default_image

2 years ago

October 14, 2022

न्युजिल्यान्डलाई हराउँदै पाकिस्तानलाई उपाधि

96 views

0 Bookmark

एजेन्सी – पाकिस्तानले त्रिकोणात्मक टि२० आई सिरिजको फाइनलमा घरेलु टोली न्युजिल्यान्डलाई ५ विकेटले हराउँदै उपाधि जितेको छ । जितको लागि १ सय ६४ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९.३ ओभरमा ५ विकेट गुमाउँदै १ सय ६८ रन बनायो ।


पाकिस्तानका मोहम्मद नवाजले २२ बलमा २ चौका र ३ छक्कासहित ३८ रनमा अविजित रहँदै खेल सकाए । युवा ब्याटर हैदर अली १५ बलमा ३ चौका र २ छक्कासहित ३१ रनमा आउट भएका थिए ।

मोहम्मद रिजवान २९ बलमा ४ चौकासहित ३४ रनमा आउट भए । बाबर आजम १५ र शन मकसुद २१ रनमा आउट भए । इफ्तिखर अहमदले १४ बलमा १ चौका र १ छक्कासहित २५ रनमा अविजित रहे ।

न्युजिल्यान्डका माइकल ब्रेसवेलले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । टिम साउथी, ईश सोधी र ब्लेयर टिनकरले एक एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो ।

कप्तान केन विलियम्सनले ३८ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५९ रन बनाए । फबिएन एलेन १२, डेभन कन्वे १४, ग्लेन फिलिप्स २५ र मार्क च्यापम्यान २५ र जेम्श निसमले १७ रन बनाए ।

पाकिस्तानका नसिम शाहले ४ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए । हरिस रौफले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिए । शादव खान र मोहम्मद नवाजले एक एक विकेट लिए । त्रिकोणात्मक सिरिजमा पाकिस्तान, न्युजिल्यान्ड र बंगलादेशबीच भएको थियो ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.