default_image

2 years ago

October 13, 2022

बाउन्ड्रीबाहिर छोरी, मैदानभित्र आमा

249 views

0 Bookmark

भूपेन्द्र जि.सी.पोखरा

महिला खेलाडीले सन्तान लाभपछि आराम गर्नुपर्ने हुँदा मैदानबाट टाढा हुनुपर्छ । त्यसैकारण पनि अधिकांश महिला खेलाडीले विवाह ढिलो गर्ने निर्णय लिन्छन् । विवाह गरि हाले बच्चा भने जन्माउन समय लिन्छन् चाहँदैनन् । किनकी बच्चा जन्मेर हुर्काउँदै त्यहिँ लयमा फर्किन निकै कठिन पर्छ ।

कति खेलाडीको हकमा विवाह पछि नै व्यवहारिक कारणले खेललाई निरन्तरता दिन कठिन हुन्छ। झन् आमा बनेपछि व्यवाहारिकसँगै शारीरिक कारणले पनि खेलमा फर्किन सहज हुँदैन ।

लामो समयको विश्राम, सन्तानको हेरचाह, पारिवारिक जिम्मेवारी, शारीरिक परिवर्तनलगायतका कारणले खेलमा फर्किन कठिन पर्छ । सन्तानको लालनपालनमै धेरैको समय बित्ने हुँदा पनि खेलमा सक्रिय रुपमा समय दिन गाह्रो पर्छ ।

आमा बनेपछि मैदानमा फर्किने क्रिकेटमा विरलै खेलाडी छन् । तर केहि खेलाडी भने आमा भएपछि मैदान फर्किदै राम्रो उदाहरण बनेका छन् । त्यस्तै नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा मधेश प्रदेशकी शान्ति चौधरी एक वर्ष नौं महिना ( २१ महिना) बच्चा लिएर पोखरा रंगशालामा आएकी छिन् ।

शल्यक्रियाबाट सन्तान जन्माएकी उनी मैदान फर्किएकी छिन् । बिहीबार मधेश प्रदेशले सुदूरपश्चिमलाई १५ रनले पराजित गर्दै लगातार दोस्रो जित हात पार्यो । स्पिनर शान्ति चौधरीले ४ ओभरमा १५ रन खर्चेर २ महत्वपूर्ण विकेट लिईन् । पहिलो खेलमा गण्डकी प्रदेशलाई ४० रनले हराउँदा उनले १५ रन बनाउनुको साथै ४ ओभरमा ८ रन खर्चेर २ विकेट लिइकी थिइन् ।

लहान नगरपालिका १८ बाट क्रिकेट खेलेर हुकेर्की उनको विवाहपछिको घर झापा हो । पछिल्लो चार वर्ष मैदानबाट टाढा रहेकी शान्तीले यसै प्रतियोगितामार्फत पूनरागमन गरेकी हुन्। यसपटक विगतमा भन्दा जिम्मेवारी झन् बढेको छ। बच्चा लिएरै मैदान पुग्छिन्। उनले २०७३ सालमा जयकान्तसँग विवाह गरेपछि केहि समय क्रिकेट खेलेर छाडेकी थिइन् । श्रीमान भने रोजगारको कारण युएईमा छन् ।

‘मेरो घरबाट सासु ससुरा, जेठाजु, श्रीमान र सबैले राम्रो साथ दिनु भएको छ । टिममा म राम्रो खेलिरहेको छु । साथीहरुले राम्रो खेल्छौं भन्दा पनि खुसीे लाग्छ । साथीहरु पनि त्यहीँ भन्छन् । सबैले साथ दिँदा मैदान फर्किन मन लाग्छ,’ शान्तिले भनिन् ।सुदूरपश्चिमविरुद्ध शान्तीले बलिङ गर्दा उता ड्रेसिङ रुममा छोरी प्रज्ञा पनि खुशी देखिन्थिइन् ।

