default_image

2 years ago

October 9, 2022

कन्वेको अर्धशतकमा न्युजिल्यान्डको सहज जित

71 views

0 Bookmark

एजेन्सी – ओपनर तथा विकेटकिपर डेभन कन्वेको अर्धशतकमा घरेलु टोली न्युजिल्यान्डले त्रिकोणात्मक टि२० आई सिरिजमा बंगलादेशमाथि ८ विकेटको सहज जित हात पारेको छ ।

जितको लागि १ सय ३८ रनको मध्यम विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १७.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । न्युजिल्यान्डको जितमा डेभन कन्वे ५१ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ७० रनमा अविजित रहे ।

ग्लेन फिलिप्स ९ बलमा २ चौका र २ छक्कासहित २३ रनमा अविजित रहे । फिलिप्सले शोरिफुल इस्लामलाई लगातार दुई छक्का हान्दै खेल सकाएका थिए । ओपनर फिन एलेन १८ र कप्तान केन विलियम्सन ३० रनमा आउट भए । बंगलादेशका शोरिफुल इस्लाम र हसन महमुदले एक एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३७ रन बनायो । बंगलादेशका ओपनर नाज्मुल हसन सान्टोले २९ बलमा ४ चौकासहित सर्वाधिक ३३ रन बनाए । लिटन दास १५, अफिफ हुसैन २४, सकिब अल हसन १६ र नुरुल हसन २५ रन बनाए ।

न्युजिल्यान्डका ट्रेन्ट बोल्ट, टिम साउथी, माइकल ब्रेसवेल र ईश सोधीले दुई दुई विकेट लिए । पाकिस्तान २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । न्युजिल्यान्ड २ खेलमा १ मा जित र १ मा हारका साथ दोस्रो स्थानमा छ । बंगलादेश जित विहीन छ ।

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

May 17, 2024

बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानले दियो खेल सामग्री

हिमाल खरेल, बिर्तामोड बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष मदन प्रसाईंले बताए । प्रसाईंका अनुसार खेलाडीहरुलाई अभाव रहेको ब्याट, लेदर बल, स्टम्प, ग्लोभ्सलगायत खेल सामग्री हस्तान्तरण गरिएको छ । खेल […]

May 17, 2024

अमेरिकामा हुने नेपालको अभ्यास खेल हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– अमेरिका र वेस्ट इन्डिजमा हुने टि२० विश्वकपको तयारीमा जुटिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिकाको ह्युस्टनमा खेल्ने दुई अभ्यास खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । नेपाली टोलीले मे २२ र २३ मा ह्युस्टन हरिकेन्ससँग दुई वटा टि२० अभ्यास खेल खेल्दैछ । हाम्रो खेलकुदले ती दुई खेलको ब्रोडकास्टिङ अधिकार प्राप्त गरेको […]

Success

Thank you for your time.