default_image

2 years ago

October 11, 2022

टि२० विश्वकपका ६ उत्कृष्ट क्षण

74 views

0 Bookmark

क्रिकेट अनिश्चितताको खेल हो । एक बल वा एक रनले पनि हार र जित निर्धारण हुन्छ । खेलको क्रममा कहिलेकाहीँ यस्ता घटना हुन्छन् जुन पत्याउन मुस्किल पर्छ । त्यस्ता क्षणले खेलमा झनै रोमान्चक थप्छ । त्यसैले अन्तिम बल र विकेट अघि क्रिकेटमा केहि भन्न सकिदैन ।

क्रिकेटमा थुप्रै अप्रत्याशित र अविष्मरणीय क्षण छन् । जसले त्यो क्षणलाई झल्को दिन्छन् । टि२० विश्वकप सवैभन्दा लोकप्रिय क्रिकेट विश्वकपमा पर्छ । टि२० विश्वकप इतिहासमा थुप्रै उत्कृष्ट क्षण छन् । जुन यसै पत्याउन कठिन पर्छ । टि२० विश्वकप क्रिकेट इतिहासका ६ उत्कृष्ट क्षण यस प्रकार छन् ।

६. युवराज सिंहको ६ बलमा ६ छक्का

भारतीय अलराउन्डर युवराज सिंह टि२० विश्वकपमा ६ बलमा ६ छक्का हान्ने पहिलो खेलाडी हुन् । सन् २००७ को विश्वकपमा युवराज सिंहले इंग्ल्यान्डविरुद्ध ६ बलमा ६ छक्का हानेका थिए ।

युवराजसिंहले १९ औं ओभरमा तीव्र गतिका बलर स्टुअर्ट ब्रोडलाई लगातार ६ छक्का हानेका थिए । त्यसअघि युवराज र इंग्ल्यान्डका खेलाडीबीच केहि भनाभन भएको थियो । त्यो आक्रोश युजराजले छक्कामा बदलेका थिए ।

उक्त खेलमा युवराजले १२ बलमै अर्धशतक पूरा गरेका थिए । टि२० क्रिकेटमा हालसम्म पनि सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान युवराजकै नाममा छ । ६ बलमा ६ छक्का भन्दा युवराजको नाम सधैं याद आउने गर्दछ । विश्वकपको उत्कृष्ट क्षणमा पर्दछ ।

गौतम गम्भीर ५८, विरेन्द्र सहभाग ६८ र युवराजले ५८ रन बनाएपछि भारतले ४ विकेट गुमाउँदै २ सय १८ रन बनाएको थियो । उक्त लक्ष्य पछ्याएको इंग्ल्यान्डले ६ विकेट गुमाउँदै २ सय रन बनाएको थियो ।

५. बंगलादेश र भारतबीचको नाटकीय ओभर– २०१६

घरेलु टोली भारतले कमजोर ब्याटिङका साथ २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४६ रन बनाएको थियो । उक्त लक्ष्य पछ्याउनेक्रममा बंगलादेशलाई जितको लागि अन्तिम ६ बलमा ११ रन चाहिएको थियो । अन्तिम तीन बलमा दुई रन बनाउन नसक्दा टोली एक रनले पराजित भयो ।

हार्दिक पान्ड्याले पहिलो बल महमुदुल्लाह रियादलाई एक रन दिए । हार्दिकको अफ साइडको दोस्रो बलमा मुश्फिकुरले कभरमा चौका प्रहार गरे । लगत्तै दीलस्कुप सट खेल्ने क्रममा धोनीबाट मिस हुँदा चौका भएको थियो । त्यसपछि मुश्फिकुरले खेल जितेझैं सेलेब्रेसन गरेका थिए ।

बंगलादेशसँग टि२० खेलमा भारतको पहिलो हार हुने धेरैले अनुमान गरेका थिए । तीन बलमा दुई रन मात्र चाहिएको थियो । तर कप्तान महेन्द्रसिंह धोनी र हार्दिकले अप्रत्याशित जित दिलाए । स्लो सर्ट बलमा मुश्फिकुर डिप मिडविकेटमा शिखर धवनबाट क्याच आउट भए ।

फुलटस बललाई डिप मिडविकेटमा छक्का हान्ने धुनमा महमुदुल्लाह जडेजाबाट क्याच भएपछि अन्तिम बलमा दुई रन चाहिएको थियो । अन्तिम बलमा अफ साइडको स्लोअर बललाई शुवागत होमले छुन नसक्दा मुश्ताफिजुरलाई धोनीले रन आउट गराउँदै अविश्वसनिय जित दिलाए ।

४. भारतविरुद्ध अफ्रिदीको उत्कृष्ट बलिङ – २०२१

गतवर्ष टि२० विश्वकपमा पाकिस्तानले पहिलो पटक भारतलाई १० विकेटले हरायो । विश्वकप इतिहासमा भारतलाई पहिलो पटक हराउन युवा तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले सानदार बलिङ गरेका थिए ।

अफ्रिदीले चौथो बलमै योर्करमा रोहित शर्मालाई शून्यमा एलबीडब्लू आउट गर्दै ड्रिम सुरुवात दिलाए । तेस्रो ओभरको पहिलो बलमै लोकेश राहुललाई बोल्ड गर्दै अफ्रिदीले उत्कृष्ट सुरुवात दिलाए । अफ्रिदीको त्यो सुरुवातले भारत खेलभर दबाबमा रह्यो । अफ्रिदीले १९ औं ओभरमा कोहलीलाई ५७ रनमा क्याच गराए । भारत ७ विकेट गुमाउँदै १ सय ५१ रन बनायो ।

