default_image

2 years ago

October 13, 2022

राहुल र आश्विनको उत्कृष्ट प्रदर्शनको बाबजुद भारत पराजित

101 views

0 Bookmark

एजेन्सी – ओपनर लोकेश राहुल र स्पिनर रविचन्द्रन आश्विनको उत्कृष्ट प्रदर्शनको बाबजुदमा भारत अभ्यास खेलमा वेस्टर्न अष्ट्रेलिया–११ सँग ३६ रनले पराजित भयो ।

जितको १ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३२ रन बनायो । भारतका लोकेश राहुलले ५५ बलमा ९ चौका र २ छक्कासहित सर्वाधिक ७४ रन बनाए ।

राहुल बाहेक अन्य ब्याटर नचल्दा विश्वकप अघि अभ्यास खेलमा भारत पराजित हुन पुगेको हो । ओपनर ऋषभ पन्त ९, दीपक हुडा ६, हार्दिक पान्ड्या १७, दीनेश कार्तिक १० र हर्षल पटेल २ रनमा आउट भए ।

वेस्टर्न अष्ट्रेलियाका लान्स मोरिसले ४ ओभरमा १ मेडनसहित २३ रन खर्चेर २ विकेट लिए । हामिश म्याकेन्जीले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । म्याथ्यु केलीले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए । जेसन बेहरनर्डोफ र एन्ड्रयू टाईले एक एक विकेट लिए ।

त्यसअघि पर्थमा टस हारेर पहिला ब्याटिङ थालेको अष्ट्रेलिया–११ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६८ रन बनाएको थियो । ओपनर निक होब्सनले ४१ बलमा ५ चौका र ४ छक्कासहित सर्वाधिक ६४ रनमा आउट भए ।

डार्सी शर्टले ३८ बलमा ४ चौका र २ छक्कासहित ५२ रनमा आउट भए । अन्य ब्याटरले भने राम्रो गर्न सकेनन् । म्याथ्यु केलीले ११ बलमा १ चौका र १ छक्कासहित १५ रनमा अविजित रहे । भारतका रविचन्द्रन आश्विनले ४ ओभरमा ३२ रन खर्चेर ३ विकेट लिए ।

हर्षल पटेलले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । अर्शदीप सिंहले ३ ओभरमा २५ रन खर्चेर १ विकेट लिए । भारतले आर्मअप खेल १७ अक्टोबरमा अष्ट्रेलिया र १९ अक्टोबरमा न्युजिल्यान्डसँग खेल्नेछ । भारतले २३ अक्टोबरमा पाकिस्तानसँग खेल्दै सुरुवात गर्नेछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.