default_image

2 years ago

October 15, 2022

टि२० विश्वकपमा सर्वाधिक विकेट लिनसक्ने पाँच खेलाडी

196 views

0 Bookmark

एजेन्सी – कुनैपनि टोली च्याम्पियन बन्न ब्याटिङ र बलिङ दुबै बलियो हुनुपर्छ । बलिङ कमाजोर हुँदा जतिसुकै विशाल योगफल बनाउदा पनि जोगाउन मुश्किल पर्छ ।

बलरको प्रदर्शन क्षमतासँगै कन्डिसन र मैदानमा भरपर्छ । कुनै मैदान स्पिनर र कुनै तीव्र गतिका बलरलाई बढी फाइदा हुन्छ । आइतबार देखि अष्ट्रेलियामा सुरु हुने टि२० विश्वकपमा तीव्र गतिका बलरलाई बढी फाइदा पुग्नेछ । हरियो घाँस र पिचको बनाबटले अष्ट्रेलियामा तीव्र गतिका बलर बढी हाबी बन्नेछन् ।

इतिहास देखि नै अष्ट्रेलिया र इंग्ल्सि कन्डिसमा तीव्र गतिका बलरले उच्च प्रदर्शन गर्दै आएका छन् । टि२० विश्वकपमा रहेका सबै बलर, उनीहरुको लय र क्षमता हेर्दा सर्वाधिक विकेट लिनसक्ने पाँच खेलाडी यस प्रकार छन् ।

५. हरिस रौफ (पाकिस्तान)

पाकिस्तानका तीव्र गतिका बलर हरिस रौफलाई अष्ट्रेलिया लक्की मानिन्छ । बिग ब्यास लिगमा सानदार प्रदर्शन गर्दै उनी पाकिस्तानको टोलीमा परेका थिए ।

२८ वर्षीय रौफले पाकिस्तानबाट पछिल्लो समय लगातार उच्च प्रदर्शन गर्दै आएका छन् । विशेषगरी डेथ ओभरमा विकेट लिँदै आएका छन् । उनी योर्करका लागि चिनिन्छन् । १ सय ५५ प्रतिघण्टा किलोमिटरको गतीमा बलिङ गर्ने खुबी भएका उनी पाकिस्तानका प्रमुख बलर हुन् ।

त्यसैले उनको जिम्मेवारी पनि बढी हुनेछ । शाहिन अफ्रिदी चोटका कारण फर्किदा उनलाई केहि कठिन हुनसक्छ । अष्ट्रेलियाको पिच र आफ्नो गतिको फाइदा उठाउँदै उनले उच्च प्रदर्शन गर्न सक्छन् ।

बिग ब्यासमा उनले मेलबर्न स्टार्सबाट २०१९/२० को संस्करणमा रौफले १० खेलमा २० विकेट लिएका थिए । उनको शारीरिक उचाई ५ फिट ११ इन्च हुँदा त्यसको पनि लाभ लिने छन् । उनले ४९ टि२० आई खेलमा ६२ विकेट लिएका छन् । यो वर्ष रौफले १५ खेलमा २१ विकेट लिएका छन् ।

४. ट्रेन्ट बोल्ट (न्युजिल्यान्ड)

न्युजिल्यान्डका तीव्र गतिका बलर ट्रेन्ट बोल्ट सदाबहार मुख्य हतियार हो । बोल्टले पावर प्लेमा स्वीङका साथ लगातार उच्च प्रदर्शन गर्दै आएका छन् । हरेक प्रतियोगितामा बोल्टको प्रदर्शन सानदार हुने गर्दछ ।

न्युजिल्यान्ड औसत टोली भएपनि लगातार ठूला सफलता हात पार्दा बोल्टको योगदान अझ महत्वपूर्ण रहँदै आएको छ । ३३ वर्षीय अनुभवी बायाँ हाते बोल्ट राम्रो लयमा छन् ।

अष्ट्रेलियाको कन्डिसनबारे राम्रोसँग थाहा छ । बोल्टले ४९ टि२० आई खेलमा ६६ विकेट लिएका छन् । बायाँ हाते बलरलाई अझ अतिरिक्त फाइदा पुग्ने गर्दछ । बोल्ट एसियन टोलीविरुद्ध अझ बढी हाबी हुँदै आएका छन् ।

