन गरेका पठान खेलको प्लेयर अफ द म्याच चुनिए ।
जेसल कारिया २४ बलमा ६ चौका र १ छक्कासहित ३९ र कप्तान इरफान पठान १४ बलमा २ चौका र १ छक्कासहित २६ रनमा अविजित रहे । ओपनर विलियम पेटरफोर्ड ४०, मोर्न भ्यान २६ र शेन वाटसन १ रनमा आउट भए । गुजरातका ग्रीम स्वामले सर्वाधिक दुई विकेट लिए ।
त्यसअघि जोधपुरमा टस हारेर पहिला ब्याटिङ थालेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८६ रन जोडेको थियो । गुजरातका क्रिस गेलले ४० बलमा ९ चौका र ३ छक्कासहित सर्वाधिक ६८ रनको योगदान दिए । ४३ वर्षीय गेललाई किंग्सका शेन वाटसनले १४ औं ओभरको चौथो बलमा युसुफ पठानबाट क्याच गराएका थिए ।

आक्रामक ब्याटिङ गर्नेक्रममा गेलले युसुफ पठानलाई एकै ओभरमा तीन चौका र दुई छक्का हान्दै कुल २५ रन जोडेका थिए । आठौं ओभरको दोस्रो, तेस्रो र पाँचौं बलमा गेलले पठानलाई चौका हानेका थिए । चौथो र छैटौं बलमा छक्का हानेका थिए । त्यसपछि पठानले पुन बलिङ पाएनन् ।
ओपनर लेन्डन सिमन्सले १८ बलमा ५ चौकासहित २२ रन बनाए । कप्तान पार्थिव पटेल र केभिन ओ ब्रायन ४ रनमा आउट भए । यी दुबै युसुफ पठानको बलमा आउट भएका थिए । मध्यक्रमका यशपाल सिंह ३७ बलमा ६ चौका र २ छक्कासहित ५८ रन बनाए ।
थिसरा परेरा ११ बलमा १ चौका र १ छक्कासति १९ रनमा आउट भए । किंग्सका युसुफ पठानले २ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । श्रीसान्त, सुदीप त्यागी र शेन वाटसनले एक एक विकेट लिए ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]