उक्त लक्ष्य पाकिस्तानले १७.५ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो । विकेटकिपर मोहम्मद रिजवान ५५ बलमा ६ चौका र ३ छक्कासहित ७९ रनमा अविजित रहे । कप्तान बाबर आजम ५२ बलमा ६ चौका र २ छक्कासहित ६८ रनमा अविजित रहे । यो खेल टि२० विश्वकपको एक उत्कृष्ट क्षणमा पर्दछ ।

३. माइकल हसीको विष्फोटक इनिङ– २०१०

पाकिस्तानले २०१० को टि२० विश्वकपको दोस्रो सेमिफाइनलमा अष्ट्रेलियालाई फाइनलमा पुग्न १ सय ९२ रनको लक्ष्य दिएको थियो । त्यो समय उक्त लक्ष्य विशाल मानिन्थ्यो । अकमल दाजुभाई कामरन र उमरले क्रमश: ५० र ५६ रन बनाएपछि विशाल लक्ष्य दिएको थियो ।

अष्ट्रेलिया एक समय १२.३ ओभरमा १०५–५ को कमजोर अवस्थामा थियो । अन्तिम १८ बलमा ४८ रन चाहिँदा हातमा ४ विकेट थियो । तर माइकल हसीले विष्फोटक ब्याटिङ गर्दै अविश्वसनिय जित दिलाए ।

अष्ट्रेलियालाई अन्तिम ६ बलमा १८ रन चाहिएको थियो । सैद अज्मलले पहिलो बल हसीलाई डट राखे । त्यसपछि लगातार दुई छक्का हाने । त्यसपछि चौका र छक्का हान्दै एक बल अगावै जित पक्का गराए । सातौं नम्बरका ब्याटर हसीले २४ बलमा ३ चौका र ६ छक्कासहित ६० रनको विष्फोटक इनिङ खेल्दै फाइनलमा पुर्याएका थिए ।

२. भारत र पाकिस्तानको खेलमा बल आउट–२००७

विश्वकप, पाकिस्तान र भारतबीच खेल अनि टाई । अन्तिम बलमा एक रन बनाउन नसक्दा बराबरी खेल । यस्तो क्षण कमै भेटिन्छ । त्यसै पनि पाकिस्तान र भारतबीचको खेल विश्वमै सर्वाधिक महत्वका साथ हेर्ने गरिन्छ ।

२००७ को विश्वकपमा भारत र पाकिस्तानबीचको खेल टाई भयो । १ सय ४२ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले ७ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो । जितका लागि अन्तिम ६ बलमा १२ रन आवश्यक थियो । मिस्बाह उल हकले श्रीसान्थलाई दोस्रो र चौथो बलमा दुई चौका हानेपछि अन्तिम दुई बलमा जितको लागि एक रन चाहिएको थियो ।

मिस्बाह पाँचौं बल डट खादा अन्तिम बलमा रन आउट भएपछि खेल टाई भएको थियो । त्यो समय अहिले जस्तो सुपर ओभर हुने थिएन । बल आउट अर्थात स्टम्पमा हानेर नतिजा निकालिन्थ्यो । बल आउटमा धोनीले चलाखीपूर्ण निर्णय लिए । आफ्ना प्रमुख बलरलाई दिएनन् । विरेन्द्र सहवाग स्पिन गर्दै स्टम्प ताके । उता पाकिस्तानका स्पिनर यासिर अराफातले बल स्टम्प बाहिर फाले ।

हरभजन सिंहले पनि स्टम्पमा लगाए । पाकिस्तानका मध्य गतिका बलर उमर गुल स्टम्प ताक्न नकसेपछि भारतको जित पक्का बनेको थियो । रोविन उथप्पाले स्टम्प ताक्दै जितको सेलिब्रेसन गरे । उनले टोपी निकालेर झुक्दै गरेको सेलेब्रेसन विशेष थियो । अफ्रिदीले स्टम्पमा हान्न नसक्दा बल आउटमा भारतले ३–० ले खेल जितेको थियो । यसै विश्वकपको रोमान्चक फाइनलमा पाकिस्तानलाई ५ रनले हराउँदै भारतले उपाधि जितेको थियो ।

१. जितका लागि कार्लोस ब्रेथवेटको चार छक्का – २०१६

२०१६ को विश्वकप फाइनमा कार्लोस ब्रेथवेटले बेन स्टोक्सलाई लगातार चार छक्का हान्दै वेस्टइन्डिजलाई दोस्रो पटक विश्वकप जिताएका थिए । जितको लागि १ सय ५६ रनको लक्ष्य । अन्तिम ओभरमा १९ रन आवश्यक । कार्लोस ब्रेथवेट र मार्लोन सामुएल्स क्रिजमा थिए । मार्लोन ८५ रनमा क्रिजमा हुँदा व्रेथवेटले उनलाई स्ट्राइक दिने धेरैले अनुमान गरेका थिए ।

तर बेन स्टोक्सलाई ब्रेथवेटले लगातार चार छक्का हान्दै विश्वकप उपाधि जिताए । फाइनल, त्यो दबाब र लगातार चार छक्का विश्वकप इतिहासकै उत्कृष्ट एक क्षणमा पर्दछ । उक्त खेलमा जो रुटले ३६ बलमा ७ चौकासहित सर्वाधिक ५४ रन बनाएका थिए ।

ड्वेन व्राभो र कार्लोस व्रेथवेटले तीन तीन विकेट लिएका थिए । वेस्टइन्डिजका मार्लोनले ६६ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ८५ रन बनाएका थिए । ब्रेथवेट १० बलमा १ चौका र ४ छक्कासहित ३४ रनमा नटआउट रहे ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.