default_image

2 years ago

October 11, 2022

भारतलाई सहज जितसँगै सिरिज उपाधि

93 views

0 Bookmark

एजेन्सी – भारतले दक्षिण अफ्रीकाविरुद्ध जारी तीन खेलको एकदिवसीय सिरिजको उपाधि जितेको छ । तेस्रो तथा निर्णायक खेलमा ६ विकेटको सहज जितका साथ भारत २-१ ले सिरिज जित्न सफल भएको हो ।

अधिकांश मुख्य खेलाडी टि२० विश्वकपका लागि अष्ट्रेलिया पुगिसकेको अवस्थामा भारतले दोस्रो टोलीलाई विश्वकप सुपर लिग अन्तर्गतको सिरिज खेल्न पठाएको थियो । पहिलो खेलमा दक्षिण अफ्रीकाले ९ रनको जित हासिल गरेको थियो । दोस्रो खेलमा भारतले ७ विकेटको जित दर्ता गरेपछि सिरिज अन्तिम खेलमा निर्णय भएको हो ।

मंगलबार दिल्लीमा भएको खेलमा दक्षिण अफ्रीकाले कमजोर प्रदर्शन गर्दै मात्र ९९ रनमा अलआउट भएको थियो । पहिलो ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रीकाले २७.१ ओभरमा सबै विकेट गुमायो । टोलीका लागि हेनरिक क्लासेनले सर्वाधिक ३४ रन जोडे । जानेमान मालन १५ र मार्को जान्सनले १४ रन जोड्नुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् ।

भारतका लागि कुलदीप यादवले ४.१ ओभरमा १८ रन खर्चेर १ मेडनसहित ४ विकेट लिए । सहबाज अहमद, मोहमद सिराज र वासिंगटन सुन्दरले २-२ विकेट हात पारे ।

जवाफमा भारतले १९.१ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्यो । कप्तान शिखर धवन ८ र इशान किशन १० रनमा आउट भए । ओपनर शुभ्मन गीलले ५७ बलमा ८ चौकासहित ४९ रनको योगदान दिए । श्रेयस ऐर २८ र संजु सामसन २ रनमा नटआउट रहे ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.