default_image

2 years ago

October 2, 2022

शेन वाटसन र युसुफ पठानको उत्कृष्ट ब्याटिङ

एजेन्सी – शेन वाटसन र युुसुफ पठानको उत्कृष्ट ब्याटिङमा भिलवारा किंग्सले लेजेन्ड्स क्रिकेट लिगमा इन्डिया क्यापिटल्सलाई २ सय २७ रनको विशाल लक्ष्य दिएको छ । जोधपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको किंग्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २६ रन बनायो । किंग्सका शेन वाटसनले ३९ बलमा १० चौका र २ छक्कासहित सर्वाधिक […]

75 views

0 Bookmark

एजेन्सी – शेन वाटसन र युुसुफ पठानको उत्कृष्ट ब्याटिङमा भिलवारा किंग्सले लेजेन्ड्स क्रिकेट लिगमा इन्डिया क्यापिटल्सलाई २ सय २७ रनको विशाल लक्ष्य दिएको छ ।

जोधपुरमा टस जितेर पहिला ब्याटिङ रोजेको किंग्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २६ रन बनायो । किंग्सका शेन वाटसनले ३९ बलमा १० चौका र २ छक्कासहित सर्वाधिक ६५ रनको योगदान दिए ।

ओपनर विलियम पोर्टरफिल्डले ३७ बलमा ७ चौका र ३ छक्कासहित ५९ रन जोड्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । युसुफ पठानले विष्फोटक अन्त्य गरे । पठानले २४ बलमा ३ चौका र ४ छक्कासहित ४८ रन जोडे । राजेश विश्रोई ११ बलमा ५ चौका र २ छक्कासहित ३६ रनमा अविजित रहे । इरफान पठान ८ रनमा आउट भए ।

ओपनर मार्ने भानलाई ४ रनमै पहिलो ओभरमा गुुमाएको थियो । दोस्रो विकेटका लागि शेन वाटसन र विलियम पोर्टरफिल्ड १ सय १६ रनको उत्कृष्ट शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरे ।

इन्डिया क्यापिटल्सका मिचेल जोनसनले ४ ओभरमा ५१ रन खर्चेर दुई विकेट लिए । चार टोली सहभागी प्रतियोगितामा इन्डिया क्यापिटल्स ६ खेलमा ३ मा जितसहित ७ अंकका साथ शीर्ष स्थानमा छ ।

May 2, 2024

कर्णाली राष्ट्रिय लिगमा छनोट हुँदा मधेश बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद) – महिला राष्ट्रिय लिगको छनोट प्रतियोगिता अन्तर्गत घरेलु टोली कर्णाली आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेशलाई पराजित गर्दै राष्ट्रिय लिगमा छनोट भएको छ । विहीबार विहान सुर्खेतको कर्णाली प्रदेश रंगशालामा गण्डकीमाथि २-० को जित दर्ता गर्दै कर्णालीले अंक तालिकाको तेस्रो स्थान पक्का गर्यो । वर्षा ओली र संजिता बम्जनले १-१ गोल गर्दै टोलीको […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ लाई एक खेल अगावै सिरिज उपाधि 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टि-२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३-१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ […]

May 2, 2024

वेस्ट इन्डिज ‘ए’ द्वारा नेपाललाई पुनः विशाल लक्ष्य पेश 

काठमाडौं (हाम्रो खेलकुद) – वेस्ट इन्डिज ‘ए’ विरुद्ध जारी टि २० सिरिजको चौथो खेलमा पनि नेपालले विशाल लक्ष्य पाएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनायो । वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले ५४ […]

Success

Thank you for your time.