default_image

2 years ago

October 10, 2022

डेब्यू खेलमा पुलिस विजयीको सुरुवात

145 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई डकवर्थ लेविस पद्धतिको आधारमा ६३ रनले हराउँदै विजयी सुरुवात गरेको छ । पुलिसको महिला टोलीले यसै खेलमार्फत घरेलु क्रिकेटमा डेब्यू गरेको छ ।


पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको पुलिसले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय १० रन बनायो । पुलिसकी सम्झना खड्काले २१ बलमा २ चौकासहित सर्वाधिक २५ रन बनाउँदै प्लेयर अफ द म्याच चुनिन् ।

ओपनर काजल श्रेष्ठ र कविता कुँवर १६-१६ रनमा आउट भए । अप्सरी बेगम ४, रेवती धामी १४, कविजता जोशी ८ र कप्तान रुविना क्षेत्रीले ९ रन बनाइन् । कर्णालीकी अन्जु गुरुङले ४ ओभरमा २४ रन खर्चेर सर्वाधिक तीन विकेट लिइन् । बिना थापा र अन्जली क्षेत्रीले एक एक विकेट लिए ।

उक्त विजयी लक्ष्य पछ्याएको कर्णालीले १०.२ ओभरमा ७ विकेट गुमाउँदै १७ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो । कर्णालीकी दीक्षा पुरी सर्वाधिक ७ रनमा अविजित रहिन् । पुलिसका सबनम राई, संगिता राई, ईश्वरी विष्ट, कविता जोशी र हिरन्मई रायले एक एक विकेट लिए ।

दोस्रो खेल भने वर्षाको कारण प्रदेश १ र लुम्बिनीले अंक बाँडेका थिए । मंगलबार एपिएफ र बागमतीबीच प्रतिस्पर्धा हुनेछ । पहिलो खेलमा बागमतीले सुदूरपश्चिमलाई ८ विकेटले हराएको थियो । मंगलबार दोस्रो खेलमा सुदूर र गण्डकीबीच प्रतिस्पर्धा हुनेछ ।

 समूह ए मा एपिएफ, मधेश प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र बागमती प्रदेश छन् । समूह बी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश १ र लुम्बिनी प्रदेश छन् । सबै खेल पोखरा रंगशालामा हुनेछन् । सेमिफाइनल असोज ३१ र फाइनल कार्तिक एक मा हुनेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.