default_image

2 years ago

October 6, 2022

सन्दीप भन्छन्- ‘बिहान १० बजे आइपुग्छु’

काठमाडौं (हाम्रो खेलकुद)– बलत्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आफू बिहीबार बिहान १०ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने बताएका छन् । बिहीबार राती सामाजिक सञ्जालमा पोष्ट राख्दै सन्दीपले आफू कतार एयरवेजमार्फत आउन लागेको जानकारी दिएका हुन् । यसअघि शनिबार सामाजिक सञ्जालमार्फत नै आफूले आत्मसमपर्ण गर्ने र निर्दोष सावित गर्नका लागि कानुनी […]

127 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– बलत्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आफू बिहीबार बिहान १०ः०० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने बताएका छन् ।


बिहीबार राती सामाजिक सञ्जालमा पोष्ट राख्दै सन्दीपले आफू कतार एयरवेजमार्फत आउन लागेको जानकारी दिएका हुन् । यसअघि शनिबार सामाजिक सञ्जालमार्फत नै आफूले आत्मसमपर्ण गर्ने र निर्दोष सावित गर्नका लागि कानुनी लडाई लड्ने बताएका थिए । उनले यसअघि नै असोज २० गते स्वदेश आइपुग्ने जानकारी दिएका थिए ।

उनले आफू स्वेच्छाले स्वदेश फर्कन लागेको जानकारी दिदै प्रहरीलाई यस विषयमा जानकारी गराइसकेको बताएका छन् । सन्दीपले आफूविरुद्ध लागेको आरोपमा हुने अनुसन्धानमा सहगोग गर्न प्रतिबद्ध रहेको पनि बताएका छन् । उनले आफूले न्याय पाउने विश्वास रहेको पनि उल्लेख गरेका छन् ।

सुरक्षाको कारण देखाउँदै सन्दीपले आत्मसमर्पणका समयमा आफ्ना कानुन व्यवसायी अधिवक्ता सरोजकृष्ण घिमिरलेलाई पनि उपस्थितिका लागि स्वीकृति दिन प्रहरीलाई विशेष आग्रह गरेको बताएका छन् ।

भदौ २१ गते एक नाबालिगले सन्दीपले आफूलाई बलत्कार गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् । त्यसको केहि दिनमा काठमाडौं जिल्ला अदालतले सन्दीपविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । नेपाल प्रहरीले भने झण्डै दुई साता उनीविरुद्ध डिफ्युज नोटिस जारी गरेको थियो ।

आफूविरुद्ध किटानी जाहेरी परेको जानकारी पाएपछि सन्दीपले सामाजिक सन्जालमार्फत आफू निर्दोष रहेको र कानुनी लडाइ लड्ने जनाएका थिए । राष्ट्रिय क्रिकेट टोलीका साथ सन्दीप भदौ ६ गते केन्या गएका थिए । उनी त्यहिबाट व्यवासायिक क्रिकेट खेल्नका लागि वेस्ट इन्डिज पुगेका थिए ।

केन्या जानु अघिल्लो दिन भदौ ५ गते आफूलाई बलत्कार गरेको भन्दै नाबालिगले किटानी जाहेरी दिएकी थिइन् । सन्दीपले आफूले न्याय पाउने र चाँडै देशका लागि क्रिकेट खेलमा फर्कने विश्वास लिएको पनि बताएका छन् ।

April 26, 2024

बेयरस्टोको शतकमा पन्जाबको सानदार जित

एजेन्सी – जोनी बेयरस्टोले सानदार नटआउट शतक बनाएपछि पन्जाब किङ्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा शुक्रबार कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । २ सय ६२ रनको लक्ष्य पछ्याएको पन्जाबका लागि बेयरस्टोको शतकसँगै प्रभसिमरन सिंह र शंशाक सिंहले अर्धशक बनाएपछि ८ बलअघि २ विकेटको नोक्सानीमा पूरा गरेको थियो । ४८ बलमा बेयरस्टोले ९ छक्का […]

April 26, 2024

विश्वकप जति नजिक, टोलीको भविष्य त्यति अनिश्चित

सुबास हुमागाईं, काठमाडौं नेपाली राष्ट्रिय क्रिकेट टोलीले अबको ५ सातामा आइसीसी मेन्स टि२० विश्वकप अन्तर्गत पहिलो खेल खेल्नेछ । तर विश्वकप खेल्ने मिति नजिकिंदै जाँदा नेपाली टोलीमा खेलाडी संख्या घट्दै जानुपर्नेमा तयारीको अन्तिम सिरिजको पूर्व सन्ध्यामा आएर अप्रत्याशित रुपमा बढेको छ । विश्वकपको तयारीका लागि भारतको गुजरातमा मैत्रीपूर्ण सिरिज खेल्न नेपालले १५ सदस्यीय टोली घोषणा […]

April 26, 2024

वेस्ट इन्डिज ‘ए’लाई मन्त्री श्रेष्ठको शुभकामना

काठमाडौं (हाम्रो खेलकुद)- युवा तथा खेलकूद मन्त्री बिराजभक्त श्रेष्ठले नेपाल‌ भ्रमणमा रहेको वेस्ट इन्डिज ‘ए’ टिमसँग भेट गरेका छन्। नेपाली क्रिकेट टोलीसँग शनिबार सुरु हुने ५ टि ट्वान्टी सिरिजका लागि मन्त्री श्रेष्ठले वेस्ट इन्डिज ‘ए’ टोलीलाई सफलता शुभकामना दिएका हुन् । आज साँझ मन्त्री श्रेष्ठले वेस्ट इन्डिजको ‘ए’ टिमका खेलाडी तथा प्रशिक्षकसँग भेटेर नेपाल सरकारको […]

Success

Thank you for your time.