3 years ago
October 13, 2022
पोखरा (हाम्रो खेलकुद) – मधेश प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशलाई ९२ रनको प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ ।

पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको मधेशले २० ओभरमा ९ विकेट गुमाउँदै ९१ रन बनायो । मधेशकी साना प्रविनले ४९ बलमा ३ चौकासहित सर्वाधिक ३५ रन बनाइन् । प्रविन बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।
ओपनर अनुराधा चौधरी शून्यमा आउट भइन् । गोमा आले २६ बलमा १ चौकासहित १० रनमा आउट भइन् । सरस्वती कुमारी, सन्तोषी चौधरी र पुष्पा फुँयाल एक एक रनमा आउट भइन् ।

कप्तान कविता गौतम १० बलमा १ चौकासहित ९ रनमा अविजित रहिन् । रोजी कडारी ३ बलमा १ चौकासहित ४ रनमा अविजित रहिन् ।
सावित्री धामी ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिइन् । मनिषा चौधरी र यशु पाण्डेले एक एक विकेट लिइन् ।
December 16, 2025
भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]
December 16, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]
December 15, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]