default_image

2 years ago

October 15, 2022

टि२० विश्वकपमा सर्वाधिक रन बनाउन सक्ने पाँच खेलाडी

71 views

0 Bookmark

एजेन्सी – क्रिकेटमा समर्थकलाई बलिङ भन्दा ब्याटिङ बढी मनपर्छ । विकेट भन्दा चौका र छक्कामा समर्थकले धेरै आनन्द लिनसक्छन् । आइतबारदेखि अष्ट्रेलियामा टि२० विश्वकप सुरु हुँदैछ । सबै टोलीले आफ्नो अन्तिम टोली घोषणा गरेका छन् ।

विश्वस्टार ब्याटर आफ्नो उच्च प्रदर्शनमा विश्वकप उपाधि जिताउन चाहन्छन् । युवा खेलाडी विश्वकपमा सानदार प्रदर्शन गर्दै थप स्टार बन्नुको साथै टोलीलाई जित दिलाउन चाहन्छन् । उत्कृष्ट प्रदर्शनको लागि कुनैपनि खेलाडीको लयले ठूलो महत्वपूर्ण भूमिका राख्छ ।

क्रिकेट इतिहासमा हेर्ने हो भने सर्वाधिक रन बनाउने ब्याटर शीर्ष तीनका हाबी हुँदै आएका छन् । शीर्ष तीन ब्याटरले सर्वाधिक बल खेल्ने अवसर पाउँदा रन बनाउने अवसर पाउँछन् । अन्तर्राष्ट्रिय क्रिकेटमा विश्वका सबै स्टार ब्याटरको लय हेर्दा टि२० विश्वकप २०२२ मा सर्वाधिक रन बनाउन सक्ने पाँच ब्याटर यस प्रकार देखिन्छन् ।

५.विराट कोहली (भारत)

भारतीय क्रिकेट टोलीका ब्याटर विराट कोहली विश्व क्रिकेटका एक उत्कृष्ट ब्याटर हुन् । पछिल्लो समय विराट कोहली राम्रो लयमा छन् । कोहलीले अघिल्लो महिना एसिया कपमा अफगानिस्तानविरुद्ध १ सय २२ रनको शतकीय इनिङ खेलेका थिए ।

कोहलीले तेस्रो नम्बरमा ब्याटिङ गर्दै ठूलो इनिङ खेल्न सक्ने खुबी भएका हुन् । कोहली टि२० विश्वकपमा २०१४ र २०१६ को संस्करणमा सर्वाधिक रन बनाउने ब्याटर हुन् । कोहलीले बंगलादेशमा भएको २०१४ को विश्वकपमा ३ सय १९ र २०१६ मा घरेलु मैदानमा ३ सय ५३ रन बनाएका थिए ।

कोहलीले १ सय ९ टि२० आई खेलमा १ शतक र ३३ अर्धशतकसहित कुल ३ हजार ७ सय १२ रन बनाएका छन् । पछिल्लो समय लयमा हुँदा कोहली सर्वाधिक रन बनाउन सक्ने ब्याटरको दाबेदार देखिन्छन् ।

४.डेविड वार्नर (अष्ट्रेलिया)

गतवर्ष अष्ट्रेलियालाई टि२० विश्वकप उपाधि जिताउन ओपनर डेविड वार्नरले सानदार प्रदर्शन गरेका थिए । विश्व क्रिकेटकै एक उत्कृष्ट ओपनर डेविड वार्नरले घरेलु मैदानको फाइदा उठाउँदै सानदार प्रदर्शन गर्न सक्छन् ।

बायाँ हाते वार्नर आक्रामक इनिङका साथ ठूलो इनिङका लागि चिनिन्छन् । टि२० क्रिकेट इतिहासकै एक सर्वाधिक सफल वार्नरले ९५ टि२० आई खेलमा १ शतक र २४ अर्धशतकसहित २ हजार ८ सय ५० रन बनाएका छन् ।

वार्नरले इंग्ल्यान्डको पहिलो खेलमा यसै साता ४४ बलमा ७३ रन बनाएका थिए । वार्नर आक्रामक साथै ठूलो इनिङ खेल्ने गर्दछन् ।

३५ वर्षीय अनुभवी ओपनर वार्नर आफ्नो अनुभवको फाइदा उठाउँदै लगातार दोस्रो विश्वकप जित्ने सोचमा हुनेछन् । वार्नर दबाब र ठूला प्रतियोगिता खेलाडी हुन् ।

