default_image

2 years ago

October 12, 2022

हिरनमयी र सम्झनाको उत्कृष्ट प्रदर्शनमा पुलिसको लगातार दोस्रो जित

183 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – शीर्षक्रमकी ब्याटर सम्झना खड्का र लेग स्पिनर हिरनमयी रायको उत्कृष्ट प्रदर्शनमा नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित हात पारेको छ ।

पुलिसले प्रदेश १ लाई १ सय १८ रनको फराकिलो अन्तरले हराउँदै सेमिफाइनल नजिक पुगेको हो । जितको लागि १ सय ५९ रनको विशाल विजयी लक्ष्य पछ्याएको प्रदेश १ ले ओभरमा निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ४० रन बनायो ।

प्रदेश १ का लागि लकिता राजवंशी र कप्तान सनु राजवंशीले सर्वाधिक ११–११ रन बनाए । बिमला मलाह ७ र टिका शाह ४ रनमा आउट भए । पुलिसकी हिरनमयी रायले ३ ओभरमा १ मेडनसहित ५ रन खर्चेर ३ विकेट लिइन् । सबनम राई, कविता कुँवर र कविता जोशीले एक एक विकेट लिए ।

त्यसअघि पोखरा रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको पुलिसले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ५८ रन बनायो । पुलिसका लागि सम्झना खड्काले ४३ बलमा १० चौकासहित सर्वाधिक ६० रन बनाईन् । सम्झनाले ३९ बलमा यस प्रतियोगिताकै पहिलो अर्धशतक प्रहार गरेकी थिइन् ।

राष्ट्रिय प्रतियोगितामा सम्झनाको यो पहिलो अर्धशतक हो । सुदूरपश्चिमबाट यसअघि घरेलु क्रिकेट खेल्ने सम्झना यस सिजनबाट पुलिसमा आएकी हुन् । पुलिसको यो डेब्यू प्रतियोगिता हो ।

कविता कुँवर ३८ बलमा ३ चौका र १ छक्कासहित ३७ रनमा रन आउट भइन् । कविता र सम्झनाको तालमेल नमिल्दा रन आउट भइकी थिइन् । दोस्रो विकेटका लागि सम्झना र कविताले ७७ रनको साझेदारी गरेका थिए ।

ओपनर काजल श्रेष्ठ ६ रनमा आउट भइन् । मध्य गतिकी बलर निशा शाहले तेस्रो ओभरको चौथो बलमा पर्याल ठाकुरबाट क्याच भइन् । सम्झना र अप्सरी बेगमले तेस्रो विकेटका लागि ४२ रनको साझेदारी गरेका थिए ।

अप्सरी बेगम २० बलमा २ चौकासहित २१ रनमा अविजित रहिन् । कप्तान रुविना क्षेत्री बेलबासे १४ बलमा २ चौकासहित १६ रनमा अविजित रहिन् । प्रदेश १ की निशा शाहले ४ ओभरमा १९ रन खर्चेर १ विकेट लिइन् । अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् । १८ रन प्रदेश १ ले अतिक्ति दिएको थियो ।

पुलिस समूह बी मा २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । पुलिसले पहिलो खेलमा कर्णाली प्रदेशलाई डकवर्थ लेविस पद्धतिको आधारमा ६३ रनले हराउँदै डेब्यू गरेको थियो । पुलिसको यो घरेलु क्रिकेटमा डेब्यू प्रतियोगिता हो । पुलिसले अन्तिम खेल शुक्रबार लुम्बिनी प्रदेशविरुद्ध खेल्नेछ ।

May 17, 2024

सुदुरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – सुदुरपश्चिम प्रदेश ललितपुर मेयर्स महिला टि-२० च्याम्पियनशिपको फाइनलमा प्रवेश गर्ने दोस्रो टोली बनेको छ । लिग चरणको अन्तिम खेलमा बागमती प्रदेश विरुद्ध १०९ रनको फराकिलो जित दर्ता गर्दै सुदुरपश्चिमले एपिएफ क्लब विरुद्धको उपाधि भिडन्त पक्का गरेको हो । सुदुरपश्चिमले दिएको १५८ रनको विशाल लक्ष्य पछ्याएको बागमती १६.१ ओभरमा ४८ रनमा समेटियो […]

May 17, 2024

बुद्धशान्तिका युवा क्रिकेटरलाई बर्खा स्मृति प्रतिष्ठानले दियो खेल सामग्री

हिमाल खरेल, बिर्तामोड बुद्धशान्तिको बर्खा स्मृति प्रतिष्ठानले बुद्धशान्तिका युवा क्रिकेट खेलाडीलाई खेल सामग्री प्रदान गरेको छ । झापाको बुधबारेमा आयोजित एक कार्यक्रमका बीच प्रतिष्ठानले पालिकाबाट प्रतिनिधित्व गर्ने युवा क्रिकेटरलाई आवश्यक सामग्री प्रदान गरिएको अध्यक्ष मदन प्रसाईंले बताए । प्रसाईंका अनुसार खेलाडीहरुलाई अभाव रहेको ब्याट, लेदर बल, स्टम्प, ग्लोभ्सलगायत खेल सामग्री हस्तान्तरण गरिएको छ । खेल […]

May 17, 2024

अमेरिकामा हुने नेपालको अभ्यास खेल हाम्रो खेलकुदले प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– अमेरिका र वेस्ट इन्डिजमा हुने टि२० विश्वकपको तयारीमा जुटिरहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अमेरिकाको ह्युस्टनमा खेल्ने दुई अभ्यास खेलको प्रत्यक्ष प्रसारण हाम्रो खेलकुदले गर्ने भएको छ । नेपाली टोलीले मे २२ र २३ मा ह्युस्टन हरिकेन्ससँग दुई वटा टि२० अभ्यास खेल खेल्दैछ । हाम्रो खेलकुदले ती दुई खेलको ब्रोडकास्टिङ अधिकार प्राप्त गरेको […]

Success

Thank you for your time.