default_image

3 years ago

October 14, 2022

पुलिसविरुद्ध लुम्बिनी १५ रनमै अल आउट

724 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ९७ रनको फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा पुगेको छ । पुलिस लगातार तेस्रो जितका साथ सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको हो ।

जितको लागि १ सय १३ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी १२.५ ओभरमा १५ रनमै अल आउट भयो । लुम्बिनीको लागि कप्तान सरस्वती घर्तीमगरले १३ बलमा १ चौकासहित सर्वाधिक ६ रन बनाइन् । आश्मा पुलामी मगरले ३१ बलमा एक चौकासहित ५ रन बनाइन् ।

लुम्बिनीका ७ खेलाडीले खाता नै खेल्न नसकी आउट भए । कमला घर्ती मगर, नितु भण्डारी, मधु डिसी, सुस्मिता भुषाल, सुस्मिता बजागाईं, मनिषा राना र शर्मिला रोकाले खाता खोल्न सकेनन् ।

पुलिसकी बायाँ हाते बलर ईश्वरी विष्टले ४ ओभरमा २ मेडनसहित २ रन खर्चेर ४ विकेट लिइन् । हिरनमयी राईले २ ओभरमा ५ रन खर्चेर २ विकेट लिइन् । रुविना क्षेत्री बेलबासेले १.५ ओभरमा १ रन खर्चेर २ विकेट लिए । सबनम राइले एक विकेट लिइन् ।

त्यसअघि रंगशालामा टस जितेर पहिला ब्याटिङ थालेको पुलिसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो । पुलिसको लागि तल्लोक्रमकी कविता जोशीले २९ बलमा ७ चौका र १ छक्कासहित सर्वाधिक ४८ रनमा अविजित रहिन् ।

सिनियर टोलीका ७ सदस्य खेलाडी भएको पुलिसको सुरुवात सुस्त थियो । कविताले आक्रामक इनिङ खेलेकी थिइन् । १४ ओभरमा ४ विकेट गुमाउँदै मात्र ५० रन बनाएको थियो । त्यसपछि कविताले आक्रामक इनिङ खल्दा पुलिसले ६ ओभरमा ६२ रन बनाउँदै बलियो योगफलमा पुर्याइन् ।

पहिलो ओभरको दोस्रो बलमै ओपनर काजल श्रेष्ठलाई मनिषा रानाले कृतिका मरासिनीबाट एक रनमा क्याच आउट गराइन् । मनिषाले कप्तान रुविनालाई पाँच रनमा क्याच गराउँदै लुम्बिनीलाई राम्रो सुरुवात दिलाइन् ।

स्पिनर मधु डिसीले अप्सरी बेगमलाई १० रनमा एलबीडब्लू आउट गरिन् । १३ औं ओभरमा शोभा रोका एक रनमा आउट भइन् । स्ट्राइककी ब्याटर सम्झनासँग तालमेल गर्न नसक्दा रन आउट हुनु परेको थियो ।

कमला घर्तीमगरको फुलटस बलमा सम्झना २९ रनमा बोल्ड भइन् । उनले ३८ बल खेल्दै १ चौका हानिन् । सुस्मिता भुषालले ईश्वरी विष्टलाई एक र संगिता राईलाई शून्यमा बोल्ड गरेकी थिइन् ।

तीव्र गतिकी बलर सुस्मिता भुषालले ४ ओभरमा १२ रन खर्चेर २ विकेट लिइन् । मनिषा रानाले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिइन् । मधु डिसीले ४ ओभरमा १४ रन खर्चेर १ विकेट लिइन् । कमलाले २ ओभरमा २४ रन खर्चेर १ विकेट लिइन् ।

अंक तालिका

मधेश २ खेलमा ४ अंकका साथ समूह ए मा दोस्रो स्थानमा छ । नेपाल एपिएफ क्लब २ खेलमा ४ अंकका साथ नेटरनरेटको कारण शीर्ष स्थानमा छ । मधेशले शनिबार एपिएफ र आइतबार बागमतीसँग खेल्नेछ । बागमती २ खेलमा १ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ ।

बागमतीले अव शनिवार गण्डकी र आइतवार मधेश प्रदेशसँग खेल्नेछ । सुदूरपश्चिम ३ खेलमा १ मा जित र २ मा हारका साथ चौथो स्थानमा छ । गण्डकी भने तीनै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बनेको छ ।

समूह बी मा नेपाल पुलिस क्लब ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा छ । लुम्बनी ३ खेलमा १ मा जित र १ मा हार सहित ३ अंक जोड्दै दोस्रो स्थानमा छ । प्रदेश १ ले २ खेलमा १ अंकका साथ तेस्रो र कर्णाली २ खेलमा अंक विहीन हुँदै पुछारमा छ ।

आज दोस्रो खेलमा प्रदेश १ र कर्णालीबीच प्रतिस्स्पर्धा हुनेछ । प्रदेश १ ले विशाल जित निकाले ३ अंकका साथ दोस्रो स्थानमा रहँदै नेटरनरेटको कारण सेमिफाइनलमा पुग्न सक्छ । सामान्य जितले भने लुम्बिनी सेमिफाइनलमा पुग्नेछ ।

December 16, 2025

नेपाली क्रिकेटका नयाँ ‘शेर’

भुपेन्द्र जि.सी. नेपाल प्रिमियर लिग (एनपिएल) मा लिगबाटै बाहिरिने अवस्थामा पुगेको लुम्बिनी लायन्सलाई अप्रत्याशित पुनरागमनका साथ च्याम्पियन बनाउन स्पिनर शेर मल्लले गजबको प्रदर्शन गरे । एनपिएलमा १७ विकेट लिर्दै उदीयमान खेलाडी चुनिएका शेर विराटनगर किंग्सका कप्तान सन्दीप लामिछाने र सुदूरपश्चिम रोयल्सका तीव्र गतिका बलर अभिनाश बोहरासँग संयुक्त रुपमा सर्वाधिक विकेट लिने खेलाडी बने । पहिलो […]

December 16, 2025

लुम्बिनी लायन्सको च्याम्पियन यात्रा – संघर्षबाट शिखरसम्म

काठमाडौं (हाम्रो खेलकुद)- लिग चरणमा संघर्ष गर्दै अघि बढेको लुम्बिनी लायन्सलाई सुरुमा नेपाल प्रिमियर लिग (एनपिएल) को दाबेदारका रूपमा हेरिएको थिएन। लिग चरणका ४ खेल सकिँदा मात्र २ अंक जोड्न सकेको लुम्बिनीमाथि प्रश्नचिन्ह खडा भइसकेको थियो। तर पाँचौँ खेलबाट जितको लय समातेपछि लुम्बिनीले पछाडि फर्केर हेर्नु परेन। शनिवार क्रिकेट मैदानबाट टियु रंगशालामा रूपान्तरण गरिएको फ्लडलाइटमा […]

December 15, 2025

नेपाल यु १९ एसिया कपबाट बाहिरियो

काठमाडौं (हाम्रो खेलकुद)- लगातार दोस्रो हारसँगै नेपाली युवा टोली युएईमा जारी एसिसी यु १९ एसिया कपबाट बाहिरिएको छ । समूह चरणको आफ्नो दोस्रो खेलमा नेपालले बंगलादेशसँग ७ विकेटले हार बेहोरेको थियो। समूह लगातार दुई खेल हारेको अफगानिस्तान पनि प्रतियोगिताबाट बाहिरिएको छ। बंगलादेशले र श्रीलंका दुवै टोलीले नेपाल र अफगानिस्तानलाई हराएका छन्। आज नेपालले दिएको १ […]

Success

Thank you for your time.