default_image

2 years ago

October 14, 2022

कविताको आक्रामक ब्याटिङमा लुम्बिनीलाई बलियो लक्ष्य

250 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – फिनिसर कविता जोशीको आक्रामक ब्याटिङमा नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा लुम्बिनी प्रदेशलाई १ सय १३ रनको बलियो लक्ष्य दिएको छ ।

रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १२ रन बनायो । पुलिसको लागि तल्लोक्रमकी कविता जोशीले २९ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ४८ रनमा अविजित रहिन् ।

सिनियर टोलीका ७ सदस्य खेलाडी भएको पुलिसको सुरुवात सुस्त थियो । कविताले आक्रामक इनिङ खेलेकी थिइन् । १४ ओभरमा ४ विकेट गुमाउँदै मात्र ५० रन बनाएको थियो । त्यसपछि कविताले आक्रामक इनिङ खल्दा पुलिसले ६ ओभरमा ६२ रन बनाउँदै बलियो योगफलमा पुर्याइन् ।

पहिलो ओभरको दोस्रो बलमै ओपनर काजल श्रेष्ठलाई मनिषा रानाले कृतिका मरासिनीबाट एक रनमा क्याच आउट गराइन् । मनिषाले कप्तान रुविनालाई पाँच रनमा क्याच गराउँदै लुम्बिनीलाई राम्रो सुरुवात दिलाइन् ।

स्पिनर मधु डिसीले अप्सरी बेगमलाई १० रनमा एलबीडब्लू आउट गरिन् । १३ औं ओभरमा शोभा रोका एक रनमा आउट भइन् । स्ट्राइककी ब्याटर सम्झनासँग तालमेल गर्न नसक्दा रन आउट हुनु परेको थियो ।

कमला घर्तीमगरको फुलटस बलमा सम्झना २९ रनमा बोल्ड भइन् । उनले ३८ बल खेल्दै १ चौका हानिन् । सुस्मिता भुषालले ईश्वरी विष्टलाई एक र संगिता राईलाई शून्यमा बोल्ड गरेकी थिइन् ।

तीव्र गतिकी बलर सुस्मिता भुषालले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिइन् । मनिषा रानाले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिइन् । मधु डिसीले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिइन् । कमलाले २ ओभरमा २४ रन खर्चेर १ विकेट लिइन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.