default_image

2 years ago

October 14, 2022

पृथ्वी शाको सानदार शतक

98 views

0 Bookmark

एजेन्सी – कप्तान पृथ्वी शा को सानदार शतकमा मुम्बईले शैद मुश्ताक अली ट्रफीमा आसामथि ६१ रनको सानदार जित हात पारेको छ । भारतको आधिकारीक घरेलु टि२० मान्यता प्राप्त प्रतियोगिता मुश्ताक अली ट्रफीमा पृथ्वीले पहिलो पटक शतक हानेका हुन् ।

राजकोटमा टस हारेर पहिला ब्याटिङ थालेको मुम्बईले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ३० रन बनायो । मुम्बईका ओपनर पृथ्वी शाले ६१ बलमा १३ चौका र ९ छक्कासहित १ सय ३४ रनको सानदार शतकीय इनिङ खेले ।

यशस्वी जैशवाल ३० बलमा ५ चौका र १ छक्कासहित ४२ रनमा आउट भए । आसामका रियान पराग, रोशन आलम रज्जाकुद्दिन अहमदले एक एक विकेट लिए ।

जितको लागि २ सय ३१ रनको विशाल विजयी लक्ष्य पछ्याएको आसाम १९.३ ओभरमा १ सय ६९ रनमा अल आउट भयो । आसामका रियान परागले १० बलमा २ चौका र ३ छक्कासहित २८ रन बनाए । रज्जाकुद्दीन अहमदले २६ बलमा ४ चौका र २ छक्कासहित ३९ रन बनाए ।

तुषार देशपान्डेले ३.३ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । अमन खान,तनुश कोटिन र शाम्स मुलानीले दुई दुई विकेट लिइन् । भारतका ३८ जिल्लाबीच प्रतिस्पर्धा हुने यस प्रतियोगिताको प्रदर्शनबाट आइपिएल देखि भारतीय टोलीमा खेलाडी छनोट हुने गर्दछ ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.