default_image

2 years ago

October 15, 2022

फखार जमान पाकिस्तानको टि२० विश्वकप टोलीमा

79 views

0 Bookmark

एजेन्सी – पाकिस्तानले बायाँ हाते आक्रामक ब्याटर फखार जमानलाई आइतबारदेखि अष्ट्रेलियामा सुरु हुने टि२० विश्वकपको लागि टोलीमा बोलाएको छ । स्पिनर उस्मान कादिर घाइते भएपछि फखारले विश्वकपमा स्थान बनाएका हुन् । यसअघि उनी वैकल्पिक खेलाडीको सूचिमा थिए ।

पाकिस्तान फखारबाट शीर्ष र मध्यक्रममा उच्च प्रदर्शनको अपेक्षा गर्नेछ । ओपनर बाबर आजम र मोहम्मद रिजवानले ओपनिङमा उच्च प्रदर्शन गरि रहँदा मध्यक्रम भने चल्न सकेको छैन । फखार, हैदर अली, इफ्तिखर अहमद र शन मकसुदले उच्च प्रदर्शन गर्नुपर्ने हुन्छ । फखार तेस्रो नम्बरमा खेल्नेछन् ।

पाकिस्तानले तीव्र गतिका बलर शाहिन शाह अफ्रिदी र फखार वार्मअप खेलमा उपलब्ध हुने जनाएको छ । फखारले पाकिस्तानबाट ७१ टि० आई खेलमा ८ अर्धशतकसहित १ हजार ३ सय ४९ रन बनाएका छन् । फखार आक्रामक ब्याटिङका लागि चिनिन्छन् ।

पाकिस्तानले पहिलो वार्मअप खेल १७ अक्टोबरमा इंग्ल्यान्ड र १९ अक्टोबरमा अफगानिस्तानसँग खेल्नेछ । पाकिस्तानले टि२० विश्वकपमा भने २३ अक्टोबरमा भारतसँग खेल्दै सुरुवात गर्नेछ । पाकिस्तानलाई सेमिफाइनलमा पुग्न भारत र दक्षिण अफ्रिका मध्य एक टोलीलाई पछि पार्नुपर्ने हुन्छ ।

सन् २००९ मा टि२० विश्वकप जितेको पाकिस्तान दोस्रो उपाधिको सोचमा हुनेछ । बाबर र रिजवानको ब्याटिङमा पाकिस्तान धेरै निर्भर हुनेछ । शाहिन शाह अफ्रिदी, नसिम शाह, हरिस रौफ र मोहम्मद वासिम जुनियर तीव्र गतिका हतियार हुन् ।

पाकिस्तानको विश्वकप खेल्ने टोली :

बाबर आजम (कप्तान), शादब खान (उपकप्तान), आसिफ अली, हैदर अली, हरिस रौफ, इफ्तिखर अहमद, खुशदील शाह, मोहम्मद हसैनन, मोहम्मद नवाज, मोहम्मद रिजवान (विकेटकिपर), मोहम्मद वासिम जुनियर, नसिम शाह, शाहिन शाह अफ्रिदी, शन मकसुद र फखार जमान ।

भ्रमण वैकल्पिक खेलाडी : मोहम्मद हरिस र शहनवाज धानी ।

पहिलो चरणको समूह ए – श्रीलंका, नामिबिया र युएई, नेदरल्यान्ड्स

समूह बी – वेस्टइन्डिज, स्कटल्यान्ड, आयरल्यान्ड र जिम्बावे

सुपर १२ को समूह १ – इंग्ल्यान्ड, न्युजिल्यान्ड, अष्ट्रेलिया, अफगानिस्तानसँगै पहिलो चरणको समूह ए को विजेता र समूह बी को उपविजेता

सुपर १२ को समूह २ – भारत, पाकिस्तान, दक्षिण अफ्रिका, बंगलादेशसँगै पहिलो चरणको समूह बी को विजेता र समूह ए को उपविजेता

July 26, 2024

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

एजेन्सी – आयोजक‌ श्रीलंका एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो । पाकिस्तानले दिएको १ सय ४१ रनको लक्ष्य श्रीलंकाले ७ विकेट गुमाइ १९.५ ओभरमा पूरा गर्‍यो । कप्तान चमारी अथापथ्थुले ४८ बलमा ९ चौका र २ छक्काको सहयोगमा […]

July 26, 2024

भारत एसिया कपको फाइनलमा

एजेन्सी – भारत एसिसी महिला एसिया कपको उपाधि नजिक पुगेको छ। श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको पहिलो सेमिफाइनलमा बंगालदेशलाई १० विकेटले पराजित गर्दै भारत फाइनलमा पुगेको हो।  ८१ रनको लक्ष्य भारतले कुनै विकेट नगुमाइ ११ ओभरमा पूरा गर्‍यो। स्मृति मन्धनाले नटआउट ५५ रन र शफली बर्माले नटआउट २६ रन बनाइन् । स्मृतिले ३९ बलमा […]

July 26, 2024

सन्दीप सम्मिलित टोली पराजित

एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित भ्यानकुभर नाइट्स टि ट्वान्टी क्यान्डा क्रिकेट लिगमा पराजित भएको छ । टोरन्टो नेसनल्ससँग भ्यानकुभर नाइट्स ८ विकेटले पराजित भएको हो। भ्यानकुभरले दिएको १ सय ११ रनको लक्ष्य टोरन्टोले १४.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्‍यो।  टोरन्टोका कप्तान कोलिन मुनरोले ३९ बलमा ३ छक्का र त्यत्तिनै चौकाको मद्दतमा सर्वाधिक […]

Success

Thank you for your time.