default_image

3 years ago

October 2, 2022

दक्षिण अफ्रिकालाई भारतको २ सय ३८ रनको विशाल लक्ष्य

179 views

0 Bookmark

एजेन्सी – ओपनर लोकेश राहुल र मध्यक्रमका ब्याटर सूर्यकुमार यादवको विष्फोटक ब्याटिङमा भारतले दोस्रो टि२० आई खेलमा दक्षिण अफ्रिकालाई २ सय ३८ रनको विशाल लक्ष्य दिएको छ ।


गुवाहाटीमा टस हारेर पहिला ब्याटिङ थालेको भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३७ रन बनायो । भारतका सूर्यकुमार यादवले २२ बलमा ५ चौका र ५ छक्कासहित ६१ रनको विष्फोटक इनिङ खेले । सूर्यले मात्रै १८ बलमा अर्धशतक पूरा गर्दै सानदार ब्याटिङ गरेका थिए ।

भारतबाट टि२० आईमा युवराज सिंहले १२ बलमा २००७ को टि२० विश्वकपमा इंग्ल्यान्डविरुद्ध अर्धशतक हानेका थिए । जुन समय युवराजसिंहले स्टुअर्ट ब्रोडलाई ६ बलमा ६ छक्का हानेका थिए । लोकेश राहुलले २०२१ मा स्कटल्यान्डविरुद्ध १८ बलमा अर्धशतक हानेका थिए ।

लोकेश राहुलले २८ बलमा ५ चौका र ४ छक्कासहित ५७ रनको इनिङ खेले । पहिलो विकेटका लागि राहुल र रोहित शर्माले ९.५ ओभरमा ९६ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाए । स्पिनर केशव महाराजको बलमा रोहित ट्रिस्टन स्टब्सबाट क्याच भए । रोहितले ३७ बलमा ७ चौका र १ छक्कासहित ४३ रन बनाए । महाराजले नै राुहललाई एलबीडब्लू आउट गरेका थिए ।


तेस्रो विकेटका लागि विराट कोहली र सूर्यकुमार यादवले ४२ बलमा १ सय २ रनको सानदार शतकीय साझेदारी गरेपछि भारतले विशाल योगफल बनाएको थियो । १५ औं ओभरमा कागिसो रबाडालाई सूर्यकुमार यादवले दुई चौका र दुई छक्कासहित कुल २२ रन जोडेका थिए । १७ औं ओभरमा वेन पार्नेलले २३ रन खर्चेका थिए ।

सूर्य १९ औं ओभरको पहिलो बलमा रन आउट भएका थिए । विराट कोहली २८ बलमा ७ चौका र १ छक्कासहित ४९ रनमा अविजित रहे । दीनेश कार्तिक ७ बलमा १ चौका र २ छक्कासहित १७ रनमा अविजित रहे ।

दक्षिण अफ्रिकाका केशव महाराजले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । लुन्गी एनगिडीले ४ ओभरमा ४९ रन खर्चिए । वेन पार्नेलले ४ ओभरमा ५४ रन खर्चिए । एनरिच नोर्कियाले ३ ओभरमा ४१ रन बनाए । कागिसो रबाडाले ४ ओभरमा ५७ रन खर्चिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.