३. वानिन्दु हसरंगा (श्रीलंका)

श्रीलंकाका लेग स्पिनर वानिन्दु हसरंगा प्रमुख हतियार हुन् । बलिङ र ब्याटिङ दुबैमा सानदार प्रदर्शन गर्दै खेल जिताउन सक्छन् । एसिया कप २०२२ को उपाधि जिताउन हसरंगाको प्रदर्शन उत्कृष्ट थियो ।

गत वर्ष टि२० विश्वकपमा हसरंगा ८ खेलमा १६ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा शीर्ष स्थानमा थिए । उनको इकोनमी ५.२० थियो । दक्षिण अफ्रिकाविरुद्ध हसरंगाले ह्याट्रिक पनि लिए ।

पछिल्लो दुई वर्ष सानदार प्रदर्शन गर्दै आएका हसरंगा विश्वकपमा पनि विपक्षीलाई घातक बन्नेछन् । एसिया कपको उपाधिपछि श्रीलंका र हसरंगाको मनोबल अझ उच्च छ ।

फाइनलमा पाकिस्तानलाई हराउन हसरंगाले ३६ रन बनाउनुको साथै ३ महत्वपूर्ण विकेट लिएका थिए । राम्रो लयमा रहेका हसरंगा यो विश्वकपमा पनि हाबी बन्नसक्ने खेलाडी देखिन्छन् ।

२. मार्क वुड (इंग्ल्यान्ड)

इंग्ल्यान्डका तीव्र गतिका बलर मार्क वुडको गतिको चाल पाउन विपक्षी बलरलाई कठिन पर्छ । मार्कवुडले १ सय ५० देखि १ सय ५७ प्रतिघण्टा किलोमिटरको गतिमा बलिङ गर्ने गर्दछन् ।

चोटपछि टोलीमा फर्किएका मार्कवुडले सानदार प्रदर्शन गरेका छन् । पछिल्ला तीन टि२० आईमा खेलमा मार्क वुडले ९ विकेट लिएका छन् । जसमा अष्ट्रेलियासँग एक खेल र पाकिस्तानसँग दुई खेल थियो । यसै महिना चोटबाट फर्किएको पहिलो खेलमै सानदार पदर्शन गर्नेक्रममा वुडले १५६ को गतिमा बलिङ गरेका थिए ।

अर्कोतर्फ इंग्ल्यान्ड र अष्ट्रेलियाको कन्डिसनपछि मिल्छ । राम्रो लयमा रहेका मार्क वुड आफ्नो उच्च प्रदर्शनमा इंग्ल्यान्डलाई विश्वकप जिताउने सोचमा हुनेछन् ।

१.जोश हेजलवुड (अष्ट्रेलिया)

विश्व टि२० आई वरियताका शीर्षस्थानका बलर जोश हेजलवुडले लगातार एकरुपताको साथ अन्तर्राष्ट्रिय प्रदर्शन गर्दै आएका छन् । गतवर्ष अष्ट्रेलियालाई टि२० विश्वकप जिताउन हेजलवुडले सानदार प्रदर्शन गरेका थिए । उपाधि जिताउन उनले ७ खेलमा ११ विकेट लिएका थिए ।

हेजलवुडको बलमा स्वींग छ । उनले पावर प्लेमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । हेजलवुडको खुबी भनेको नै अनुशासित लाइन एण्ड लेन्थ हो । त्यहिँ लेन्थले उनी लगातार सफल बनाउँदै आएका छन् ।

घरेलु मैदान र समर्थकको फाइदा उठाउँदै विश्वकपमा सानदार प्रदर्शन गर्न सक्छन् । उनले ३६ टि२० आई खेलमा बलमा ५२ विकेट लिएका छन् । फाइनलमा न्युजिल्यान्डविरुद्ध हेजलवुडले ४ ओभरमा १६ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिएका थिए ।

यो पनि : टि२० विश्वकप जित्न सक्ने सर्वाधिक बलिया पाँच टोली

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.