default_image

2 years ago

October 7, 2022

स्टार्क र वार्नरको सानदार प्रदर्शनमा अष्ट्रेलियालाई सिरिज

85 views

0 Bookmark

एजेन्सी – तीव्र गतिका बलर मिचेल स्टार्क र ओपनर डेविड वार्नरको सानदार प्रदर्शनमा अष्ट्रेलियाले दोस्रो टि२० आई खेलमा वेस्टइन्डिजलाई ३१ रनले पराजित गरेको छ । योसँगै दुई टि२० आई खेलको सिरिज अष्ट्रेलियाले २–० ले जितेको छ ।

जितको लागि १ सय ७९ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४७ रन बनायो । वेस्टइन्डिजका जोनसन चाल्र्सले ३० बलमा २ चौका र १ छक्कासहित सर्वाधिक २९ रन बनाए । ओपनर काइल मेयर्स ६, ब्रेन्डन किंग २३, कप्तान निकोलस पुरन २, जेसन होल्डर १६ र रोभम्या पावेल १८ रनमा आउट भए ।

तल्लोक्रमका अकिल हुसैनले १९ बलमा ३ चौका र १ छक्कासहित २५ रन बनाए । अष्ट्रेलियाका मिचेल स्टार्कले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । उनको यो टि२० आई करिअरको उत्कृष्ट प्रदर्शन हो । प्याट कमिन्सले दुई, क्यामरन ग्रीन र एडम जाम्पाले एक एक विकेट लिए ।

त्यसअघि ब्रिस्बेनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७८ रन बनायो । अष्ट्रेलियाका डेविड वार्नरले ४१ बलमा १० चौका र ३ छक्कासहित सर्वाधिक ७५ रनको योगदान दिए । टिम डेविडले २० बलमा ४ चौका र ३ छक्कासहित ४२ रनमा अविजित रहे ।

ग्रीन १, आरोन फिन्च १५, स्टिभ स्मिथ १७, ग्लेन म्याक्सवेल १ र म्याथ्यु वेड १६ रनमा आउट भए । वेस्टइन्डिजका अल्जारी जोशेफले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट लिए । ओबेद म्याककोयले ३ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।
पहिलो खेलमा अष्ट्रेलिया तीन विकेटले विजयी भएको थियो । टि२० विश्वकप अघि वेस्टइन्डिजले दुई टि२० आई खेलको सिरिज खेलेको हो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.