default_image

2 years ago

October 14, 2022

पुलिस र लुम्बिनी सेमिफाइनलमा, प्रदेश १ बाहिरियो

194 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब र लुम्बिनी प्रदेश नवौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगितामा समूह बी बाट सेमिफाइनलमा पुगेका छन् । समूह बी को अन्तिम खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई ७ विकेटले हराएपनि नेटरनरेटको कारण बाहिरिएको छ ।

जितको लागि ५४ रनको विजयी लक्ष्य पछ्याएको प्रदेश १ ले ६.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । प्रदेश १ को जितमा निशा शाहले २१ बलमा ३ चौकासहित सर्वाधिक १८ रन बनाइन् ।

लखिता राजवंशीले ९ बलमा १ चौकासहित १४ रनमा अविजित रहिन् । नमिता श्रेष्ठ ५ बलमा १ चौकासहित ८ र सनु राजवंशी २ रनमा आउट भइन् । कर्णालीको यमुना थारु र अन्जु गुरुङले एक एक विकेट लिइन् ।

त्यसअघि पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङको निम्तो पाएको कर्णाली १६.१ ओभरमा ५३ रनमा अल आउट भएको थियो । कर्णालीकी ओपनर यमुना थारुले ३१ बलमा २ चौकासहित सर्वाधिक २१ रन बनाइन् ।

कप्तान विना थापा १६ बलमा २ चौकासहित ११ रनमा आउट भइन् । अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । प्रदेश १ की लखिता राजवंशीले ३ ओभरमा १ मेडनसहित ५ रन खर्चेर ४ विकेट लिइन् । एलिसा खडियाले ३.१ ओभरमा १ मेडनसहित ६ रन खर्चेर ३ विकेट लिइन् । निशा शाह र भवानी कमातीले एक एक विकेट लिइन् ।

समूह बी को विजेताको रुपमा पुलिस र लुम्बिनी उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका छन् । सेमिफाइनल असोज ३१ र फाइनल कार्तिक १ मा हुनेछ ।

अंक तालिका

नेपाल एपिएफ क्लब २ खेलमा ४ अंकका साथ नेटरनरेटको कारण शीर्ष स्थानमा छ । मधेश २ खेलमा ४ अंकका साथ समूह ए मा दोस्रो स्थानमा छ । मधेशले शनिबार एपिएफ र आइतबार बागमतीसँग खेल्नेछ । बागमती २ खेलमा १ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ ।

बागमतीले अव शनिवार गण्डकी र आइतवार मधेश प्रदेशसँग खेल्नेछ । सुदूरपश्चिम ३ खेलमा १ मा जित र २ मा हारका साथ चौथो स्थानमा छ । गण्डकी भने तीनै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरियो ।

समूह बी मा नेपाल पुलिस क्लब ३ खेलमा ६ अंकका साथ शीर्ष स्थानमा रह्यो । लुम्बनी ३ खेलमा १ मा जित, १ मा हार र १ खेलमा अंक बाड्दै ३ अंक जोड्दै दोस्रो स्थानमा रह्यो । प्रदेश १ ले ३ खेलमा १ मा जित, १ मा हार र १ खेलमा अंक बाँड्दै ३ अंक भएपनि नेटरनरेटको कारण बाहिरियो ।

लुम्बिनीको नेटरनरेट ०.१७५ र प्रदेश १ को माइनस १.१७५० छ । प्रदेश १ र लुम्बिनीबीचको खेल वर्षाको कारण रद्द भएको थियो । जारी प्रतियोगितामा रद्द हुने यो मात्र एक खेल हो । कर्णाली तीनै खेलमा पराजित हुँदै बाहिरियो ।

January 24, 2025

पूजाको अलराउण्ड प्रदर्शनमा नेपालको जित

काठमाडौं(हाम्रो खेलकुद) – कप्तान पूजा महतोको अलराउण्ड प्रदर्शनमा नेपालले मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा घरेलु टोलीलाई हराएको छ । मलेसियालाई शुक्रवार ७ विकेटले हराउँदै नेपालले आइसिसी यु १९ महिला विश्व कपमा पहिलो जित हासिल गरेको हो । ४६ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कप्तान […]

January 24, 2025

नेपालविरुद्ध सस्तैमा समेटियो मलेसिया

काठमाडौं(हाम्रो खेलकुद) – मलेसियामा जारी आइसिसी यु १९ महिला विश्व कपमा नेपालविरुद्ध घरेलु टोली सस्तैमा समेटिएको छ । मलेसियामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले १६.५ ओभरमा अल आउट हुदै ४५ रन मात्र जोड्न सक्यो । मलेसियाका लागि नुरिमानले सर्वाधिक १५ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् । नेपालका […]

January 24, 2025

महिला पिएम कप – एपिएफ अपराजित रहँदै फाइनलमा

काठमाडौं(हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लब अपराजित रहँदै कैलालीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । शुक्रवार भएको सुपर फोरको खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६९ रनले पराजित गर्दै फाइनलमा पुगेको हो । समूह ए मा रहेको एपिएफले समूह चरणमा खेलेको सबै ४ तथा सुपर फोरको […]

Success

Thank you for your time.