उनी टिकेको खण्डमा जुनसुकै टोलीविरुद्ध सहज जित दिलाउन सक्छन् । गतवर्ष विश्वकपमा सर्वोत्कृष्ट खेलाडी चुनिएका वार्नर घरेलु मैदान र समर्थकमा अझ खुलेर सानदार प्रदर्शन गर्न सक्छन् ।

३. बाबर आजम (पाकिस्तान)

पाकिस्तानका कप्तान बाबर आजम वर्तमान समयका सर्वाधिक भरपर्दा ब्याटर हुन् । पाकिस्तानका प्रमुख ब्याटर बाबरको प्रदर्शनमा धेरै निर्भर हुनेछ । उनी हतपत विकेट नै गुमाउँदैनन् । अर्कोतर्फ उनी क्लासले भरिपूर्ण छन् । कप्तानी जिम्मेवारी र क्लासको फाइदा उठाउँदै विश्वकपमा थप सानदार प्रदर्शन गर्न सक्छन् ।

गतवर्ष पाकिस्तानलाई सेमिफाइनल सम्म पुर्याउन बाबरले उच्च प्रदर्शन गरेका थिए । २०१६ देखि पाकिस्तानबाट खेल्दै उनले अन्तर्राष्ट्रिय क्रिकेटमा लगातार उच्च प्रदर्शन गर्दै आएका छन् । इंग्ल्यान्डसँगको सात टि२० आईमा सिरिज मार्फत बाबरले लय फर्काएका छन् । दोस्रो खेलमा शतक हान्दै पुनः लयमा फर्किएका हुन् ।

पछिल्ला १२ इनिङमा बाबरले क्रमश : ३१, ११०, ८, ३६, ९, ८७, ४, २२, ७९, २१, ५५ र १५ छ । बाबरले ९२ टि२० आई खेलमा २ शतक र २९ अर्धशतकसहित कुल ३ हजार २ सय ३१ रन बनाएका छन् । बाबरले गतवर्ष विश्वकपमा ३ सय ३ रन बनाउँदै शीर्ष स्थानमा थिए ।

२. जस बटलर (इंग्ल्यान्ड)

इंग्ल्यान्डका ओपनर जस बटलर यस विश्वकपमा कप्तानी इनिङ खेल्ने सोचमा छन् । गतवर्ष विश्वकपमा सानदार प्रदर्शन गरेपनि उपाधि जिताउन सकेनन् ।

तर यस पटक बटलर थप उच्च प्रदर्शन गर्ने सोचमा हुनेछन् । चोटपछि फर्किएका बटलर उच्च लयमा छन् । उत्कृष्ट बलिङ आक्रामण भएको अष्ट्रेलियाविरुद्ध बटलरले क्रमश : ६८, १७ र ६५ रन बनाउँदै राम्रो संकेत दिएका छन् । गतवर्ष विश्वकपमा श्रीलंकाविरुद्ध खेलेको १ सय १ रनको शतकीय इनिङ उत्कृष्ट प्रदर्शन थियो ।

आइपिएल २०२२ मा बटलरले ४ शतक र ४ अर्धशतकसहित कुल ८ सय ६३ रन बनाएका थिए । बटलर परिस्थीति अनुसार ब्याटिङ गर्ने गर्दछन् । सुरुदेखि अन्तिम सम्म खेल्ने गुण भएका बटलर ठूलो इनिङ खेल्दै विशाल योगफलमा पुर्याउन सक्छन् ।

१. मोहम्मद रिजवान (पाकिस्तान)

पाकिस्तानका ओपनर मोहम्मद रिजवान सर्वाधिक भरपर्दा र लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनको विकेट लिन विश्वका कुनैपनि बलरलाई कठिन पर्छ । रिजवान एक्लै पाकिस्तानलाई जित नजिक पुर्याउन सक्छन् ।

पाकिस्तान बाबर र रिजवानमा निर्भर हुँदा थप जिम्मेवारीका साथ खेल्नेछन् । विश्वका नम्बर वान् ब्याटर रिजवानको
लय र प्रदर्शन लोभलाग्दो छ । रिजावनले पछिल्ला ३० इनिङमा १४ अर्धशतक प्रहार गरेका छन् ।

रिजवान आक्रामक ब्याटिङ गर्दै खेललाई मोड्न सक्छन् । गतवर्ष विश्वकपमा रिजवानले ६ खेलमा २ सय ८१ रन बनाएका थिए । उनको लय र प्रदर्शन हेर्दा विश्वकपमा सर्वाधिक रन बनाउन सक्ने ब्याटर देखिन्छन् ।

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.