default_image

3 years ago

October 13, 2022

एपिएफ १४ बलमै विजयी

199 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा घरेलु टोली गण्डकीलाई ९ विकेटले पराजित गरेको छ । लगातार दोस्रो जितसँगै एपिएफ सेमिफाइनल नजिक पुगेको छ ।

जितको लागि २७ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले २.२ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो । एपिएफको जितमा इन्दु बर्मा ३ बलमा २ चौकासति ९ रनमा अविजित रहिन् ।

सीता रानामगर ५ बलमा २ चौकासहित सर्वाधिक १२ रनमा अविजित रहिन् । ज्योति पाण्डे ६ बलमा २ रनमा आउट भइन् । गण्डकी कप्तान सृष्टि जैशीले एक विकेट लिइन् ।

त्यसअघि पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको गण्डकी १८.२ ओभरमा २६ रन आउट भएको थियो । गण्डकीकी कप्तान सृष्टी जैशीले १४ बलमा १ चौकासहित सर्वाधिक पाँच रन बनाइन् । गण्डकीका कुनैपनि खेलाडीले पाँच माथि रन बनाउन सकेनन् ।

ओपनर विन्दु मगर १७ बलमा ३ रन जोड्दै रन आउट भइन् । त्यो समय गण्डकी ५ ओभरमा ९-१ थियो । त्यसपछि लगातार विकेट गुमायो । सुमन विष्टले ओपनर सुजिता थापालाई ३ रनमा बोल्ड गरिन् । उनले सर्वाधिक १७ बल खेलिन् ।

सीमना केसी सर्वाधिक २१ बल खेल्दै ३ रनमै आउट भइन् । विकेटकिपर ज्यात्स्निका मरासिनी र शिला क्षेत्री दुबै डक आउट भइन् । उनलाई इन्दु बर्माले आउट गरेकी थिइन् ।

सृजना पौडेल र कुसुम गोदार दुई दुई रनमा आउट भइन् । शारदा गुरुङ र श्रेया शर्मा डक आउट भइन् । एपिएफकी इन्दु बर्माले ३ ओभरमा १ मेडनसहित ४ रन खर्चेर २ विकेट लिइन् । सुमन विष्ट, नेरी थापा, निशा भट्ट र सीता रानामगर एक एक विकेट लिए ।

एपिएफले पहिलो खेलमा बागमती प्रदेशलाई ४ विकेटले पराजित गरेको थियो । एपिएफ समूह ए मा २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ ।

एपिएफले तेस्रो खेलमा शनिबार मधेश प्रदेशसँग खेल्नेछ । गण्डकी प्रदेश तीन खेल्दै हारका साथ बाहिरिएको छ । गण्डकीले शनिबार बागमतीसँग खेल्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.