default_image

2 years ago

October 13, 2022

गण्डकी २६ रनमा अल आउट

95 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा नेपाल एपिएफ क्लबलाई २७ रनको झिनो लक्ष्य दिएको छ ।


पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको गण्डकी १८.२ ओभरमा २६ रन आउट भयो । गण्डकीकी कप्तान सृष्टी जैशीले १४ बलमा १ चौकासहित सर्वाधिक पाँच रन बनाइन् । गण्डकीका कुनैपनि खेलाडीले पाँच माथि रन बनाउन सकेनन् ।
ओपनर विन्दु मगर १७ बलमा ३ रन जोड्दै रन आउट भइन् ।

त्यो समय गण्डकी ५ ओभरमा ९-१ थियो । त्यसपछि लगातार विकेट गुमायो । सुमन विष्टले ओपनर सुजिता थापालाई ३ रनमा बोल्ड गरिन् । उनले सर्वाधिक १७ बल खेलिन् ।

सीमना केसी सर्वाधिक २१ बल खेल्दै ३ रनमै आउट भइन् । विकेटकिपर ज्यात्स्निका मरासिनी र शिला क्षेत्री दुबै डक आउट भइन् । उनलाई इन्दु बर्माले आउट गरेकी थिइन् ।

सृजना पौडेल र कुसुम गोदार दुई दुई रनमा आउट भइन् । शारदा गुरुङ र श्रेया शर्मा डक आउट भइन् । एपिएफकी इन्दु बर्माले ३ ओभरमा १ मेडनसहित ४ रन खर्चेर २ विकेट लिइन् । सुमन विष्ट, नेरी थापा, निशा भट्ट र सीता रानामगर एक एक विकेट लिए ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.