default_image

2 years ago

October 5, 2022

भारतमाथि दक्षिण अफ्रिकाको सानदार जित

एजेन्सी – राइली रोसोउको शतक र उत्कृष्ट बलिङमा दक्षिण अफ्रिकाले तेस्रो टि२० आई खेलमा घरेलु टोली भारतमाथि ४९ रनको सानदार जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलको सिरिज दक्षिण अफ्रिकाले १-२ ले गुमाएको छ । जितको लागि २ सय २८ रनको विशाल विजयी लक्ष्य पछ्याएको भारत १८.३ ओभरमा १ सय ७८ रनमा […]

102 views

0 Bookmark

एजेन्सी – राइली रोसोउको शतक र उत्कृष्ट बलिङमा दक्षिण अफ्रिकाले तेस्रो टि२० आई खेलमा घरेलु टोली भारतमाथि ४९ रनको सानदार जित हात पारेको छ । योसँगै तीन टि२० आई खेलको सिरिज दक्षिण अफ्रिकाले १-२ ले गुमाएको छ ।

जितको लागि २ सय २८ रनको विशाल विजयी लक्ष्य पछ्याएको भारत १८.३ ओभरमा १ सय ७८ रनमा अल आउट भयो । भारतका दीनेश कार्तिकले २१ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ४६ रन बनाए ।

कप्तान रोहित शर्मा पहिलो ओभरको दोस्रो बलमै कागिसो रबाडाको बलमा शून्यमा बोल्ड भए । दोस्रो ओभरमा वेन पार्नेलले श्रेयस ऐरलाई एक रनमा एलबीडब्लू आउट गरे । ऐरले रिभ्यु लिएपनि सफल हुन सकेनन् । पाँचौं ओभरको अन्तिम बलमा ओपनर ऋषभ पन्त २७ रनमा ट्रिस्टन स्टब्सबाट क्याच भए । पन्तले १४ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

आक्रामक ब्याटिङ गरेका दीनेश कार्तिक छैटौं ओभरको अन्तिम बलमा केशव महाराजको बलमा बोल्ड भए । ड्वेन प्रिटोरियसले सूर्यकुमार यादवलाई ८ रनमा क्याच गराएपछि भारत ८६-५ को अवस्थामा पुग्दै जितको सम्भावना सकाएको थियो । तल्लोक्रमका दीपक चाहरले १७ बलमा २ चौका र ३ छक्कासहित ३१ रनको योगदान दिए । उमेश यादवले २० र हर्षल पटेलले १७ रन बनाए ।

दक्षिण अफ्रिकाका ड्वेन प्रिटोरियसले ३.३ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । कागिसो रबाडाले ४ ओभरमा २४ रन खर्चेर १ विकेट लिए । वेन पार्नेलले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए । लुन्गी एनगिडीले ४ ओभरमा ५१ रन खर्चेर २ विकेट लिए । केशव महाराजले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए ।

त्यसअघि इन्डोरमा टस हारेर पहिला ब्याटिङ थालेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय २७ रन बनाएको थियो । दक्षिण अफ्रिकाका राइली रोसोउले ४८ बलमा ७ चौका र ८ छक्कासहित १ सय रनको अविजित विष्फोटक शतकीय इनिङ खेले । उनको यो टि२० आई करिअरको पहिलो शतक हो । उनले ४८ बलमा शतक पूरा गरेका थिए ।

२०१६ पछि यसै वर्ष टोलीमा फर्किएका रोसोउले सुरुवाती दुई खेलमा भने डक आउट भएका थिए । गत जुलाईमा इंग्ल्यान्डविरुद्ध ९६ रनको इनिङ खेलेका थिए । जुन करिअरको उच्च प्रदर्शन थियो । यता कप्तान टेम्बा बभुमा तीन रनमा आउट भए । सुरुवाती दुई खेलमा बभुमा एक र डक आउट भएका थिए । दोस्रो विकेटका लागि क्विन्टन डि कक र रोसोउले ९० रनको सानदार साझेदारी गरे ।

डि कक ४३ बलमा ६ चौका र ४ छक्कासहित ६८ रनमा रन आउट भए । दुई रन लिनेक्रममा डिककलाई श्रेएस ऐरको थ्रोमा विकेटकिपर ऋषभ पन्तले रन आउट गराए ।

त्यसपछि ब्याटिङमा आएका ट्रिस्टन स्टब्सले १८ बलमा २ चौका र १ छक्कासहित २३ रन जोडे । तेस्रो विकेटका लागि रोसोउ र स्टब्सले ४४ बलमा ८७ रनको साझेदारी गरेका थिए । दोस्रो खेलमा शतक हानेमा डेविड मिलरले विष्फोटक अन्त्य गरे । मिलर ५ बलमा ३ छक्कासहित १९ रनमा अविजित रहे ।

अन्तिम ओभरमा मिलरले दीपक चाहरलाई लगातार तीन छक्का हानेका थिए । भारतका दीपक चाहरले ४ ओभरमा ४८ रन खर्चेर १ विकेट लिए । उमेश यादवले ३ ओभरमा ३४ रन खर्चेर १ विकेट लिए । दक्षिण अफ्रिका पहिलो खेलमा ८ विकेट र दोस्रो खेलमा १६ रनले पराजित भएको थियो ।

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.