default_image

2 years ago

October 1, 2022

कप्तान टेलरको आक्रामक ब्याटिङमा इन्डियाको बलियो योगफल

84 views

0 Bookmark

एजेन्सी – कप्तान रस टेलरको आक्रामक ब्याटिङमा इन्डिया क्यापिटल्सले लेजेन्ड्स क्रिकेट लिगमा मनिपाल टाइगर्सलाई १ सय ८४ रनको बलियो लक्ष्य दिएको छ ।

जोधपुरमा टस हारेर पहिला ब्याटिङको लक्ष्य पाएको इन्डिया क्यापिटल्सले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १ सय ८३ रन बनायो । कप्तान रस टेलरले ३१ बलमा ३ चौका र ३ छक्कासहित ५१ रनको आक्रामक इनिङ खेले ।

इन्डियालाई ओपनर हामिल्टन मसाकाड्जाले ३५ बलमा ८ चौका र २ छक्कासहित ६० रन जोड्दै राम्रो सुरुवात दिलाएका थिए । विकेटकिपर दीनेश रामदिन ५१ बलमा ५ चौका र ३ छक्कासहित ६४ रनमा आउट भए । उनी अन्तिम बलमा आउट भएका थिए ।

दोस्रो विकेटका लागि टेलर र रामदीनले १ सय १४ रनको शतकीय साझेदारी गरेका थिए । ओपनर सोलेमन मिर एक रनमा रिटायर्ट हर्ट भएका थिए ।

टाइगर्सका कोरी एन्डरसनले एक विकेट लिए । ब्रेट लीले ३ ओभरमा २७ रन खर्चिए । हरभजन सिंहले ३ ओभरमा १६ रन खर्चिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.