default_image

2 years ago

October 13, 2022

सुदूरमाथि मधेशको सहज जित

76 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – मधेश प्रदेशले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशमाथि १५ रनको सहज जित हात पारेको छ । यो जितसँगै सेमिफाइनल सम्भावना पनि बलियो बनाएको छ ।

जितको लागि ९२ रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिम प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ७६ रन बनायो ।
सुदूरकी सर्वाधिक अनुभवी खेलाडी ऋतु कनोजियाले ३८ बलमा २ चौकासहित सर्वाधिक २७ रन बनाइन् । रुवि पोद्दारले ३७ बलमा १२ रन बनाइन् ।

अन्य खेलाडीले भने राम्रो प्रदर्शन गर्न सकेनन् । कप्तान विन्दु रावल ९ बलमा २ रनमा आउट भइन् । अनु कडायत डक, स्नेहा महरा ९ र यशोदा विष्टले ११ रन बनाइन् । सावित्री धामी र यशु पाण्डे डक आउट भए ।

मधेशकी सन्तोषी चौधरी ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिइन् । शान्ती चौधरीले ४ ओभरमा १५ रन खर्चेर २ विकेट लिइन् । अनुराधा चौधरीले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिइन् । सरस्वती चौधरीले एक विकेट लिइन् ।

त्यसअघि पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको मधेशले २० ओभरमा ९ विकेट गुमाउँदै ९१ रन बनाएको थियो । मधेशकी साना प्रविनले ४९ बलमा ३ चौकासहित सर्वाधिक ३५ रन बनाइन् । प्रविन बाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन् ।

ओपनर अनुराधा चौधरी शून्यमा आउट भइन् । गोमा आले २६ बलमा १ चौकासहित १० रनमा आउट भइन् । सरस्वती कुमारी, सन्तोषी चौधरी र पुष्पा फुँयाल एक एक रनमा आउट भइन् । कप्तान कविता गौतम १० बलमा १ चौकासहित ९ रनमा अविजित रहिन् ।

रोजी कडारी ३ बलमा १ चौकासहित ४ रनमा अविजित रहिन् । सावित्री धामी ४ ओभरमा १८ रन खर्चेर ४ विकेट लिइन् । मनिषा चौधरी र यशु पाण्डेले एक एक विकेट लिइन् ।

अंक तालिका

मधेश २ खेलमा ४ अंकका साथ समूह ए मा दोस्रो स्थानमा छ । नेपाल एपिएफ क्लब २ खेलमा ४ अंकका साथ नेटरनरेटको कारण शीर्ष स्थानमा छ । मधेशले शनिबार एपिएफ र आइतबार बागमतीसँग खेल्नेछ । बागमती २ खेलमा १ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ ।

बागमतीले अव शनिवार गण्डकी र आइतवार मधेश प्रदेशसँग खेल्नेछ । सुदूरपश्चिम ३ खेलमा १ मा जित र २ मा हारका साथ चौथो स्थानमा छ । गण्डकी भने तीनै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ ।

समूह बी मा नेपाल पुलिस क्लब २ खेलमा ४ अंकका साथ शीर्ष स्थानमा छ । लुम्बनी २ खेलमा १ मा जित र १ मा अंक बाड्दै ३ अंक जोड्दै दोस्रो स्थानमा छ । प्रदेश १ ले २ खेलमा १ अंकका साथ तेस्रो र कर्णाली २ खेलमा अंक विहीन हुँदै पुछारमा छ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.