default_image

2 years ago

October 3, 2022

टि२० विश्वकमा भारतलाई ठुलो धक्का,  बुमराहले विश्वकप गुमाउने

159 views

0 Bookmark

एजेन्सी – भारतीय क्रिकेट टोलीका प्रमुख हतियार तीव्र गतिका बलर जस्प्रित बुमराहले दुइ सातापछि अष्ट्रेलियामा हुने टि२० विश्वकप गुमाउने पक्का भएको छ । भारतले औपचारिक रुपमा बाहिरिएको जनाएको छ


चोटका कारण पुन : मैदान फर्किएका बुमराह गम्भीर किसिमको ब्याक इन्जुरीको कारण टि२० विश्वकप गुमाउने पक्का भएको हो  । बुमराह ४ देखि ६ महिना मैदान बाहिर रहन सक्ने बताइएको छ । बुमराहको स्थानकसलाई दिने केही दिनमा निर्णय गर्ने जनाएको छ ।

बुमराहले अघिल्लो दुई साता अघि अष्ट्रेलियाविरुद्ध दोस्रो टि२० आई खेलबाट पूनरागमन गरेका थिए । तेस्रो खेलमा भने बुमराहले ४ ओभरमा ५० रन खर्चेका थिए । जुन बुमराहले टि२० आई करिअरमा गरेको सबैभन्दा खराब प्रदर्शन थियो ।

भारतका प्रमुख डेथ ओभर र योर्कर स्पेलिष्ट बुमराह नहुँदा बलिङ आक्रामण कमजोर हुने देखिन्छ । टि२० एसिया कपमा बुमराह नहुँदाको असर परेको थियो । २०१६ मा भारतका लागि डेब्यू गरेका बुमराह पछिल्लो एक वर्षभने चोटबाट संघर्ष गरि रहेका छन् ।

बुमराहको गत मंगलबार अभ्यासको क्रममा ब्याक इन्जुरी भएको हो । टि२० विश्वकपमा भारतको मोहम्मद शामी र दीपक चाहर छन् । शामी कोरोनाको कारण अष्ट्रेलिया र दक्षिण अफ्रिकाविरुद्ध सिरिज खेलेका थिएनन् । चाहरले दक्षिण अफ्रिकाविरुद्ध पहिलो खेलमा दुई विकेट लिएका थिए । बुमराह नहुँदा चाहरले स्थान लिनसक्ने सम्भावना देखिन्छ ।

चोटका कारण भारतका प्रमुख अलराउन्डर रविन्द्र जडेजाले भने टि२० विश्वकप गुमाई सकेका छन् । भारतले सन् २००७ को पहिलो संस्करणको टि२० विश्वकप उपाधि जितेको थियो । महेन्द्रसिंह धोनीको कप्तानीमा त्यो समय विश्वकप जित्दाका सदस्य रोहित शर्मा र दीनेश कार्तिक अहिले पनि टोलीमा छन् ।

त्यसपछि भारतले २०१४ को टि२० विश्वकपमा विश्वकपको फाइनलमा पुगेको थियो । फाइनलमा भने श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो । २०१६ को टि२० विश्वकपमा घरेलु टोली भारत सेमिफाइनलमा वेस्टइन्डिजसँग पराजित हुँदै बाहिरिएको थियो ।

सिरिजमा सानदार प्रदर्शन गर्दै आएपनि ठूला प्रतियोगितामा भारत लगातार चुक्दै आएको छ । टि२० विश्वकप आगमी अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म अष्ट्रेलियाका विभिन्न सहरमा हुनेछ । पहिलो चरणबाट सुपर १२ मा समूहका शीर्ष दुई दुई टोली पुग्नेछन् ।

भारतको विश्वकप खेल्ने टोली :

रोहित शर्मा (कप्तान), लोकेश राहुल(उपकप्तान), विराट कोहली, सूर्यकुमार यादव, दीपक हुडा, ऋषभ पन्त, दीनेश कार्तिक (विकेटकिपर), हार्दिक पान्ड्या, रविचन्द्रन आश्विन, युजभेन्द्र चहल, अक्षर पटेल, भुवनेश्वर कुमार, हर्षल पटेल र अर्शदीप सिंह ।

वैकल्पिक : मोहम्मद शामी, श्रेयस ऐर, रवि विश्रोई र दीपक चाहर ।

पहिलो चरणको समूह ए – श्रीलंका, नामिबिया र युएई, नेदरल्यान्ड्स

समूह बी – वेस्टइन्डिज, स्कटल्यान्ड, आयरल्यान्ड र जिम्बावे

सुपर १२ को समूह १ – इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता

सुपर १२ को समूह २ – भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.