छोरी पुषमा दुई वर्ष पूरा हुनेछिन्। अभ्यासको क्रममा छोरी मैदानमा खेलिकी हुन्छिन् । अन्य समयमा उनी साथीसँग छोरी बोकेर हिड्छिन् । उनी परिवारको साथ र क्रिकेट प्रतिको लगावको कारण मैदान फर्किएको बताउँछिन् ।

बाहिर छोरीले मलाई हेरेर तालि बजाउन खोज्दा कति खुशी भएको थिएँ । छोरी देखेर अरुले प्रशंसा गर्छन्। कुद मम्मी कुद भनेको भन्दै थियो रे । मेरो ध्यान खेलमा थियो, उनले खुशी हुँदै भनिन् । आमाको मन न हो । तर खेलको नियम पनि मान्नु पर्छ । बाहिरबाट छोरीले बोलाउँदा बोल्न नपाउँदा उनलाई नरमाइलो त लाग्छ नै।

‘कुनै बेला मामु मामु भनेको ३० यार्ड भन्दा पनि बाहिर आएपछि सनुको थिएँ । छोरीले आमालाई बोलाएको छ । तर बोलेको छैन । त्यो बेला कस्तोे होला,’ केहि बेर रोकिँदैन भनिन् । त्यसैमा थपिन्, ‘नजिक भएको भए बोलिन्थ्यो । बोल्नै मिलेन । खेलाडीले बच्चा हेर्नलाई धेरै सहयोग गर्नुहुन्छ ।’

उनी त्यसै बेला माइत (आएकी) थिइन् । दुई महिना देखि माइतमा बसेको थिइन् । खेलाडी थिएनन् । साथीहरुले खेलमा फर्किन भने । राम्रो खेले टिम पनि राम्रो हुन्छ । त्यसपछि म मैदान फर्किए । साथीहरुले राम्रो टिम बनाउन उनलाई मैदान फर्किन भने ।
‘मलाई क्रिकेट खेल्न एकदमै मनपर्छ र रुचि लाग्छ । घरको मान्छेले पनि एकदमै समर्थन गर्नु भएको छ । मैदानमा हुँदा मेरो ध्यान खेलमै हुन्छ । बच्चा छ भनेर आफ्नो मनमा थाहा छदै छ । दाइ र साथीहरु बच्चासँग हुनुन्छ । वहाँले मलाई चिन्तै नगर भन्नु हुन्छ अनि म पनि ढुक्क हुन्छु,’ उनले भनिन् ।

बच्चा शल्यक्रिया गरेर जन्माउँदा उनी शारीरिक रुपमा केहि कमजोरी छिन् । तर मानसिक रुपमा भने उनी तयार छिन् । त्यसैले मैदान फर्किकी छिन् । मैले बच्चा शल्यक्रिया गरेर पाएँको हुँ । त्यसैले मैले फिटनेशमा अलि राम्रो गर्न सकेको छैन । जवरस्ती फिटनेशको लागि म हामफाल्न सक्दैन । तर टोलीको लागि भने सधैं राम्रो गर्न खोज्छु । आगामी दिनमा पनि यसको प्रदर्शन छ भनेर भनुन् । उनी काम सकेर क्रिकेट खेल्ने गर्दथिन् ।

स्कुलमा हुँदा खेल भनेपछि उनले खेल्न लागेकी हुन् । सबै मिल्ने साथी थिए । यहाँ मिल्ने पाँच जनासाथी छ (कविता गौतम, सरस्वती चौधरी, अनुराधा चौधरी, शान्ती र सन्तोषी चौधरी) । आफ्नै ठाउँमा सँगै खेल्यौ । साथीहरुले स्कुल पढ्दा खेल न खेल भनेपछि सुरु गरेको हु । घरबाट जान दिने थिएनन् । काम गरेर क्रिकेट खेल्न थाहा नै नदिइ गएर खेल्थें । त्यतिसम्म क्रेजी भएको थिए । मलाई एकदमै रमाइलो लाग्यो । सबै साथीले साथ दिने गर्थे । त्यसैले खेल्न छोडिन । उनले आगामी दिनमा खेलमा प्रयास जाी राख्ने बताइन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.