default_image

3 years ago

October 13, 2022

बाबर र रिजवान चम्कदा पाकिस्तानको सानदार जित

267 views

0 Bookmark

एजेन्सी – कप्तान बाबर आजम र मोहम्मद रिजवान चम्कदा पाकिस्तानले त्रिकोणात्मक टि२० आई सिरिजमा बंगलादेशमाथि ७ विकेटको सानदार जित हात पारेको छ ।

जितको लागि १ सय ७४ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानका बाबर आजमले ४० बलमा ९ चौकासहित ५५ रन बनाए । मोहम्मद रिजवानले ५६ बलमा ४ चौकासहित सर्वाधिक ६९ रन बनाए ।

पहिलो विकेटका लागि रिजवान र बाबरले १२.३ ओभरमा १ सय १ रनको शतकीय साझेदारी जितको आधार तय गरेका थिए । मोहम्मद नवाजले २० बलमा ५ चौका र १ छक्कासहित ४५ रनमा अविजित रहे । बंगलादेशका हसन मोहम्मदले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । सौम्य सकारले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७३ रन बनायो । बंगलादेशका लिटन दासले ४२ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक सर्वाधिक ६९ रन बनाए । कप्तान सकिब अल हसनले ४२ बलमा ७ चौका र ३ छक्कासहित ६८ रनको योगदान दिए ।

तेस्रो विकेटका लागि दास र हसनले ८८ रनको साझेदारी गरेका थिए । अन्य खेलाडीले भने राम्रो प्रदर्शन गर्न सकेनन् । पाकिस्तानका नसिम शाहले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । मोहम्मद वासिम जुनियरले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।

फाइनलमा न्युजिल्यान्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ । ४ खेलमा समान ६ अंक भएपनि न्युजिल्यान्ड नेटरनरेटको आधारमा शीर्ष स्थानमा रह्यो । बंगलादेश भने जित विहीन हुँदै बाहिरियो ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.