default_image

3 years ago

October 3, 2022

एकै खेलमा २५ छक्काको वर्षा

214 views

0 Bookmark

एजेन्सी – भारत र दक्षिण अफ्रिकाबीच दोस्रो टि२० आई खेलमा गुवाहाटीमा छक्का, चौका र रनको वर्षा भयो । एक समय भारत एकल प्रदर्शनमा हाबी भएपनि डेविड मिलर किलर बनेर प्रस्तुत भए ।

पिच रिपोर्ट अनुसार १ सय ७० रन सुरक्षित मानिने बताईएको थियो । तर त्यस विपरित ब्याटिङ भयो । ४० ओभरमा मात्र ६ विकेट गुम्दा कुल ४ सय ५८ रन बनेको थियो । खेलमा तीन अर्धशतक र एक शतक प्रहार भयो ।

भारतबाट १३ र दक्षिण अफ्रिकाबाट १२ गरि कुल २५ छक्का प्रहार भए । भारतका तीन र दक्षिण अफ्रिका एक खेलाडीको २ सय माथिको स्ट्राइक रेटमा रन जोडे । भारतले २५ र दक्षिण अफ्रिकाले १५ गरि कुल ४० चौका प्रहार भए । दक्षिण अफ्रिकाले भारतमा पहिलो पटक टि२० आई सिरिज गुमाउन पुग्यो ।

डेथ ओभर अर्थात १६ देखि २० ओभरमा टि२० इतिहासकै सर्वाधिक बढी रन बन्यो । भारतले डेथ ओभरमा ८२ र दक्षिण अफ्रिकाले ७८ गरि कुल १० ओभरमा १ सय ६० रन बनेको थियो । यसअघि डेथ ओभरमा अष्ट्रेलिया र पाकिस्तानबीच सन् २०१० मा १ सय ४८ रन बनेको थियो ।

विशाल लक्ष्य पछ्याउँदा दक्षिण अफ्रिका कप्तान टेम्बा बभुमा ७ बल खेल्दा खाता खोल्न सकेनन् । उनको सुरुवात विष्फोटक हुनुपर्ने हो । तर टेस्ट शैली पनि हुन सकेन । राइली रोसेउ पनि लगातार दोस्रो खेलमा डक आउट भए । दक्षिण अफ्रिकाले सुरुवाती १० ओभरमा तीन विकेट गुमाउँदै ७० रन बनाएको थियो ।

जुन समय ६० बलमा जितको लागि १ सय ६८ रन चाहिँएको थियो । अन्तिम १० ओभरमा दक्षिण अफ्रिकाले १ सय ५१ रन बनाउँदै जित नजिक पुर्याए । भारतले सुरुवाती १० ओभरमा १ विकेट गुमाउँदै ९६ रन बनाएको थियो । भारतले अन्तिम १० ओभरमा १ सय ४१ रन बनाएको थियो ।

भारतले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३७ रन बनायो । सूर्यकुमार यादवले २२ बलमा ५ चौका र ५ छक्कासहित ६१ रनको विष्फोटक इनिङ खेले । सूर्यले १८ बलमा अर्धशतक पूरा गरेका थिए । ओपनर लोकेश राहुलले २८ बलमा ५ चौका र ४ छक्कासहित ५७ रनको इनिङ खेले ।

तेस्रो विकेटका लागि विराट कोहली र सूर्यकुमार यादवले ४२ बलमा १ सय २ रनको सानदार शतकीय साझेदारी गर्दै विशाल योगफलको आधार तय गरे । विराट कोहली २८ बलमा ७ चौका र १ छक्कासहित ४९ रनमा अविजित रहे । दीनेश कार्तिक ७ बलमा १ चौका र २ छक्कासहित १७ रनमा अविजित रहे ।

दक्षिण अफ्रिकाका केशव महाराजले ४ ओभरमा २३ रन खर्चेर २ विकेट लिए । केशव बाहेक अन्य चार तीव्र गतिका बलरको प्रदर्शन राम्रो हुन सकेन । लुन्गी एनगिडीले ४ ओभरमा ४९ र वेन पार्नेलले ५४ रन खर्चिए । एनरिच नोर्कियाले ३ ओभरमा ४१ रन खर्चिए । कागिसो रबाडाले ४ ओभरमा ५७ रन खर्चिए । दक्षिण अफ्रिकाका चार तीव्र गतिका बलरले १५ ओभर बलिङ गर्दा विकेट विहीन हुँदै कुल २ सय १ रन खर्चेका थिए ।

जितको लागि २ सय ३८ रनको विशाल विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २१ रन बनायो । डेविड मिलरले ४७ बलमा ८ चौका र ७ छक्कासहित सर्वाधिक १ सय ६ रनको अविजित विष्फोटक शतकीय इनिङ खेले । दक्षिण अफ्रिकाको सुरुवात सम्झन लायक भने थिएन । पहिला संघर्ष गरेका डि ककले पछि मिलरलाई साथ दिएका थिए ।

मिलरको यो दोस्रो टि२० आई शतक हो । ओपनर क्विन्टन डि कक ४८ बलमा ३ चौका र ४ छक्कासहित ६९ रनमा अविजित रहे । चौथो विकेटका लागि मिलर र डि ककले १ सय ७४ रनको सानदार अविजित शतकीय साझेदारी गरेपनि हार टार्न सकेनन् । यो टि२० आई इतिहासमा कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो ।

एकै ओभरमा दुई ब्याटर डकमा गुमाएपछि एडेन माक्रमरमले इनिङ केहि उकासेका थिए । माक्ररम १९ बलमा ४ चौका र १ छक्कासहित ३३ रनमा अक्षर पटेलको बलमा बोल्ड भए ।

भारतका अर्शदीप सिंहले ४ ओभरमा ६२ रन खर्चेर २ विकेट लिए । दीपक चाहरले ४ ओभरमा १ मेडनसहित २४ रन खर्चिए । रविचन्द्रन आश्विनले ४ ओभमा ३७, अक्षर पटेलले ५३, हर्षल पटेलले ४५ रन खर्चिए ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.