default_image

2 years ago

October 1, 2022

जमैकालाई सिपिएलको उपाधि

79 views

0 Bookmark

एजेन्सी – ओपनर ब्रेन्डन किंगको उत्कृष्ट ब्याटिङमा जमैका तलवाजले क्यारेवियन प्रिमियर लिग (सिपिएल) २०२२ को फाइनलमा बार्बाडोस रोयल्सलाई ८ विकेटले हराउँदै उपाधि जितेको छ । जितको लागि १ सय ६२ रनको विजयी लक्ष्य जमैकाले १६.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । जमैकाका ओपनर ब्रेन्डन किंगले ५० बलमा १३ चौका र २ छक्कासहित ८३ रनको अविजित इनिङ खेले ।
शम्राह ब्रुक्स ३३ बलमा ६ चौका र २ छक्कासहित ४७ र कप्तान रोभम्यान पावेलले १४ रन बनाए । बार्बाडोसका काइल मेयर्स र जेसन होल्डरले एक एक विकेट लिए ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बार्बाडोसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६१ रन बनायो । बार्बाडोसका आजम खानले ४० बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५१ रनको योगदान दिए । ओपनर रहकीम कर्नवालले २१ बलमा २ चौका र ४ छक्कासहित ३६ रनमा आउट भए ।
कप्तान काइल मेयर्स १९ बलमा ६ चौकासहित २९ रनमा आउट भए । सुरुवाती ६ ओभरमा ६३ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएपनि मध्यक्रमका ब्याटरले निरन्तरता दिन सकेनन् ।
जमैकाका फबिएन एलेन ४ ओभरमा २४ रन खर्चेर ३ विकेट लिए । निकोलसन गोर्डनले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.