default_image

2 years ago

October 9, 2022

अनुराधाको घातक बलिङमा मधेशको विजयी सुरुवात

91 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिकी बलर अनुराधा चौधरीको घातक बलिङमा मधेश प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा घरेलु टोली गण्डकीलाई ४० रनले हराउँदै विजयी सुरुवात गरेको छ ।

जितको लागि ७८ रनको सामान्य लक्ष्य पछ्याएको गण्डकी १९ ओभरमा ३७ रनमा अल आउट भयो । गण्डकीको लागि शिला क्षेत्रीले २२ बलमा सर्वाधिक १० रन बनाइन् । अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

ओपनर सृजना पौडेल ७, विकेटकिपर ज्यात्स्निका मरासिनी ५ र कप्तान सृष्टि जैशी ३ रनमा आउट भए । मधेश प्रदेशकी अनुराधा चौधरीले ४ ओभरमा ८ रन खर्चेर ४ विकेट लिइन् । कप्तान कविता गौतमले ४ ओभरमा १ मेडनसहित ६ रन खर्चेर २ विकेट लिइन् । शान्ती चौधरीले ४ ओभरमा ८ रन खर्चेर २ विकेट र सन्तोषी चौधरीले एक विकेट लिइन् ।

त्यसअघि पोखरा रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ७७ रन बनायो । मधेशका लागि तल्लोक्रमकी सरस्वती कुमारीले २७ बलमा सर्वाधिक १५ रन बनाइन् । साना प्रविन र एलिसा यादवले १४-१४ रन बनाए । अन्यले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।

दुबै ओपनर अनुराधा र सबनम खातुन शून्यमा आउट भएका थिए । गण्डकी प्रदेशका लागि आकृती तिवारीले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिइन् । कुसुम गोदारले ३ ओभरमा १ मेडनसहित ६ रन खर्चेर २ विकेट लिइ्न् ।

प्रतियोगितामा समूह ए मा नेपाल एपिएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम र बागमती प्रदेश छन् । समूह बी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश नम्बर १ र लुम्बिनी प्रदेश छन् । पुलिसले रुविना क्षेत्रीको कप्तानीमा पहिलो पटक सहभागिता जनाउन लागेको हो ।

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

May 17, 2024

बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानले दियो खेल सामग्री

हिमाल खरेल, बिर्तामोड बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष मदन प्रसाईंले बताए । प्रसाईंका अनुसार खेलाडीहरुलाई अभाव रहेको ब्याट, लेदर बल, स्टम्प, ग्लोभ्सलगायत खेल सामग्री हस्तान्तरण गरिएको छ । खेल […]

May 17, 2024

अमेरिकामा हुने नेपालको अभ्यास खेल हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– अमेरिका र वेस्ट इन्डिजमा हुने टि२० विश्वकपको तयारीमा जुटिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिकाको ह्युस्टनमा खेल्ने दुई अभ्यास खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । नेपाली टोलीले मे २२ र २३ मा ह्युस्टन हरिकेन्ससँग दुई वटा टि२० अभ्यास खेल खेल्दैछ । हाम्रो खेलकुदले ती दुई खेलको ब्रोडकास्टिङ अधिकार प्राप्त गरेको […]

Success

Thank you for your time.